काठमाडौँ, मङ्सिर १३ गते । काठमाडौँ–२ की शुभश्री श्रेष्ठले चौथो अल नेपाल अन्तर वडा टेबलटेनिस प्रतियोगिताको यु–१६ छात्रा सिंगल्समा बिहीबार स्वर्ण जित्नुभएको छ ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा शुभश्रीले कञ्चनपुर–५ की महिमा महतालाई ११–५, ११–३ र ११–१ को सोझो सेटमा पराजित गर्नुभयो ।
खुलातर्फ पुरुष सिंगल्समा बालकोटगढी–८ का गनन्जय दाहाल र ललितपुर १६ का संयोग कपाली फाइनलमा पुग्नुभएको छ । गनन्जयले भक्तपुर–५ का राजीव चिकञ्वन्जारलाई ११–५, ११–९ र ११–९ तथा संयोगले सिन्धुपाल्चोक–६ का सुजन गडाललाई ११–६, ११–६ र ११–६ को सोझो सेटमा हराउनुभयो ।