• ११ मंसिर २०८१, मङ्गलबार

चाम्लिङ भाषा समावेश गर्न माग

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, मङ्सिर ११ गते । किरात राई चाम्लिङ खाम्बातिमले सरकारी सञ्चारमाध्यममा चाम्लिङ भाषाले पनि स्थान पाउनुपर्ने माग गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ज्ञापनपत्र बुझाएको छ । सोमबार मन्त्रालयमा मन्त्री गुरुङलाई खाम्बातिमका प्रतिनिधिले ज्ञापनपत्र बुझाएका हुन् । खाम्बातिमका अध्यक्ष युवराज राईले आफ्नो मागप्रति मन्त्री गुरुङले देशभित्र बोलिने विभिन्न भाषा, संस्कार तथा संस्कृति प्रवर्धन गर्नु राज्यको दायित्व भएको उल्लेख गर्नुहुँदै सकेसम्म चाँडै माग पूरा गर्ने आश्वासन दिनुभएको बताउनुभयो । राईका अनुसार खाम्बातिमले सोही विषयबारे अवगत गराउँदै रेडियो नेपाल र नेपाल टेलिभिजनलाई पनि ज्ञापनपत्र बुझाएको छ ।