• १२ पुस २०८१, शुक्रबार

ट्रक पल्टिँदा दुई जनाको मृत्यु

blog

वसन्त पराजुली 

नारायणगढ मङ्सिर १० गते । नारायणगढ मुग्लिङ सडक खण्ड अन्तर्गत नौ–किलाेमा आइतबार राती ट्रक पल्टिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । 

इलाका प्रहरी कार्यालय मुग्लिङका  प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख ३४९० नं. को ट्रक आफैँ अनियन्त्रित भई सडक छेउमा पल्टिँदा सो दुर्घटना भएको हो । 

सो दुर्घटनामा परी मृत्यु हुनेमा मकवानपुर मकवानपुरगढी गाउँपालिका वडा नम्बर. ६ का ३१ वर्षीय दीपक दाहाल र मकवानपुर मकवानपुरगढी गाउँ पालिका वडा नम्बर ६ बस्ने वर्ष ३८ को श्याम बजगाईँ रहेका आफन्तलाई उदृत गर्दै प्रहरीले जनाएको छ । 

ट्रकमा सवार दुई जना घाइतेको उद्धार गरी उपचारका लागि भरतपुर ल्याइएको छ । मकवानपुर मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ बस्ने वर्ष २७ को सुसन बि.क र ट्रकका सहचालक रामेछाप घर बताउने वर्ष २१ को मानबहादुर वि.क. घाइते छन् । मानबहादुरको दाहिने खुट्टा फ्याक्चर भएको र टाउकोमा चोट लागेकाले एलाईभ अस्पताल भरतपुरमा उपचार भइरहेको छ । 

यस्तै मकवानपुर हेटौडा उप महानगर पालिका वडा नम्बर १८ बस्ने वर्ष अं.६० को दलबहादुर .कोइरालाको शरीरको विभिन्न भागमा चोट लागेकाले अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । 

ट्रक चालक मकवानपुर मकवानपुरगढी गाउँ पालिका वडा नम्बर ६ बस्ने वर्ष २८ को दिनेश पुडासैनी अहिले प्रहरी  हिरासतमा छन् ।