बर्दियाको राजापुर नगरपालिका–५, जयपुरकी सुष्मा चौधरीकी सासूआमा भगवती थारू सिकलसेल एनिमियाबाट पीडित हुनुहुन्छ । उमेरसँगै थपिएको रोगबाट ग्रस्त सासूआमाका आफ्नै व्यथा छन्, त्योभन्दा बढी पीडा सुष्मालाई छ ।
त्रिमूर्ति निकेतनले रामबाबु सुवेदीलाई ‘लेखनाथ काव्य पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । छ दशकदेखि नेपाली भाषासाहित्यको श्रीवृद्धिमा समर्पित रहँदै शास्त्रीय छन्दकविताको रचना एवम् छन्दकाव्यको प्रचार अभियानमा समेत संलग्न भई विशिष्ट योगदान गर्नुहुने सुवेदीलाई सो पुरस्कार प्रदान गर्ने निर्णय भएको हो ।
कालीकोटको साथै साविकको कर्णालीका अन्य जिल्लामा राम्रो उत्पादन हुने कोदोले मूल्य पाउन थालेको छ । कोदोको प्रयोगले पाचन प्रणाली राम्रो हुनुका साथै शरीरमा रगतको मात्रा बढाउनेदेखि कोलोस्टरको मात्रा घटाउने र हृदयघातबाट जोगाउने हुनाले कोदोको माग बढेको छ ।
सोमबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । आज सुनको मूल्य तोलामा १५ हजार नौ सय रुपियाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
धनकुटाको सहिदभूमि गाउँपालिकाको खाल्सा क्षेत्रका राईहरु पापानी चाड मनाउन व्यस्त छन् ।
कैलालीको जानकी गाउँपालिका –४ की सविता बडायक खुर्सानी खेती गरेर राम्रो आम्दानी गर्न सफल हुनु भएको छ । पाँच कट्ठा जमिनमा विभिन्न प्रजातिको खुर्सानी खेती गरेर उहाँले आम्दानी गर्न सफल हुनु भएको हो । खुर्सानी खेतीबाट भएको आम्दानीले परिवारको खर्च मज्जाले चलेको बडायकले बताउनुभयो ।
राष्ट्रपति रामचन्द्र पौडेलले अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादवलाई नियुक्त गर्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक धरहरा परिसरबाट नेपाल प्रिमियर लिग [एनपिएल] को ट्रफीको आज अनावरण गर्दै यस लिगले नेपालको पर्यटन प्रवर्द्धन र युवा खेल प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न प्रत्यक्ष सहयोग पुग्ने बताउनुभयो ।
नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफीको प्रधानमन्त्री केपी शर्मा ओलीले अनावरण गर्नुभएको छ । सुन्धारास्थित ऐतिहासिक धरहरा परिसरबाट सोमबार बिहान उहाँले ट्रफी अनावरण गर्नुभएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको अवसरमा सभ्य र हिंसारहित समाज निर्माण गर्न महत्वपूूर्ण योगदान पुगोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।
नारायणगढ मुग्लिङ सडक खण्ड अन्तर्गत नौ–किलाेमा आइतबार राती ट्रक पल्टिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले स्रोत नखुलेको विदेशी मुद्रासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले सोमबार पत्रकार सम्मेलन मार्फत स्रोत नखुलेको ४६ हजार विदेशी मुद्रा सहित तीन जनालाई सार्वजनिक गरिएको हो ।
सर्लाहीको लालबन्दी नगरपालिकाले सुनकोशी नदीको पानी लखन्देहीखोलामा झार्नका लागि निरन्तर पहल गरिरहेको छ । निर्माणाधीन सुनकोशी–मरिण
जहानियाँ राणा शासनको १०४ वर्षे समयावधि रैतीका लागि कालरात्रिको अवस्था थियो ।
म्याग्दी, मङ्सिर १० गते । म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलामा बोटबाट टिपेको सुन्तला बजार पठाउन वर्गीकरण (ग्रेडिङ) गर्दै कृषक । तस्बिरः रासस