सिन्धुपाल्चोक समाचारदाता
सिन्धुपाल्चोक, मङ्सिर १४ गते । सिन्धुपाल्चोक जिल्लामा निर्माणाधीन पाटीभन्ज्याङ–बाहुनेपाटी मध्यपहाडी लोकमार्ग खण्ड निर्माणले तीव्रता पाएको छ । चालु आर्थिक वर्षमा उक्त सडकखण्ड निर्माणका लागि ७६ करोड रुपियाँ विनियोजन भई काम तीव्र गतिमा भइरहेको छ ।
पाटीभन्ज्याङदेखि बाहुनेपाटीसम्मको उक्त लोकमार्ग स्तरोन्नतिको काम हुने भएको छ । गत आवमा एक अर्ब रुपियाँ विनियोजन भई काम भएको थियो । बन्धना भगवती कन्स्ट्रक्सन कम्पनीका इन्जिनियर देव ढुङ्गेलले स्थानीयका माग पूरा गर्दै सडकको स्तरोन्नति कार्य मापदण्ड अनुसार गरिने बताउनुभयो ।
सडक निर्माणका व्रmममा स्थानीयस्तरमा खानेपानी पाइन, सिँचाइ कुलो, बसपार्कलगायतका सामाजिक कार्यमा सहयोग गर्न स्थानीयले निर्माण कम्पनीलाई आग्रह गरेका छन् । स्थानीयले लोकमार्ग निर्माणका व्रmममा नागरिकका जमिन घरलगायतका संरचना विनाश गर्न नहुनेसमेत सरकार र निर्माण कम्पनीलाई सुझाएका छन् ।
नेपाली कांगे्रसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेत, बागमती प्रदेश सभा सदस्य कृष्णकुमार तामाङ, स्थानीय तहका जनप्रतिनिधिलगायतले उक्त सडक स्थलगत निरीक्षण गर्नुभएको छ । लोकमार्ग स्तरोन्नतिले गति पाउन थालेपछि स्थानीयले पनि सडक निर्माणमा साथ दिएका छन् ।