• २५ कात्तिक २०८२, मङ्गलबार

दसौँ राष्ट्रिय खेलकुद गर्न मन्त्रिपरिषद्को स्वीकृत

blog

दसौँ राष्ट्रिय खेलकुद आयोजना हुने सुर्खेतको रङ्गशाला । फाइल तस्बिर

काठमाडौँ, कात्तिक २५ गते । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ । 

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कर्णाल प्रदेशको सुर्खेतमा आगामी फागुन १ देखि ७ गतेसम्म प्रतियोगिता गर्न स्वीकृति दिने निर्णय गरेको हो ।

यसअघि गत बुधबार बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२३औँ बोर्ड बैठकले पनि कर्णाली प्रदेशमा हुने दसौँ राष्ट्रिय खेलकुद फागुन १ देखि ७ गतेसम्म निर्णय गरेको हो ।

राखेप बोर्ड बैठकको निर्णयलाई नै मन्त्रिपरिषद्ले स्वीकृति दिएको हो ।