प्रधानमन्त्री केपी शर्मा ओलीसँग फिनल्याण्डका विदेश मन्त्रालयका वैदेशिक व्यापार तथा विकासमन्त्री भिल्ले ताभियोले बुधबारशिष्टाचार भेट गर्नुभएको छ ।
बेनीमा छात्रा फुटबल प्रतियोगता सुरु भएको छ । छात्राहरुको खेल प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले बेनीमा आयोजित अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबल प्रतियोगिता सुरु भएको हो ।
नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले युवालाई दक्षताअनुसारको रोजगारी दिनुपर्ने बताउनु भएको छ ।
मोटरसाइकल दुर्घटनामा घाइते भएका रिजन कटुवालको विराटनगरस्थित टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
बेटिङ एप्लिकेसनमार्फत विश्वभर सञ्चालन हुने अनलाइन खेलअन्तर्गत जुवा (सट्टेबाजी) गर्ने र गराउने गरेर गैर कानुनी रकम सङ्कलन गरेको आरोपमा सुनिल राई पक्राउ परेका छन् ।
रौतहट जिल्लाको परोहा नगरपालिका –१ जीङदवा गाउँमा रहेको परम्परागत बाँस भकारी । अहिले अन्न भण्डारणका निम्ति बजारमा आयातित विभिन्न आधुनिक किसिमका प्लास्टिक तथा धातुजन्य सामग्री पाइन थालेपछि परम्परागत भकारी लोप हुन थालेको छ ।
ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभराको दर्शन गर्दै नेदरल्याण्डका नागरिक । पछिल्लो समय पाथीभरामा विदेशी नागरिकको आगमन बढ्दै गएको पाथीभरा क्षेत्र विकास समितिका पदाधिकारीले जनाएका छन्
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सुविधा, प्रविधिमैत्री प्रणाली विकास गर्नसके सार्वजनिक सेवा प्रवाहमा आमूल परिवर्तन गर्न सकिने औँल्याउनुभएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीसँग नेपालका लागि इजरायली राजदूत शुमलिक एरी बासले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सिङ्गो पार्टी एकताबद्ध भएर सङ्गठन सुदृढीकरणसहित जनतामाझ जानुपर्ने खाँचो औँल्याउनुभएको छ।
झापाको शिवसताक्षी नगरपालिकामा पर्ने धार्मिक तथा पर्यटकीय क्षेत्र शिताक्षीधाममा श्रीशताक्षी गोरक्षा महोत्सवको तयारी भइरहदा गौहत्या हुनु दुर्भाग्य भएको गौ संरक्षण अभियान्ता तथा शताक्षीधाम गोलोक गोवर्धन गौशालाका संस्थापक तथा संरक्षक आचार्य पं. नन्दकिशोर भारद्धाजले बताउनुभएको छ।
गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धिताललाई मातृशोक परेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यमान स्थितिमा परिवर्तन ल्याउने गरी प्रभावकारीरुपमा काम गर्न मन्त्री र सचिवलाई निर्देशन दिनुभएको छ।
पाकिस्तानमा जारी नेत्रहीन टी–२० विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल घरेलु टोली पाकिस्तानसँग पराजित भएको छ ।
काठमाडौँ उपत्यकामा फुटेका खानेपानीका पाइपलाइन मर्मत गरी पानी वितरण सञ्चालन गरिएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को टोलीले हाल ठाउँ ठाउँमा मर्मत गरी पानी वितरण गरिएको खानेपानी मन्त्रालयले जनाएको छ ।