• ७ वैशाख २०८१, शुक्रबार

विपत् कोषमा छ अर्ब ७९ करोड

blog

काठमाडौँ, असार  १ गते । मनसुन सुरु भएसँगै बाढीपहिरो तथा डुबानबाट हुन सक्ने क्षतिको न्यूनीकरण तथा उद्धारमा तीनवटै सुरक्षाकर्मी परिचालन गरिने भएको छ । मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना, २०७९ पारित भएसँगै नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल संयुक्त रूपमा विपत् क्षति न्यूनीकरण, उद्धार तथा राहतमा खटिने भएका हुन् । 

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आगामी वर्षायाममा बाढीपहिरो तथा डुबानबाट चार लाख २१ हजार घरधुरीका करिब २० लाख जनसङ्ख्या प्रभावित हुने अनुमान गरिएको छ । 

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार सम्भावित विपत् व्यवस्थापन प्रभावकारी तथा सहज बनाउन सरकारले प्रधानमन्त्री प्राकृतिक प्रकोप उद्धार कोषमार्फत तीन अर्ब पाँच करोड ९१ लाख, राष्ट्रिय विपत् व्यवस्थापन कोषबाट दुई अर्ब छ करोड, प्रदेश विपत् व्यवस्थापन कोष सात प्रदेशबाट एक अर्ब आठ करोड ५४ लाख १९ हजार रुपियाँ गरी छ अर्ब ७९ करोड ९० लाख नौ हजार रुपियाँ विपत् व्यवस्थापन कोषमा जम्मा भइसकेको छ । 

नक्साङ्कन गर्दै नेपाली सेना

मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजनामा नेपाली सेनाको समन्वयमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिने भएको छ । त्यससम्बन्धी कार्ययोजना गृह मन्त्रालयले सोमबार पारित गरिसकेको जानकारी प्रवक्ता पोखरेलले दिनुभयो । उक्त कार्यका लागि नेपाली सेनाले ७७ जिल्लामा नै बर्सेनि हुने मनसुनजन्य प्राकृतिक जोखिमको नक्साङ्कन गरिरहेको छ । पारित कार्ययोजनाअनुसार विपत् व्यवस्थापन तथा उद्धारका लागि प्रत्येक नेपाली सेनाका गुल्मबाट १०४ जना तथा प्रत्येक प्लाटुनबाट ३० जनाको फौज आधारभूत उद्धार सामग्रीसहित तैनाथ अवस्थामा छ ।  

सेनाका प्रत्येक बाहिनीबाट आवश्यक परेका प्रभावितमा खटिने गरी फौज तथा उपकरण पनि तयारी अवस्थामा छ । चारवटै कमान्ड मुख्यालयमा विपत् व्यवस्थापन फौज, कम्ब्याट इन्जिनियर्स फौज, कमान्ड रिजर्भ फौज तथा युद्ध, युद्ध–मद्दती तथा युद्धसेवा मद्दती फौज प्रभावित क्षेत्रमा परिचालन हुन आवश्यक उपकरणसहित तयारी अवस्थामा राखिएको छ । 

कार्ययोजनाअनुसार उद्धार तथा राहत कार्य प्रभावकारी ढङ्गबाट सञ्चालन गर्न सेनाले प्रदेश तथा जिल्लामा पूर्वतयारी योजना तर्जुमा गरी आवश्यक सामग्री भण्डारणको व्यवस्था मिलाइएको छ । जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा सार्न सुझाव तथा आवश्यक सल्लाह तथा प्रभावित क्षेत्रको क्षति कम गर्न बाँध तथा तटबन्ध निर्माण गर्ने तयारीमा सेना जुटेको छ । क्षति न्यूनीकरण गर्न सेनाले सम्भावित क्षेत्रको वर्गीकरण गरी अति संवेदनशील, संवेदनशील र सामान्य इलाका गरी ‘हटस्पट’ इलाका विभाजन गरी आवश्यक विपत् सामग्रीसहित फौज परिचालन गर्नेछ ।

सेनाले परिस्थितिको मूल्याङ्कन गरी उपलब्ध हवाई साधनलाई खोज तथा उद्धारमा परिचालन गर्ने उद्देश्यले काठमाडौँ, इटहरी, चितवन, पोखरा र सुर्खेतमा आवश्यक सामग्रीसहित तयारी अवस्थामा राख्नेछ । उद्धारका क्रममा औषधि उपचारका लागि प्रदेश, जिल्ला र स्थानीय तहसँग समन्वय गरी आपत्कालीन कार्य तथा उद्धार कमान्ड पोस्ट स्थापना गरी खोज तथा उद्धार गर्नेछ । 

नेपाल प्रहरी र सशस्त्रको बेग्लै जिम्मेवारी 

त्यसैगरी कार्ययोजनाअनुसार सम्भावित विपत्बाट नागरिकको जिउधन सुरक्षाका लागि नेपाल प्रहरी तथा सशस्त्र प्रहरी दक्ष जनशक्तिसहित परिचालन हुनेछन् । प्रहरी प्रधान कार्यालय कार्य विभागको प्रत्यक्ष निर्देशन तथा निगरानीमा सातवटै प्रदेश र जिल्ला प्रहरी कार्यालयका वरिष्ठ प्रहरी अधिकारीलाई सम्पर्क व्यक्ति तोकी प्रभावित क्षेत्रमा खटाइने छ । जोखिमयुक्त स्थानहरूको पहिचान, सम्भावित घटनाको पूर्वानुमान तथा विश्लेषण गरी उद्धार तथा राहतका लागि देशभरका युनिटबाट आवश्यक जनशक्ति तयार राखिएको छ । उद्धार तथा प्रतिकार्य छिटो छरितो बनाउन जनप्रतिनिधि समन्वय गर्ने खोज तथा उद्धार र पुनस्र्थापना गर्ने, यातायात तथा सञ्चारको पहँुच स्थापना प्रहरीले गर्नेछ । वरिष्ठ प्रहरी अधिकारीको 

कमान्डमा दैनिक २५ जनाको क्यूआरटी टोली खोज तथा उद्धारमा खटिने छ । प्रहरी प्रधान कार्यालयमार्फत सातवटै प्रदेश प्रहरी कार्यालयमा प्रतिकार्य तथा उद्धारका लागि १६५ जना तालिम प्राप्त पौडीबाज तथा एक हजार ९३० जना उद्धार तथा पुनस्र्थापना टोली तयारी अवस्थामा राखिएको छ । 

यसैगरी सशस्त्र प्रहरी बलले विपत् व्यवस्थापन तथा उद्धारमा दुई हजार ३४ जना विशेष तालिम प्राप्त सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखेको छ । काठमाडाँै, कुरिनटार, सुनसरी, पोखरा, शमशेरगञ्ज, कैलालीमा गोताखोर तयारी अवस्थामा राखिएको छ । जोखिमयुक्त स्थान, बस्तीलगायत अन्य महìवपूर्ण संरचना पुल, कल्भर्ट, राजमार्ग, लोकमार्गलगायतको पहिचान गरी खतराको नक्साङ्कन गर्ने काम सशस्त्र प्रहरी बलले गरिरहेको छ ।