• १४ मंसिर २०८१, शुक्रबार

चलचित्र ‘डोरी’ को शुभमुहूर्त

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १४ गते । नेपाली चलचित्र ‘डोरी’ को शुभमुहूर्त बिहीबार ललितपुरको झम्सिखेलस्थित युला सरस्वती मन्दिरमा क्यामरा तथा स्क्रिप्ट पूजा गर्दै सम्पन्न गरिएको छ । आइतबारदेखि छायाङ्कन प्रारम्भ हुने चलचित्रले नेपाली चलचित्रमा नयाँ कथा र शैली पस्कने तयारी गरेको छ । कार्यक्रममा चलचित्रका प्रमुख कलाकार र टिमका सदस्यको उपस्थिति रहेको थियो । अभिनेता प्रवीण खतिवडा, अभिनेतृ अञ्जना बराइलीलगायतका कलाकारले चलचित्रको सफलताको कामना गर्नुभयो ।  निर्देशक अरुण लामा, कार्यकारी निर्माता राज थापा, छायाकार सौरभ लामा र सङ्गीतकार राजनराज सिवाकोटीलगायतका टिमका मुख्य सदस्यको पनि उपस्थिति रहेको थियो । चलचित्रमा कविता आले, सजन श्रेष्ठलगायतको अभिनय रहने छ ।