• ११ पुस २०८१, बिहिबार

धितोपत्र बोर्डको अध्यक्षमा सन्तोष नियुक्त

परराष्ट्रमन्त्री राणा मङ्सिर १३ मा चीन जाने

blog

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा

गोरखापत्र अनलाइन 

काठमाडौं, मङ्सिर १० गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा यही मङ्सिर १३ गते जनवादी गणतन्त्र चीनको भ्रमणमा जानु हुने भएको छ । सोमवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले उहाँको भ्रमणलाई स्वीकृत गरेको हो । 

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको सन्दर्भमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको मंसिर १३ गतेदेखि १५ गतेसम्मको भ्रमणको प्रतिनिधि मण्डलका सदस्यहरुको भ्रमण स्वीकृत गरेको बताउनु भयो । 

धितोपत्र बोर्डको अध्यक्षमा सन्तोष नियुक्त 

यसैगरी, बैठकले नेपाल धितोपत्र बोर्डका अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ । 

सञ्चारमन्त्री सुब्बाले भन्नुभयो, ‘मन्त्रीपरिषद्को बैठकले नेपाल धितोपत्र बोर्डका अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई मनोनीत गरेको छ । सम्माननीय प्रधानमन्त्रीको चीन भ्रमणको सन्दर्भमा मान्य परराष्ट्रमन्त्री आरजु राणा देउवाको मंसिर १३ गतेदेखि १५ गतेसम्मको भ्रमणको प्रतिनिधि मण्डलको जुन जुन सदस्य हुनुहुन्छ, चीनको भ्रमणको स्वीकृति प्रदान भएको छ ।’’ 

प्रधानमन्त्री ओलीले मंसिर १७ गतेदेखि चीनको भ्रमण गर्दै हुनुहुन्छ ।