• २५ कात्तिक २०८२, मङ्गलबार

हुम्ला निर्वाचन कार्यालद्वारा मतदान केन्द्रबारे छलफल

blog

हुम्ला, कात्तिक २५ गते । जिल्ला निर्वाचन कार्यालयले यहाँस्थित मतदान केन्द्रको अवस्थाका बारेमा सर्वपक्षीय बैठक गरी मतदाता नामावली सङ्कलन, मनदान केन्द्र, निर्वाचन प्रक्रियालगायत विषयमा छलफल गरेको छ । सोमबार हुम्ला निर्वाचन कार्यालद्वारा यहाँ आयोजित सर्वपक्षीय बैठकमा जिल्लाका मतदान केन्द्रको अवस्थाबारे छलफल तथा समिक्षा गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीको अध्यक्षतामा आयोजित सर्वपक्षीय बैठकमा जिल्लाका सबै गाउँपालिकाका अध्यक्ष, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सम्पूर्ण वडाका वडा सदस्यहरू, सरोकार भएका निकायका प्रतिनिधिलगायतको उपस्थिति थियो ।

बैठकमा वडा पालिकामा यही कात्तिक ३० गतेभित्र १८ वर्ष उमेर पुगेका नागरिकको मतदाता नामावली सङ्कलन गरी निर्वाचन कार्यालयमा बुझाउने निर्णय भएको निर्वाचन कार्यालयका निमित्त कार्यालय प्रमुख भिमबहादुर रोकायाले जानकारी दिनुभयो । साथै आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन आवश्यक सहकार्य र समन्वय गर्ने निर्णय भएको उहाँले बताउनुभयो । रासस