‘ढुङ्गाको काप फोरेर पनि उम्रिन्छ पिपल, सिर्जना शक्ति संसारमा कहिल्यै हुँदैन विफल’ घरायसी आर्थिक अवस्थाले बिचमै पढाइ छाडेर भारत जाने सुदूरपश्चिममा थुप्रै युवा छन् ।
स्याङ्जाको वालिङ –१ धरमपानीमा स्थानीय कृष्णप्रसाद ढुङ्गानाले गर्नुभएको व्यवसायिक ड्रागन खेती । झण्डै ४० रोपनी क्षेत्रफलमा लगाएको पाँच हजार बिरुवाले उत्पादन दिन थालेपछि उहाँले मनग्य आम्दानी गर्दै आउनुभएको छ ।
ओखलढुङ्गामा ८२ बर्षीय हजुरआमाको हत्या गरेको आरोपमा १३ बर्षीय नाती पक्राउ परेका छन् । हजुरआमाले गाली गरेको निहुमा सहन नसकी आगो फुक्ने ढुंग्रीले प्रहार गरी हत्या गरेको आरोपमा जिल्लाको खिजीदेम्बा गाउँपालिकाका किशोरलाई प्रहरीले पक्राउ गरेको हो ।
गल्याङ नगरपालिका –११ जिमुहाँको एकै गाउँबाट दुई करोड ४० लाख रुपियाँको आलुको बीउ बिक्री गरिएको छ । २८४ घरधुरी रहेको जिमुहाँमा एक घरले १० क्विन्टलदेखि २७५ क्विन्टलसम्म आलुको बीउ बिmक्री गरेका हुन् ।
चिसो बढेसँगै विद्यालय परिसरमा घाममा बसेर पढ्दै बागलुङको ढोरपाटन नगरपालिका –९ स्थित ज्योति विकास माध्यमिक विद्यालयका बालबालिकाहरु ।
मधेश प्रदेशमा सोमबारदेखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान संचालन भएको छ ।मधेश प्रदेश सरकारको खेलकुद तथा समाजकल्याण मन्त्रालयले आज विहान लैङ्गिक हिंसाविरुद्धको विभिन्न खालका चेतनामुलक सन्देश लेखिएको प्लेकार्डसहित जनकचौकवाट प्रभातफेरी निकालेको थियो ।
बाँकेका ग्रामीण क्षेत्रका वासिन्दाहरुको आँखामा मोतिया बिन्दुको समस्या बढ्दै गएको पाइएको छ । बेला बेलामा ग्रामीण क्षेत्रहरुमा आयोजना गरिने निःशुल्क आँखा परीक्षण शिविरमा धेरैको आँखामा मोतियाबिन्दु देखिने गरेको नेपालगन्जस्थित फत्तेबाल आँखा अस्पतालले जनाएको छ ।
जुम्लाको तिला गाउँपालिकाको सहकार्य र आईएनएफ नेपाल जुम्लाको आयोजनामा तिला गाउँपालिका –२ मा रहेको रारालिही स्वास्थ्य चौकीमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गर्न आएका स्थानीयवासी ।
जैविक विविधता तथा रेडपाण्डाको संरक्षणमा सक्रिय दीपज्योति युवा क्लबले पाँचथरको याङवरक गाउँपालिकाका पन्ध्र जना चौंरीपालक कृषकलाई गाउँपालिकाको वडा १ च्याङथापूमा आयोजित कार्यक्रममा सोलार सेट उपलब्ध गराउँदै । रेडपाण्डा नेटवर्कको सहयोगमा ५० वाट क्षमताका सोलार सेट उपलब्ध गराएको हो ।
ताप्लेजुङको एकमात्र फुङ्लिङ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा कर्मचारी तलब खानबाट बञ्चित भएका छन् । प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकामा कार्यरत सबै कर्मचारीले दुई महिनादेखि तलब सुविधा खानबाट बञ्चित हुनुपरेको हो ।
नेपाल खेलकुद महासंघले संघीय सरकारका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई खेलकुदसँग सम्बन्धित विभिन्न सात बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ । महासंघका कार्यवाहक अध्यक्ष धर्मकुमार श्रेष्ठको नेतृत्वमा मन्त्रालयका गएको टोलीले मन्त्री चौधरीलाई ध्यानाकर्षणपत्र बुझाएको हो ।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले संकटमा परेको देशलाई एमाले र कांग्रेस मिलेर सङ्कटमुक्त गर्ने अभियानमा लागेको बताउनुभएको छ । सोमबार एमाले निकट नेपाल निर्माण उद्योग परिषद्को केन्द्रिय कार्यालय उद्घाटन कार्यक्रमलाई यहाँ सम्बोधन गर्दै महासचिव पोखरेले सो कुरा बताउनुभएको हो ।
दाङको प्रसिद्ध धार्मिकस्थल पाण्डवेश्वर महादेव धार्मिक धाम धारापानीमा बैद्धिक गुरुकुल निर्माणको काम अघि बढेको छ । बजेट अभावका कारण लामो समयसम्म रोकिएको गुरुकुल निर्माणको काम सुरु भएको हो ।
पूर्व-पश्चिम राजमार्गको पथरीशनिश्चरे १ मा सोमबार साँझ ७ बजे भारतीय ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
दुई जनालाई अपहरण गरी बन्धक बनाएर कुटपिट गरेको आरोपमा कैलाली प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ ।