सन् २०२३ मा विश्वमा हरेक १० मिनेटमा एक जना महिलाको साथी वा नातेदारबाट हत्या भएको संयुक्त राष्ट्रसङ्घीय निकायहरूद्वारा सार्वजनिक गरिएको छ ।
नेपालको संविधानले शिक्षालाई मौलिक हकका रूपमा स्थापित गरेको छ । अहिले शिक्षा क्षेत्रमा मुलुकको ध्यान अरू मौलिक हकसँगै यसको पनि कार्यान्वयनतर्फ केन्द्रित छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा एउटा उन्नत अवधारणा र अभ्यास भएको बताउनुभएको छ ।
यही मङ्सिर १५ गतेदेखि हुन लागेको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)का लागि टिकट मूल्य निर्धारण गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सोमबार एक विज्ञप्ति जारी गर्दै टिकट मूल्य सार्वजनिक गरेको हो ।
धरानको धरान रङ्गशाला मैदान लामो समयपछि पूरै भरिएको थियो । एक दिनअघिदेखि नै धरानमा भारतका सिक्किम, दार्जिलिङ, सिलगुडीलगायतका स्थानबाट बाक्लो रूपमा दर्शक आइपुगेका थिए ।
नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदरअनुसार सोमबारको तुलनामा अमेरिकी डलर, अस्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, थाई भाट, हङ्कङ डलर र ओमानी रियालको मूल्य घटेको छ ।
बलिउडका पछिल्लो पुस्ताका सर्वाधिक सफल निर्देशकमा पर्नुहुन्छ, कबिर खान ।
काठमाडौंको लाजिम्पाट, पानीपोखरी, बालुवाटारलगायत क्षेत्रमा केवल लाइन विस्तारका लागि नेपाल विद्युत् प्राधिकरणले मङ्गलबार बिजुली काटिने जनाएको छ ।
तामाङ भाषाको चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ को शीर्ष गीत सार्वजनिक गरिएको छ ।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभावका कारण पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ । तराईका केही स्थानमा हल्का हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
अभिनेता सौगात मल्लको प्रमुख अभिनय रहेको नेपाली चलचित्र ‘बम बहादुर’ को टिजर सार्वजनिक गरिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक लिएर भित्रिने जिप सफारीको रुट व्यवस्थापन चुनौती बनेको छ ।
उपभोक्ताले सञ्चालन गर्दै आएको झुम्साखोला लघु जलविद्युत् तेस्रो आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
किरात राई चाम्लिङ खाम्बातिमले सरकारी सञ्चारमाध्यममा चाम्लिङ भाषाले पनि स्थान पाउनुपर्ने माग गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ज्ञापनपत्र बुझाएको छ ।
विशेष अदालतले सिरहाको कर्जन्हा नगरपालिकाको प्रशासनिक भवन निर्माण अनियमिततामा तत्कालीन नगरप्रमुख गङ्गा पासमानसहित पाँच जनालाई दुई वर्ष छ महिना कैद सजाय गरेको छ ।