• २५ कात्तिक २०८२, मङ्गलबार

एनपिएलको खेल फ्लडलाइटमा, उद्घाटनमा जनकपुर र काठमाण्डु भिड्ने

blog

त्रिवि क्रिकेट रङ्गशाला । फाइल तस्बिर

काठमाडौँ, कात्तिक २५ गते । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)का खेलहरू फ्लडलाइटमा खेलाइने भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले सोमबार राति खेल तालिका सार्वजनिक गर्दै लिगका खेलहरु दिउँसो र राति फ्लडलाइटमा गर्न सकिने जानकारी दिएको हो ।

तालिकाअनुसार एनपीएलको उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाण्डु गुर्खाजबिच त्रिवि क्रिकेट रङ्गशालामा अपरान्ह ४:०० बजे हुनेछ । केही खेलहरू दिउँसो ११:०० बजेसमेत हुने छ ।

एनपिएलमा १९ वटा लिग खेल, तीन वटा प्लेअफ र फाइनल खेलहरू फ्लडलाइटमा हुने क्यानले जनाएको छ । एनपिएल मङ्सिर १ देखि २७ गतेसम्म आयोजना हुने छ ।

यसपटक दर्शकले १३ हजार क्षमताको प्यारापिटसहितको त्रिवि रङ्गशालामा एनपिएलका खेल हेर्न पाउने छन् । रङ्गशालाको मर्मतसँगै फ्लडलाइट जडानको काम अन्तिम चरणमा पुगेको छ ।

एनपिएलका आठ वटा फ्रेन्चाइज टोलीको सहभागिता रहने छ । सहभागी टोलीमा विदेशी खेलाडी र प्रशिक्षकसमेत धमामम अनुबन्ध हुने क्रम जारी छ ।