आज मन्त्रिपरिषद् बैठक बस्दै छ । सोमबार साँझ ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालये जनाएको छ ।
पशुमा लाग्ने खोरेत रोग अन्त्यका लागि मकवानपुरमा खोरेत रोग विरुद्ध खोप अभियान थालिएको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका र मनहरि गाउँपालिकामा खोरेत रोग विरुद्ध पशुहरूमा खोप लगाउन थालिएको पशु सेवा कार्यालय मकवानपुरले जनाएको छ ।
बागलुङको थुप्रै पहिचानमध्येको एक हो ‘बुट्टेनली’ । हस्तकलाका रूपमा रहेको बुट्टेनली निगालोमा खोपेर बनाइने कलाकृति हो ।
कोशी प्रदेशको ७ जिल्लाका ९ स्थानमा यही मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनको तयारी तीव्र भइरहेका यी नौमध्ये ओखलढुङ्गा जिल्ला समन्वय समिति प्रमुख पदमा एक मात्र उम्मेदवारी परेपछि निर्विरोध भइसकेको छ ।
सप्तकोशी नदी किनार क्षेत्रमा पछिल्लो समय आन्तरिक पर्यटकहरुको चहलपहल बढ्दै गएपछि नदीको पूर्वी किनार क्षेत्रमा सफाइ सुरु गरिएको छ ।
शान्तिनगर गाउँपालिका–४ जुम्लेकुलाका किसान भावना पुरीले व्यावसायिक रुपमा तोरीखेती गर्दै आउनुभएको छ । उहाँले विगत लामो समयदेखि तोरीखेती गर्दै आउनुभएको हो । तेल किनेर खाँदा महँगो पर्ने हुँदा आफैँले उत्पादन गर्दै आएको उहाँ बताउनुहुन्छ ।
लेबनानमा भएको इजरायली हमलममा दर्जनौं मानिसहरुको मृत्यु भएको जनाइएको छ । जसमा मध्ये बेरुतको बास्टा क्षेत्रको बहुमंजिला आवासीय भवनमा भएकोे हमलामा २९ जनाको मृत्यु भएको छ ।
। महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका–२ मा अहिले उपनिर्वाचनको चुनावी माहौलले वातावरण तातिएको छ ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान (२५ नोभेम्बर देखि १० डिसेम्बर) अन्तर्गतको कार्यक्रम सोमबार देखि म्याग्दीमा पनि सुरु भएको छ ।
काठमाडौंमा १५ औं राष्ट्रिय हर्टिकल्चर सम्मेलन सुरु भएको छ । नेपाल हर्टिकल्चर सोसाइटी र राष्ट्रिय आलु तरकारी तथा मसलाबाली विकास केन्द्रको संयुक्त आयोजनामा सम्मेलन सुरु भएको हो ।
नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसीहरू एक ढिक्का भएर जानुपर्ने बताउनुभएको छ । सोमबार मधेश प्रदेशको राजधानी जनकपुरधाम आउन लाग्नु भएका सभापति देउवाले यस्तो बताउनुभएको हो ।
डिभिजन वन कार्यालय डोटी निःशुल्क बिरूवा गर्नेगरी टिमुरको बेर्ना उत्पादनको तयारीमा जुटेको छ ।
सन् २०२३ अक्टोबर ७ देखि इजरायलको जेलमा वेस्ट ब्याङ्क र जेरुसेलमका प्यालेस्टिनीहरूको सङ्ख्या बढेर एघार हजार आठ सयभन्दा बढी पुगेको छ । जसमा ४३५ जना महिला ७७५ बालबालिका र १३६ पत्रकारहरू रहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा जानुअघि पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री र मन्त्रीहरुसँग छलफल सुरु गर्नुभएको छ ।
कपिलवस्तुमा पाटेबाघको छाला (अखेटोपहार) सहित एक जना पक्राउ परेका छन् ।