लगानी बोर्डको आजको ६० औँ बोर्ड बैठकले बुढीगण्डकीलगायत विभिन्न जलविद्युत परियोजनाको लगानी स्वीकृत गरेको छ।
पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बिहीबार साँझ काठमाडौँ ल्याइएको छ। रास्वपाका केन्द्रीय सदस्य दीपक बोहोराका अनुसार रविलाई बुद्ध एयरमार्फत ४१ दिनपछि काठमाडौँ ल्याइएको हो।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र फिनल्यान्डका परराष्ट्र मन्त्रालयका वैदेशिक व्यापार तथा विकासमन्त्री भिल्ले ताभियोबिच आज भेटवार्ता भएको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता समीकरणलाई इमानदारितापूर्वक तीन वर्षसम्म लान चाहेको बताउनुभएको छ ।
बिहीबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठक।
प्रदेश लोकसेवा आयोग बागमती प्रदेशको रिक्त सदस्य पदमा रामबहादुर खड्कालाई नियुक्त गरिएको छ। बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले खड्कालाई बिहीबार सदस्य पदमा नियुक्त गर्नुभएको हो।
लैङ्गिक लैङ्गिक हिंसाका पीडितको न्यायको पहुँच र समाजमा पुनर्स्थापना लागि आवश्यक सेवा, सुविधा उपलब्ध गराउने साझा मापदण्डसहितको एकीकृत नीतिको आवश्यकता औँल्याइएको छ ।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा प्रत्येक वर्ष मनाइने साताव्यापी सिताराम विवाहपञ्चमी महोत्सव र प्रत्येक पाँच वर्षमा लाग्ने बाराको गढीमाई मेलालाई दृष्टिगत गरी बिहीबार प्रदेश प्रहरी सुरक्षा समन्वय बैठक सम्पन्न भएको छ ।
महिलाले घर परिवारका लागि दिएको समयको मूल्यको गणना नहुनु पनि आर्थिक हिंसा हो भन्दै यसको अन्त्य हुनुपर्नेमा जोड दिइएको छ ।
काठमाडौँ–२ की शुभश्री श्रेष्ठले चौथो अल नेपाल अन्तर वडा टेबलटेनिस प्रतियोगिताको यु–१६ छात्रा सिंगल्समा बिहीबार स्वर्ण जित्नुभएको छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका संयोजक मोहन वैद्यले वैकल्पिक राजनीतिक शक्तिको नेतृत्व क्रान्तिकारी कम्युनिस्ट पार्टीले लिनुपर्ने बताउनुभएको छ।
प्रो तोरनविक्रम शाहीलाई एक स्ट्रोकले पछि पार्दै सूर्य नेपाल सेन्ट्रल ओपन गल्फको उपाधि एमेच्योर गल्फर राहुल विकेले जित्नुभएको छ ।
लमजुङ दोर्दी गाउँपालिका ५ सिम्रुङमा बिहीबार साँझ घुम्ती भेँडी गोठको भेँडाको बथान चर्दै । यस गोठमा ६ सय भेडाका बथान रहेका छन् ।
पेरुको मरुभूमिमा फेला परेको एक करोडदेखि एक करोड २० लाख वर्ष पुरानो एक युवा सामुद्रिक गोहीको अवशेषलाई पेरुका वैज्ञानिकहरूले सार्वजनिक गरेका छन् ।
भ्रष्टाचार विरोधी कारबाहीमा परेका एक वरिष्ठ सैनिक अधिकारीलाई ‘अनुशासनको गम्भीर उल्लङ्घन’ गरेको आरोपमा पदबाट हटाइएको बेइजिङले बिहीबार जनाएको छ ।