काबुल, मङ्सिर ११ गते । अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा आएको बाढीले ठूलो धनजनको क्षति गरेको स्थानीय अधिकारीले बताएका छन्। हालैको भारी वर्षाले प्रान्तको अलीवाद र खानाबाद जिल्लाहरूको बाहिरी भागमा ठूलो क्षति गरेको हाे ।
विपद् व्यवस्थापन प्राधिकरणका प्रान्तीय निर्देशक मौलवी मोहम्मद जवादले ३७० आवासीय घर पूर्ण वा आंशिक रूपमा ध्वस्त भएको र १ हजार १ सय एकडभन्दा बढी खेतबारी बगाएको बताउनुभयो । जवादका अनुसार प्राकृतिक प्रकोपका कारण हजारौं माछा र सयौं गाईवस्तु बगाउँदा पशुपालन व्यवसायी र माछापालकलाई ठूलो आर्थिक क्षति भएको छ ।
सर्भे टोलीलाई सहायता उपलब्ध गराउन र क्षतिको मूल्याङ्कन गर्न बाढी प्रभावित क्षेत्रमा पठाइएको जावादले बताउनुभयो । सिन्ह्वा