• ९ मंसिर २०८१, आइतबार

नवीकरणीय ऊर्जामा जोड दिने टर्कीको घोषणा

blog

टर्की, मङ्सिर ९ गते । टर्कीले नवीकरणीय र्जामा जोड दिने बताएको छ । ऊर्जा फोरमको सञ्चालन गर्दै टर्कीले सो जानकारी गराएको हो । 

इस्तानबुल इनर्जी फोरममा ऊर्जा लक्ष्यहरू र साझा चुनौतीहरूको समाधानका विषयमा छलफल गरिएको छ । साझा भविष्य, साझा लक्ष्य भन्ने नाराका साथ टर्कीको ऊर्जा तथा प्राकृतिक स्रोत मन्त्रालयको आयोजनामा फोरम सञ्चालन भएको हाे ।  

कार्यक्रममा हङ्गेरी, जर्जिया, अजरबैजान, बुल्गेरिया र उज्वेकिस्तानका सरकारी अधिकारीहरुको सहभागिता थियो । अर्थव्यवस्था, जनसङ्ख्या विस्तार र औद्योगीकरण बढ्दै जाँदा ऊर्जाको आवश्यकता अपरिहार्य रूपमा बढ्दै जाने टर्कीका राष्ट्रपति रिसेप तयिप एर्दोगानले बताउनुभयो । सबै स्रोतहरू परिचालन गर्नुको विकल्प नरहेको बताउनुभयो । 

एर्दोगानले टर्किए खानी र तेलदेखि वायु र सौर्य ऊर्जासम्म सबै क्षेत्रहरूमा आफ्नो सम्भावनालाई अधिकतम बनाउन प्रतिबद्ध रहेको बताउनुभयो । सिन्ह्वा