रौतहटको गुजरा नगरपालिकामा रहेका इँटा उद्योगमा श्रमिक अभिभावकले नै आफ्ना नानीबाबुलाई श्रम गर्न लगाएको पाइएको छ । बालश्रम न्यूनीकरण परियो
नवलपुर ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण गर्न ‘रिफ्लेक्टिभ स्टिकर’ टाँस्ने अभियान सञ्चालन गरेको छ ।
चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रका शिक्षित युवालाई ‘डिजिटल’ सीप प्रदान गरी स्वदेशमा नै सूचना प्रविधिका क्षेत्रमा रोजगारीका अवसर प्राप्त गर्न सक्ने वातावरण तयार गर्ने नीति लिएको छ ।
बागमती प्रदेश सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले बागमती प्रदेश सरकारलाई साधारण खर्च कटौती गर्न निर्देशन दिएको छ । प्रदेश सरकारले सरकारलाई आर्थिक भार बढ्ने गरी समिति गठन र करारमा कर्मचारी राख्ने क्रमलाई निरन्तरता दिएपछि लेखा समितिले सरकारलाई यस्तो निर्देशन दिएको हो ।
धनकुटाको सहिदभूमि गाउँपालिकाको खाल्सा क्षेत्रका राईहरुको पापानी चाड सम्पन्न भएको छ । कात्तिक पूर्णिमा पछिको पहिलो मङ्गलबारदेखि नयाँ वाली भित्र्याएको खुशीयालीमा धनकुटाका खाल्सा क्षेत्रमा पापानी मनाउने गरिन्छ । यो चाड आजबाट आफ्ना कुल देवता फुढाहाङलाई पुजाआजागरी बिदाइ गरेसँगै विधिवत रुपमा सम्पन्न भएको हो ।
बाजुरामा उत्पादन गरेको कोदो पछिल्लो समय घरआँगनमै बिक्री हुन थालेपछि यहाँका महिला निकै खुसी भएका छन् ।
ऐतिहासिक शर्मालीगढी किल्ला जाने बाटोमा रहेको गोर्खाली न्वालो (कुवा) मा सिमेन्टको प्रयोगले गर्दा पानी घट्न थालेको छ ।
डिभिजन वन कार्यालय डोटीले टिमुरका बिरुवा निःशुल्क वितरण गर्ने गरी त्यसको उत्पादनको तयारीमा जुटेको छ ।
चटपट खाने ग्राहकको भिडभाड छ । सबैको माग थेग्न धनगढीकी मीरादेवी कठायतलाई हम्मे परिरहेको छ ।
मध्य पहाडी लोकमार्गको धादिङखण्डमा पर्ने त्रिपुरासुन्दरी गाउँपालिकास्थित खहरेको आँखुखोलामा नौ वर्षपछि बेलिब्रिज जडान गरी सञ्चालनमा ल्याइएको छ । २०७२ सालदेखि सो स्थानमा
मौसमका कारण घट्ने विपद्जन्य घटनाको न्यूनीकरण गर्ने उद्देश्यले पर्वतमा मौसम सूचना केन्द्र स्थापना गरिएको छ । युएसएआइडीको आर्थिक सहयोगमा आपसी सहयोग केन्द्र (आस्क) नेपालले मोदी गाउँपालिकामा मौसम सूचना केन्द्र (वेदर स्टेशन) स्थापना गरेको हो ।
देशको अर्थतन्त्र विकासका निम्ति पूर्वाधार विस्तार पहिलो सर्त हो ।
विश्वको सर्वोच्च शिविर सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या ७० प्रतिशतले बढेको छ । चिसो बढेसँगै पछिल्लो समय सगरमाथा क्षेत्र प्रवेश गर्नेको तुलनामा बाहिरिने पर्यटकको सङ्ख्या ७० प्रतिशतले बढेको हो ।
राजनीतिशास्त्री भन्ने गर्छन्, “लोकतन्त्रको सबैभन्दा ठुलो चुनौती उसको उदारवादी चरित्र हो ।”
जिल्लामा प्याज खेती विस्तार गर्ने गरी कार्यक्रम सञ्चालन भएको छ । १८० रोपनी क्षेत्रफलमा प्याज खेती गर्ने गरी कार्यक्रम अघि बढेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वय इकाई प्युठानले जनाएको छ ।