सिरियाली अधिकारीहरूले बुधवार इजरायली हवाई आक्रमणको कारणले गर्दा रोकिएको लेबनानको सीमासँग जेडेडेट याबुस क्रसिंग जोड्ने अन्तर्राष्ट्रिय सडक पुनः सञ्चालनमा ल्याएका छन् ।
सर्लाहीको बरहथवा नगरपालिका–८, का जिवस मण्डल सख्खर (गुण) व्यापारबाट सख्खरजस्तै गुलियो आम्दानी गरिरहनुभएको छ । उमेरले ६५ वर्ष पार गरिसक्नुभएका उहाँले आठ वर्षदेखि घर नजिकै उखु पेलेर सख्खर बनाउने कोल (क्रसर) सञ्चालन गर्नुभएको हो ।
काठमाडौं महानगरपालिकाले सानो गौचरन स्टेडियम पुनर्निर्माण सुरु गरेको छ । उपप्रमुख सुनीता डङ्गोलले शिलान्यास गरेर बिहीबारबाट पुनर्निर्माणको काम सुरु गर्नुभएको हो ।
निवर्तमान राष्ट्रपति जो बाइडनको प्रशासनको प्रमुख लक्ष्य पूरा गर्दै चीनले संयुक्त राज्य अमेरिकासँगको कैदी आदानप्रदानमा हिरासतमा लिइएका तीन अमेरिकीलाई रिहा गरेको अमेरिकी अधिकारीले बुधबार बताएका छन् ।
भन्सार छलेर भारतबाट भित्र्याइएको लाखौँको सामान कैलाली प्रहरीले बरामद गरेको छ ।
नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोलामा तीन सय रुपियाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार तीन सय रुपियाँमा कारोबार भइरहेको जनाएको छ ।
बेनीमा सुरु भएको प्रथम लायन्स कप छात्रा फुटबल प्रतियोगितामामा खेल्दै खेलाडीहरु । प्रकाश माध्यमिक बिद्यालय र न्यु वेष्ट प्वाइन्टका खेलाडीहरु । यो खेलमा न्यु वेष्ट प्वाइन्ट २–० गोल अन्तरले बिजय भएको छ।
बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल लामो समयदेखि अवरुद्ध रहेको सिटी स्क्यान सेवालाई नयाँ मेसिन सञ्चालनमा ल्याइएको छ ।
गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ मा जिल्लाका धार्मिक र पर्यटकीय स्थलमा पूर्वाधार निर्माण गर्न विभिन्न ११ योजनाका लागि रु. एक करोड ५० लाख बजेट बिनियोजन गरेको छ ।
कैलालीको भजनी नगरपालिका–५ का हरिप्रसाद डगौराले चार बिघा जग्गामा गहुँखेती गर्ने तयारी गर्नुभएको धेरै भयो । पश्चिम तराईका जिल्लामा मङ्सिर पहिलो हप्ताभित्रमा खेतमा गहुँ छरिसक्नुपर्ने बताउने उहाँको दैनिकी आजभोलि रासायनिक मलको खोजीमा बितिरहेको छ ।
सुनसरी गढी गाउँपालिका–६ का ३० वर्षे ममता साह खेतमा धान काट्दै हुनुहुन्थो । विभिन्न पार्टीका नेता मत माग्नका लागि घरदैलो कार्यक्रम गरिरहेका बेलामा साह आफ्नै काममा व्यस्त हुनुहुन्थ्यो ।
मुगुको छायाँनाथ रारा नगरपालिका–९ सल्लेरीमा सामान लिएर जाँदै गरेका खच्चडहरु । यहाँ यातायातको समस्या भएको हुँदा सामानको ढुवानीमा यसरी नै घोडा, खच्चड प्रयोग गरिन्छ ।
गोरखाको सहिद लखन गाउँपालिका–४, ठेउवाटार र चितवनको इच्छाकामना गाउँपालिका–४, लेवाटार जोड्ने झोलुङ्गे मर्मत गरी सञ्चालनमा ल्याइएको छ ।
लेबनानका प्रधानमन्त्री नाजिब मिकातीले सेनाले दक्षिणी लेबनानमा आफ्नो उपस्थितिलाई सुदृढ पार्ने बताउनुभएको छ । इजरायललाई हिजबुल्लाहसँग भएको युद्धविराम सम्झौताअनुसार लेबनानी–अधिकृत क्षेत्रहरूबाट फिर्ता हुन आग्रह गर्नुभयो ।
जिल्लामा न्यानो माया अभियान सञ्चालन गरिएको छ । जसले विपन्न तथा गरीब बालबालिकालाई चिसो मौसममा न्यानो कपडा वितरण गर्न थालेको छ ।