• २१ कात्तिक २०८२, शुक्रबार

इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कक क्षेत्रमा पक्राउ अभियान जारी

blog

रामल्ला, कात्तिक २१ गते । इजरायली सेनाले शुक्रबार प्यालेस्टिनी जनता विरुद्धको निरन्तर अभियानमा कब्जा गरिएको वेस्ट ब्याङ्कका धेरै क्षेत्रमा छापा मार्ने र पक्राउ गर्ने अभियान सुरु गरेको छ ।

स्थानीय स्रोतका अनुसार, सेनाले बेथलेहेम, नब्लस र तुलकार्मका धेरै क्षेत्रमा आक्रमण गरी धेरै प्यालेस्टिनीलाई हिरासतमा लिएका छन् । नाब्लुस, कब्जा गर्न सिपाहीलाई सहरको वरपर ठुलो सङ्ख्या तैनाथ गरिएकका कारण भिडन्त निम्त्याएको जनाइएको छ ।  

सेनाले उत्तरी जोर्डन उपत्यकामा प्यालेस्टिनी कृषि क्षेत्रमा आक्रमण गरेका छन् भने अल-फारसिया क्षेत्रमा सिँचाइ सञ्जाललाई तोडफोड गरेका छन् । आक्रमणको क्रममा स्थानीय प्यालेस्टिनी किसानलाई आफ्नो जग्गा त्याग्न दबाब दिने तथा जानाजानी सिँचाइ प्रणालीलाई तोडफोड गर्ने गरेका थिए ।

वेस्ट ब्याङ्कक्षेत्रमा इजरायली सेनाद्वारा बढ्दो अभियानको क्रममा प्यालेस्टिनी शहरको प्रवेशद्वारमा कडा सैन्य परिचालनको साथ साथै छापा, सम्पत्ति क्षति, र आवासीय क्षेत्रमा निरन्तर आक्रमण गरिएको छ । रासस/क्यूएनए