यही माघ १० गते इलामका प्रेमप्रसाद आचार्यले नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनअगाडि आफैँमाथि आगो लगाएर आत्मदाह गरेको घटनाले समाज तरङ्गित छ । आत्मदाह प्रयासको भोलिपल्ट उपचार गर्दा गर्दै उहाँको मृत्यु भयो । आत्मदाह गर्नुअघि आचार्यले फेसबुकमा लेखेको लामो टिप्पणीले नेपाल सरकारलाई छानबिन समिति गठन गर्न बाध्य बनायो । जिल्ला प्रहरी परिसर काठमाडौँमा मृतक आचार्य पत्नीले दिनुभएको किटानी जाहेरीपछि आचार्यले लेखेका नामका व्यक्तिमाथि अनुसन्धान भइरहेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा दुबई पुगेकी किशोरी कुवेत पु-याई बेचबिखनमा परेकी छिन् । मानव बेचबिखनमा संलग्न गिरोहले १९ वर्षीया ती युवतीलाई पाँच लाख रुपियाँमा बिक्री गरेका थिए । बेचबिखनमा परेकी किशोरी कुवेतमा पु-याई यौनजन्य क्रियाकलापसँगै श्रम शोषणमा परेको सूचनापछि कुवेतमा रहेको नेपाली दूतावासले उद्धार गरी नेपाल पठाएको छ ।
अवस्था यतिबेला शान्त देखिन्छ तर एकैछिनपछि के हुन्छ भन्न सक्ने अवस्था छैन– मध्यपूर्वी देश लेबनानको सुरक्षा अवस्था बुझ्ने यही वाक्यांश नै पर्याप्त छ । लेबनानको राजधानी बेरुतलाई ‘मध्यपूर्वको पेरिस’ भनेर पनि चिनिन्छ तर झन्डै एक शताब्दीदेखि यो देश युद्धको चपेटामा परेको छ । भूमध्यसागरको बीच भागमा अवस्थित लेबनान प्राकृतिक रूपमा सुन्दर त छँदै छ, भौगोलिक रूपमा पनि सामरिक महत्त्व बोकेको देश हो ।
संयुक्त राष्ट्रको अन्तरिम बल (युनिफिल)मा विभिन्न देशका सैनिक र स्थानीयबीच दोभाषेका रूपमा काम गर्नुभएका ६९ वर्षीय लेबनानी नागरिक मुनिफ आतवी नेपाली आएको जानकारी पाउनासाथ स्वागत गर्न आतुर देखिनुहुन्छ । युनिफिलअन्तर्गत ४८ देशका झन्डै ११ हजार शान्ति सैनिक तैनाथ रहेको लेबनानमा दोभाषेका रूपमा युनिफिलमा काम गर्नुभएका मुनिफले सबैजसो देशका सैनिकसँग काम गरेको अनुभव छ ।
सबैभन्दा जोखिम र सुरक्षा चुनौती मानिएको ‘ब्लु लाइन’ क्षेत्रको सुरक्षाको पूर्ण जिम्मा नेपाली सेनाले लिँदै आएको छ। यस क्षेत्रमा अन्य मुलुकका सैनिकलाई पनि खटाइएकोमा नेपाली सेनाको भूमिका निकै प्रभावकारी देखिएकाले यहाँको सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई नै दिइएको हो।
काठमाडौँ जस्तो शिक्षित समाजमा पनि अझै झारफुकमा विश्वास गरिन्छ र त्यसले गम्भीर परिणाम निम्त्याएको छ भन्ने सुन्दा अनौठो लाग्न सक्छ । यस्तै अन्धविश्वासमा पर्दा एक महिला गम्भीर घाइते हुनुभएको छ । गएको वर्ष झारफुकमा विश्वास गर्दा दुई जना मृत्युको मुखमा पुगेका थिए ।
ललिता निवासको सरकारी जग्गा हिनामिनाबारे प्रतिवेदन तयार पारी जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदन फिर्ता भएको एक वर्षपछि केन्द्रीय अनुसन्धान ब्युरोले पुनः अनुसन्धान सुरु गरेको छ। करिब तीन वर्ष लगाएर तयार पारिएको अनुसन्धान प्रतिवेदन सीआईबीले २०७८ पुस २२ गते जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो। सीआईबीको सो अनुसन्धान प्रतिवेदन अपूर्ण रहेको जनाएर जिल्ला सरकारी वकिलको कार्यालयले पुस २६ गते पुनः सीआईबीलाई नै फिर्ता पठाएको थियो।
महिला हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भइरहँदा लैङ्गिक हिंसाका घटना थपिने क्रम जारी छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आह्वानमा मङ्सिर २४ गतेसम्म अभियान सञ्चालन भइरहेको छ र यस अवधिमा तीन जना महिलाले अकालमा ज्यान गुमाएका छन्। आइतबार काठमाडौँको धुम्बाराहीमा नुवाकोटकी २७ वर्षीया पुष्पा न्यौपाने जलेर गम्भीर घाइते हुनुभयो। उहाँको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा मङ्गलबार मृत्यु भयो । मृतक पुष्पाको गत भदौ १८ गते युवक सुधन सङ्ग्रौलासँग जनैसुपारी सम्पन्न भएको थियो। विवाह गर्ने सहमतिपछि गरिएको जनैसुपारी वर पक्षले एकतर्फी रूपमा तोडेको बताएपछि भएको पुष्पाको मृत्यु रहस्यमय बनेको छ।
विश्वविख्यात विकास सिद्धान्तकार चाल्र्स डार्बिनले भनेका छन्, ‘‘मनमा कुनै परिकल्पना नभएसम्म कुनै अवलोकनसम्म पनि सम्भव हुँदैन ।’’ दुई सय वर्ष पहिलेको यो भनाइ आज पनि उत्तिकै सान्दर्भिक छ । परिकल्पनाबिना कुनै योजना सम्भव हुँदैन । वि.सं. २०४८, वैशाख १९ गतेको आमनिर्वाचनको सन्दर्भमा काठमाडौँको नयाँबानेश्वरमा आयोजित चुनावी सभामा सन्त नेता कृष्णप्रसाद भट्टराईले काठमाडौँभन्दा झन्डै ४० किलोमिटर टाढा रहेको मेलम्चीको पानी काठमाडौँ उपत्यकाबासीलाई खुवाउने मात्र होइन, सडकसमेत पखाल्ने परिकल्पना सुनाउनु भयो । चुनावका बेला अनेक एजेन्डा सुनाउने र काम नगर्ने प्रवृत्ति मौलाएका बेला किसुनजीको यो उद्घोष धैरैलाई विश्वास लागेन ।
आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि सुरक्षा संवेदनशीलतका आधारमा सुरक्षाकर्मी परिचालन गरिने भएको छ । गृह मन्त्रालयले तयार पारेको निर्वाचन सुरक्षा योजनाअन्तर्गत नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागलाई संयुक्त रूपमा परिचालन गर्ने निर्णय भएको छ । निर्वाचन सुरक्षालाई थप प्रभावकारी बनाई निष्पक्ष तथा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न चारवटै सुरक्षा निकायबीच समन्वय हुने गरी केन्द्र प्रदेश तथा जिल्ला तहमा एकीकृत सुरक्षा कक्षसमेत तयार भइसकेका छन् । निर्वाचन आयोगले मङ्गलबार उच्चस्तरीय निर्वाचन सुरक्षा समितिका अधिकारीसँग निर्वाचन सुरक्षाको पूर्वतयारी तथा सुरक्षा चुनौतीबारे छलफल गरेको थियो ।
इजरायलबाट नेपाल भित्रिएको खात (हरियो चियापत्ती) लागूऔषध रहेको पाइएको छ। ग्रिन टीको प्याकेटमा इजरायलबाट आएको लागूऔषध अमेरिकामा तस्करी हुन लागेको पाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र लागूऔषध नियन्त्रण ब्युरो संयुक्त टोलीले नियन्त्रित लागूऔषध ४८० केजी खात (ग्रिन टीजस्तै लागूऔषध)सहित दुई जनालाई पक्राउ गरेको छ।
आउँदो मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा सहभागी राजनीतिक दलहरूले विभिन्न विषय समेटेर घोषणापत्र सार्वजनिक गरेका छन्। राज्य सञ्चालन गर्ने अवधारणासहित मतदातालाई आकर्षित गर्ने उद्देश्यले सार्वजनिक गरिएका घोषणापत्रमा कतिपय महत्वपूर्ण विषयमा राजनीतिक दलले प्राथमिकताका साथ आफ्नो दृष्टिकोण सार्वजनिक गरेका छन्। कतिपय पार्टीले भने राष्ट्रिय महत्वका विषय घोषणापत्रमा समावेश गर्न चुकेका छन्।
आगामी मङ्सिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने गृह मन्त्रालय पूर्वसुरक्षा तयारीमा जुटेको छ । विगतका निर्वाचनमा जस्तो चुनाव विरोधी गतिविधि कमजोर बन्दै गएको भए पनि प्रतिस्पर्धी राजनीतिक दलबीच हुन सक्ने विवाद र झडपले सुरक्षामा चुनौती बन्न सक्ने आकलन गरिएको छ ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन प्रक्रिया सुरु भएलगत्तै देशको सुरक्षा व्यवस्था मजबुत बनाइएको छ। निर्वाचन सुरक्षाका लागि गृह मन्त्रालयले एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागलाई संयुक्त रूपमा परिचालन गर्ने निर्णय गरेको छ। गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) फणीन्द्रमणि पोखरेलले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि मनोनयन दर्तासँगै चारवटै सुरक्षा निकायलाई संयुक्त रूपमा परिचालन गरिएको जानकारी दिनुभयो। उहाँले आगामी निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरीसहित झन्डै तीन लाख सुरक्षाकर्मी परिचालन हुने जानकारी दिनुभयो। निर्वाचन प्रक्रिया सुरु भएसँगै मुख्य निर्वाचन अधिकृत तथा
भ्रमण प्रवेशाज्ञा (भिजिट भिसा)को आवरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै खाडी मुलुकबाट कम्बोडिया पु-याइएका चार