• ३ साउन २०८१, बिहिबार

तीन वर्षमा ३९२ जनाकोे मृत्यु

blog

सुर्खेत, साउन ११ गते । कर्णाली प्रदेशमा तीन वर्षको अवधिमा सडक दुर्घटनामा परी तीन सय ९२ जनाकोे ज्यान गएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/०७९ को सडक सुरक्षा र ट्राफिक व्यवस्थापन सम्बन्धी वार्षिक प्रतिवेदनले कर्णालीमा बर्सेनि सडक दुर्घटना बढ्दै गएको देखाएको हो ।

आर्थिक वर्ष २०७६/०७७ देखि आर्थिक वर्ष २०७८/०७९ मा प्रदेश भर ४०२ सडक दुर्घटना भएका छन् । तीन वर्षे आँकडा हेर्ने हो भने सबैभन्दा धेरै गत आर्थिक वर्ष २०७८/०७९ मा १९७ जनाले ज्यान गुमाएको प्रतिवेदनमा उल्लेख छ ।  भने ३६२ जना गम्भीर, ५८८ जना सामान्य घाइते भएका छन् ।

यस आर्थिक वर्षमा ४८१ सवारी साधनमा आंशिक तथा पूर्ण क्षति भएको छ । यस्तै आर्थिक वर्ष २०७६/०७७ मा ९७ जनाको मृत्यु भएकोमा आर्थिक वर्ष २०७७/०७८ मा ९८ जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन् । उमेरका आधारमा मृत्यु हुनेको अवस्था हेर्ने हो भने बितेका तीन आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८ मा सबैभन्दा बढी मृत्यु हुनेमा २५ देखि ३० वर्ष उमेर समूहका मानिसहरू रहेका छन् ।

यस्तै, कम मृत्यु हुनेमा ५५ वर्षदेखि माथिको उमेर समूह परेको छ । अघिल्ला दुई आर्थिक वर्षमा समान देखिए पनि यस आर्थिक वर्षमा २५ देखि ३० वर्ष समूह अन्य उमेर समूहभन्दा औसतमा बढी रहेको छ । 

Author

नविन सुवेदी