• १३ मंसिर २०८१, बिहिबार

प्रदेश लोकसेवा सदस्यमा खड्का नियुक्त

blog

प्रदेश लोकसेवा आयोग बागमती प्रदेशको रिक्त सदस्य पदमा नियुक्त रामबहादुर खड्का।

राममणि दाहाल

हेटौँडा, मङ्सिर १३ गते। प्रदेश लोकसेवा आयोग बागमती प्रदेशको रिक्त सदस्य पदमा रामबहादुर खड्कालाई नियुक्त गरिएको छ। बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले खड्कालाई बिहीबार सदस्य पदमा नियुक्त गर्नुभएको हो। 

मुख्यमन्त्री बहादुर सिं लामा तामाङको अध्यक्षतामा गठित सिफारिस समितिको सिफारिसमा खड्कालाई आयोगको सदस्य पदमा नियुक्त गरेको हो।

प्रदेश लोक सेवा आयोग ऐन २०७६ मा मुख्यमन्त्रीको अध्यक्षतामा बागमती प्रदेश सभाका प्रदेश सभामुख र प्रदेश सभाको विपक्षी दलका नेता सदस्य रहने गरी सिफारिस समिति गठन गर्ने व्यवस्था रहेको छ।

आयोगका तत्कालीन सदस्य सुदर्शन ढकालले आयोगका अध्यक्षमा महेश्वर श्रेष्ठको नियुक्तिप्रति असन्तुष्टि जनाउँदै गत ११ कात्तिक २ कात्तिकमा पदबाट राजीनामा दिएपछि सदस्य पद रिक्त थियो।

दोलखा जिल्लाको गौरीशङ्कर गाउँपालिका ५ का खड्कालाई प्रदेश लोकसेवा आयोगको सदस्यमा नियुक्तिको यसअघि समितिले प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

खड्काको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम अर्को साता हुने प्रदेश प्रमुख कार्यालय, हेटौँडाले जनाएको छ।