त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत गरेको जानकारी दियो ।
अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) मा नेपाल प्रहरीले आफ्नो भूमिका बढाउँदै लगेका कारण नेपालमा विभिन्न अपराध गरी विदेशका विभिन्न स्थानमा लुकेर बसेका आरोपितलाई नेपाल फिर्ता गराउने क्रम बढेको छ । ठगी तथा सङ्गठित अपराध मुद्दामा इन्टरपोलबाट रेड कर्नर नोटिस जारी भई फरार रहेका धनुषा औरही–५ का रजिन्द्र पासवानलाई प्रहरीले कतार प्रहरीसँगको समन्वयमा पक्राउ गरी नेपाल ल्याएको छ । राष्ट्रिय केन्द्रीय ब्युरो (एनसिबी) दोहा, कतार प्रहरीसँगको समन्वयमा पासवानलाई कतारबाटै पक्राउ गरी नेपाल फिर्ता ल्याइएको हो ।
नक्कली कागजपत्र प्रयोग गरी ‘भिजिट भिसा’ मा खाडीलगायतका द्वन्द्वग्रस्त मुलुकमा पुर्याएर नेपाली नागरिकलाई अलपत्र परेका घटना बढेपछि प्रहरीले मानव तस्करीविरुद्ध विशेष अप्रेसन सुरु गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले भिजिट भिसामा विदेश जाने नेपालीले प्रयोग गरेका कागजपत्र अनुसन्धान गर्ने क्रममा फर्जी कागजपत्र बनाउने काठमाडौँका छ वटा ट्राभल्स एजेन्सीका सञ्चालकलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले मानव बेचबिखन गरेको अभियोगमा गोरखा धार्चे–४ की कविता गुरुङलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले गुरुङलाई काठमाडौँको बागबजारबाट पक्राउ गरेको हो । ब्युरोका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीका अनुसार गुरुङले थाइल्यान्डस्थित चिनियाँ कम्पनीमा मासिक एक हजार अमेरिकी डलरको जागिर लगाइदिने प्रलोभन देखाएर दुई जना नेपाली युवकलाई म्यानमारको म्यावडीस्थित चिनियाँ कम्पनीमा पु¥याई बन्धक बनाएर गैरकानुनी धन्दामा लाग्न बाध्य पारेकी थिइन् ।
नेपालको भूमि प्रयोग गरी दोस्रो मुलुकबाट पटक पटक भइरहेको सुन तस्करीबारे विस्तृत अनुसन्धान गरी दीर्घकालीन समाधान गर्ने उद्देश्यले विस्तृत अनुसन्धानका लागि आयोग गठन गर्ने विषयमा मुख्य राजनीतिक पार्टीमा मतभेद देखिएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का मुख्य सचेतकबिच भएको छलफलमा आयोगको कार्यादेशबारे पार्टीहरूको आआफ्नै अडानका कारण सहमति जुट्न नसकेको हो ।
हेलो सरकारलाई चौबिसै घण्टा सञ्चालनमा ल्याएपछि त्यसमा पर्ने उजुरी तेब्बर वृद्धि भएका छन्। सरकारी निकायबाट प्रवाह हुने सेवाबारे गुनासो र सुझाव दिने उद्देश्यले सरकारले सञ्चालन गरेको हेलो सरकारमा पछिल्लो समय जनगुनासो र सुझाव वृद्धि भएको जनाइएको छ।
जिल्ला सरकारी वकिलको कार्यालयले ६० किलो सुन तस्करी प्रकरणमा संलग्न २९ जना अभियुक्तविरुद्ध तीन अर्ब ३० करोड ३० लाख रुपियाँ बिगो तथा जरिबानाको मागसहित जिल्ला अदालत काठमाडौँमा आइतबार मुद्दा दायर गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उक्त सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाई बुधबार अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सुन तस्करी प्रकरणमा ५० जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ। सिनामङ्गलबाट बरामद भएको ६० केजी सुन तस्करी र त्यससँग जोडिएका अरू घटनाको अनुसन्धान सकेर बुधबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमा त्यस्तो सिफारिस गरिएको हो।
गैरकानुनी माध्यमबाट अमेरिका पठाउने भन्दै विदेशका विभिन्न स्थानमा पुर्याएर अलपत्र पारी ठगी गर्ने नेपाली मूलका अमेरिकी नागरिक हस्त गौतमलाई प्रहरीले पक्राउ गरेको छ। रुकुमपूर्वको सिस्ने गाउँपालिका घर भई अमेरिकी नागरिक बनेका गौतमलाई मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले भारत हुँदै नेपाल प्रवेश गर्ने नाका रुपन्देहीको बेलहियाबाट बुधबार पक्राउ गरेको हो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धान पूरा गरी मङ्गलबार काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको छ। झन्डै सात सय पृष्ठ लामो अनुसन्धान प्रतिवेदनमा सिआइबीले ललिता निवासको २९९ रोपनी नौ आना तीन दाममध्ये १४३ रोपनी छ आना तीन पैसा तीन दाम सरकारी जग्गा योजनाबद्ध रूपमा सङ्गठित समूहले किर्ते गरेको अनुसन्धान प्रतिवेदनको निष्कर्ष छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललिता निवास प्रकरणमा अनुसन्धान पूरा गरी रायसहितको प्रतिवेदन तयार पारेको छ। सङ्गठित अपराधको कसुरमा प्रहरीलाई अनुसन्धानको हदम्याद ६० दिन हुने भएकाले भदौ ८ गतेभित्र प्रतिवेदन बुझाइसक्नुपर्ने हुन्छ।
प्रतिष्ठित कम्पनीमा कम्तीमा एक लाख रुपियाँ पाउने प्रलोभन देखाएर गिरीले पीडित राजकुमार (नाम परिवर्तन) सँग दुई लाख रुपियाँ लिएर सम्पर्कबिहीन बने । यस्तैमा वैदेशिक रोजगारीमा साइप्रस पठाइदिने भन्दै ठगी गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार सिन्धुली सुनकोशी–३ का राजन गिरीलाई काठमाडौँबाट पक्राउ ग¥यो । गैरकानुनी बाटोबाटै साइप्रस पुग्ने सपना बोकेका राजकुमारलाई साइप्रस जान के के आवश्यक कागजपत्र चाहिन्छ भन्नेसम्म पत्तो छैन ।
प्रेमीप्रेमिकाबिच मायापिरतीका संवाद र अन्तरङ्ग साटासाट गर्दाको संवादका कतिपय पल सुखद मात्र रहँदैनन्, सम्बन्ध बिग्रियो भने पीडादायी र भयावह हुन सक्छन् । त्यसको उदाहरण प्रकाश र रस्मिला (नाम परिवर्तन) को सम्बन्ध बनेको छ । घटना अनुसार म्याग्दी साबिक अर्मन गाविस–२ का २७ वर्षीय प्रकाश विक र म्याग्दीकै २३ वर्षीय रस्मिलाबिच नेपालमा हुँदा बसेको प्रेम दुई फरक देशमा पुगेपछि थप प्रगाढ बन्छ ।
राजस्व अनुसन्धान विभागले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै १०० केजी सुन बरामद ग-यो । त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट ठुलो परिणामको तस्करीको सुन यति सजिलै कसरी बाहिरियो भन्ने प्रश्न उठेको छ । यस घटनाले विमानस्थलको सुरक्षा संवेदनशीलता र भन्सार प्रशासनमाथि पनि प्रश्न उठेको छ । तथापि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठुलो परिणाममा सुन तस्करी भएको यो नौलो घटना भने होइन ।
तीव्र गतिमा सवारी हुइँक्याउँदै हुनुहुन्छ ? उपत्यकाका चक्रपथ र अरू सडकमा ट्राफिकको आँखा छलेर भाग्दै हुनुहुन्छ कि ? त्यसो गर्दा तपाईंको गल्ती भए कारवाही र जरिबानाको सूचना तपाईंभन्दा पहिले घर पुगिसकेको हुन सक्छ । ट्राफिक प्रहरीले आफ्नो उपस्थितिबिना विभिन्न स्थानमा स्वचालित क्यामरा जडान गरेर तपाईंको सवारी गतिको निगरानी सुरु गरिसकेको छ ।