काठमाडौँ, मङ्सिर १३ गते । साबिक विजेता रियल म्याड्रिडलाई युरोपियन च्याम्पियन्स लिगमा इङ्लिस क्लब लिभरपुलको धक्का लागेको छ ।
लिभरपुलको घरेलु मैदानमा बुधबार राति भएको खेलमा रियल लिभरपुलसँग २–० गोलले पराजित भयो । यस जितसँगै रिभरपुल नकआउट चरणमा प्रवेश गरेको छ । रोचक खेलमा रियलका केलियन एमबाप्पे र लिभरपुलका मोहम्मद सलाहले पेनाल्टीमा चुक्नुभएको थियो ।
लिभरपुलको जितमा एलेक्सिस म्याक एलिस्टरले ५२औँ र कोडी गाक्पोले ७६औँ मिनेटमा गोल गर्नुभएको थियो । लिगमा लगातार पाँचौँ जित निकालेको लिभरपुल १५ अङ्कसहित शीर्षस्थानमा छ । तेस्रो हार खेपेको रियल ६ अङ्कसहित २४औँ स्थानमा छ । एजेन्सी