सरकारले आइतबार मन्त्रीपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेसँगै सामाजिक सञ्जालमार्फत विभिन्न अनर्गल प्रचारबाजी सुरु भएको छ । कतिपय उच्चपदस्थ व्यक्तिबारे नै व्यक्तिगत स्वाभिमानमै आँच पुग्ने गरी लाञ्छना, आक्षेप र चरित्र हत्याको प्रयास गर्ने काम भइरहेको छ । आफूलाई सञ्चारकर्मी बताउने पाँचथरका युट्युबर रोशन पोखरेलले सार्वजनिक रूपमा नै उच्च पदस्थ अधिकारी तथा राजनीतिक व्यक्तिमाथि अनर्गल प्रचार गरी सार्वजनिक गरेको भिडियो सन्देशले तरङ्ग सिर्जना ग¥यो । विवादस्पद रूपमा चरित्रहत्या गर्ने उद्देश्यले तयार पारिएको उक्त सामग्री युट्युबले हटाइदिएको छ । जेनजी युवा अमिशा पराजुलीमाथि प्रयोग गरिएका घृणास्पद शब्द, धाक, धम्की, अश्लील गालीगालौज सामाजिक सञ्जा
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र उहाँकी पत्नी एवं पूर्वपरराष्ट्र मन्त्री डा. आरजु राणा देउवाविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ पुर्जी जारी भएको छ ।
नेपाली सेनाको जमदारबाट अवकाश प्राप्त कपिलवस्तुका ७८ वर्षीय खड्गप्रसाद ज्ञवाली पूर्वसहयोद्धासँग गफिँदै सैनिक कल्याणकारी कोषमार्फत प्राप्त सुविधा बढोत्तरी हुने अभिलाषा व्यक्त गर्नुहुन्छ । मध्यपश्चिम पृतना मुख्यालयले बुटवलमा आयोजना गरेको भूतपूर्व सैनिक सम्मेलनमा सहभागी ज्ञवाली भन्नुहुन्छ, “अब त उमेर पनि ढल्किँदै गयो, स्वास्थ्य सेवालगायतका कल्याणकारी सुविधा घरदैलोमै प्राप्त भइदिए जीवनयापन सहज हुन्थ्यो होला ।” कोषमार्फत प्राप्त सुविधा असाध्यै मन परेको तर सम्मेलन सधैँ ए
नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले हालै सम्पन्न आमनिर्वाचनमा सेनाले आफ्नो पेसागत दक्षता, तटस्थता र व्यावसायिक चरित्र कायम राखेको बताउनुभएको छ । रुपन्देहीको योगीकुटीस्थित मध्यपश्चिम पृतना कार्यालयमा आइतबार आयोजित भूतपूर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्दै सेनापति सिग्देलले नेपाली सेनाले इतिहासदेखि नै अराजनीतिक चरित्रलाई कायम राख्दै आएको बताउनुभयो । अनुशासन, नेतृत्वको पालना तथा राष्ट्रिय एकताको भावनालाई साङ्गठनिक लक्ष्य प्राप्तिमा नेपाली सेना अविच्छिन्न केन्द्रित रहने उहाँको भनाइ छ ।
काठमाडौँको सामाखुसीकी निर्मला (नाम परिवर्तन) का २० वर्षीय छोरा आयुष लागुऔषधको कुलतमा पसेको झन्डै पाँच वर्ष भयो । परिवारले आयुषलाई कुलत छुटाउन गरेका अनेक प्रयास सार्थक हुन सकेको छैन । लागुऔषधको कुलत थप बढ्दै जाँदा आयुष चोरी, डकैती, गुन्डागर्दीमा संलग्न भएपछि प्रहरीले पटक पटक पक्रिने, छाड्ने क्रम चल्दै आइरहेको छ । दाङकी सीता ठकुरीका २६ वर्षीय छोरा कमल १४ वर्षकै उमेरमा लागुऔषध कुलतमा मात्र फसेनन्, किशोर अवस्थामै नाबालिका बलात्कारमा संलग्नताको आरोप खेपेका उनी बालसुधार केन्द्रबाट छुटेपछि पुनः लागुऔषधको कुलतमा परे । कमलका कारण ठकुरी परिवारले आर्थिक सामाजिक रूपमा भोगेको समस्या अनगन्ती छन् ।
पक्राउ पर्नुभएका पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई आइतबार काठमाडौँ जिल्ला अदालत लगिँदै छ । दुवै नेतालाई शनिबार काठमाडौँ प्रहरीले पक्राउ गरेको हो ।
प्रतिनिधि सभामा सबैभन्दा ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गरेको छ । रास्वपा केन्द्रीय कार्यालय चःमतिमा बिहीबार बसेको केन्द्रीय समिति बैठकले संसदीय दलको विधान परिमार्जनसहित पार्टीका वरिष्ठ नेता शाहलाई संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको हो । गत फागुन २१ मा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनअघि भएको सहमतिमा शाह संसदीय दलको नेता र प्रधानमन्त्री बन्ने घोषणा भएको थियो ।
प्रतिनिधि सभामा झन्डै दुई तिहाइ (१८२ स्थानमा) जित हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठनको आन्तरिक तयारीमा जुटेको छ । प्रतिनिधि सभामा स्पष्ट बहुमत प्राप्त गरेको रास्वपाको नेतृत्वमा एकल सरकार गठन हुने भएसँगै पार्टीका शीर्ष नेता आन्तरिक छलफल र तयारीमा जुटेका छन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षार्थ परिचालन हुने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागसहितको एकीकृत सुरक्षा टोली ७७ वटै जिल्लाका मतदान केन्द्रमा परिचालन भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उहाँकी पत्नी निकिता पौडेलले मङ्गलबार मनकामना मन्दिरको दर्शनपछि राखेको तस्बिरमा ‘सहकारी ठगीको रकम फिर्ता गर्ने बुद्धि मनकामना माताले दिऊन्’ । ‘किर्ते हस्ताक्षर गरेर गरिब जनता ठगेको पाप नलागोस्’ । ‘जय सहकारी’ जस्ता प्रतिक्रियाको ओइरो आयो । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाहीको चुनावी कार्यक्रमबाट सार्वजनिक गर्नुभएको तस्बिरमा प्रतिक्रिया आयो, ‘बाख्रोले पनि यसपालि घन्टी बजाउने भयो’ । ‘प्रमाण नभएको खाली पानाको भेट किताबसँग’ ।
यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन सुरक्षार्थ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग सहभागी एकीकृत सुरक्षा टोली १६५ निर्वाचन क्षेत्रमा परिचालन भएको छ । निर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरण सम्पन्न गर्न भर्ना गरिएका करिब एक लाख ५० हजार निर्वाचन प्रहरीलाई पनि जिम्मेवारी क्षेत्रमा परिचालन गरिएको छ ।
सार्वभौम सत्ताको रक्षा, राष्ट्रिय एकता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षाको प्रमुख जिम्मेवारी । आगलागी होस् या बाढी, हुरी चलोस् वा खडेरी, विपत्ति, सङ्कट वा जुनसुकै दुर्घटना सुखदुःखको साथी नेपाली सेना ।
गत भदौ २३ र २४ गतेको नवयुवा (जेनजी) आन्दोलनमा भएको अकल्पनीय जनधनको क्षतिबारे सत्यतथ्य पत्ता लगाउन गठित उच्चस्तरीय जाँचबुझ आयोगले छानबिन पूरा गरी रायसहितको प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
समृद्धिमा लम्केको विश्वजगत्, छिमेकी मुलुक भारत र चीनमा भइरहेको तीव्र आर्थिक विकास आफ्नै मुलुकमा देख्ने नेपालीको अभिलाषा पूरा गर्ने गरी काठमाडौँ–तराई/मधेश जोड्ने दु्र्तमार्गले गति लिएको छ ।
आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न केन्द्रदेखि वडा तहसम्म नै संयुक्त संयन्त्र परिचालन गरिने भएको छ । गृह मन्त्रालयले सुव्यवस्थित निर्वाचन व्यवस्थापनका लागि वडा तहसम्म समन्वय सहकार्य गर्नेसम्बन्धी अवधारणा–२०८२ तयार गरी कार्यान्वयनका लागि ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्रसमेत गरेको छ ।