राजस्व अनुसन्धान विभागले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै १०० केजी सुन बरामद ग-यो । त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट ठुलो परिणामको तस्करीको सुन यति सजिलै कसरी बाहिरियो भन्ने प्रश्न उठेको छ । यस घटनाले विमानस्थलको सुरक्षा संवेदनशीलता र भन्सार प्रशासनमाथि पनि प्रश्न उठेको छ । तथापि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठुलो परिणाममा सुन तस्करी भएको यो नौलो घटना भने होइन ।
तीव्र गतिमा सवारी हुइँक्याउँदै हुनुहुन्छ ? उपत्यकाका चक्रपथ र अरू सडकमा ट्राफिकको आँखा छलेर भाग्दै हुनुहुन्छ कि ? त्यसो गर्दा तपाईंको गल्ती भए कारवाही र जरिबानाको सूचना तपाईंभन्दा पहिले घर पुगिसकेको हुन सक्छ । ट्राफिक प्रहरीले आफ्नो उपस्थितिबिना विभिन्न स्थानमा स्वचालित क्यामरा जडान गरेर तपाईंको सवारी गतिको निगरानी सुरु गरिसकेको छ ।
यही जेठको अन्तिममा सुरु भएर करिब एक सय दिन क्रियाशील यस वर्षको मनसुनबाट करिब साढे १२ लाख मानिस प्रभावित हुने अनुमान गरिएको छ। गृह मन्त्रालयमा आइतबार बसेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा दिइएको जानकारी अनुसार मनसुनबाट प्रभावित हुन सक्ने जनसङ्ख्या १२ लाख ५४ हजार १८१ र घरधुरी दुई लाख ८६ हजार ९९८ रहने छन्।
सरकारले राष्ट्रिय सुरक्षा तथा अपराध नियन्त्रणलाई उच्च प्राथमिकता दिँदै आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरेको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले सङ्घीय संसद्मा प्रस्तुत गरेको आर्थिक विनियोजन विधेयक आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै नेपालको सार्वभौम सत्ता, राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र राष्ट्रिय हित रक्षाका लागि नेपाली सेनाको क्षमता अभिवृद्धि गर्ने बताउनुभएको छ।
नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनासँग आवश्यक हतियार पर्याप्त रहेको बताउँदै नयाँ हतियार खरिद गर्नेबारे कुनै सोच नभएको बताउनुभएको छ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने प्रकरणमा नेपाल प्रहरीले ३० जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ। अनुसन्धान पूरा गरी काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयमा सोमबार बुझाएको रायसहितको प्रतिवेदनमा प्रहरीले त्यस्तोसिफारिस गरेको हो।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न अभियुक्तलाई प्रहरीले म्याद थपका लागि आइतबार जिल्ला अदालत काठमाडौंमा लगेको छ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने गिरोहबारे प्रहरीले झन्डै दुई महिना लगाएर तयार पारेको अनुसन्धान प्रतिवेदन आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ। पीडितहरूको उजुरीका आधारमा नेपाल प्रहरीले चैत १२ गतेदेखि नक्कली भुटानी शराणार्थी प्रकरणको अनुसन्धान सुरु गरेको थियो।
नक्कली भुटानी शरणार्थी प्रकरणमा थप उच्च राजनीतिक तथा प्रशासनिक व्यक्तिको समेत संलग्नता रहेको हुन सक्ने भन्दै प्रहरीले त्यसतर्फ अनुसन्धान सोझ्याएको छ। पूर्वगृहमन्त्री, पूर्वगृहसचिवको प्रत्यक्ष संलग्नता खुलेपछि प्रहरीले अनुसन्धानको दायरा अझ फराकिलो बनाउन लागेको हो।
नक्कली भुटानी शरणार्थी बनाई नेपाली युवालाई अमेरिका पठाउने धन्दामा संलग्न रहेको आरोपमा पक्राउ पुर्जी जारी भएका पूर्वउपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सचिव टोपबहादुर रायमाझी सम्पर्कविहीन हुनुभएको छ। प्रनिनिधि सभाका सभामुख देवराज घिमिरेसँगै बुधबार अर्घाखाँचीमा आयोजना गरिएको एक कार्यक्रममा अतिथिका रूपमा उपस्थित हुनुभएका रायमाझी काठमाडौँ आउने क्रममा बुटवलबाट सम्पर्कविहीन हुनुभएको हो।
चन्द्रागिरि केबलकारका लट्ठामा झुन्डिएर आकाशमा चल्दै गरेका डिब्बा (गोन्डोला) अचानक रोकिँदा तिनमा फसेका यात्रुको चार घण्टापछि उद्धार गरिएको छ। सप्ताहान्त मनाउन र भालेश्वर महादेवको दर्शन गर्न शुक्रबार साँझ ६ बजे चढेका झन्डै १५० यात्रु केबलकार एक्कासि बन्द भएपछि आकाशमै अलपत्र परेका थिए। केबलकारमा फसेका यात्रुलाई मानिसले लट्ठा तानेर चार घण्टापछि राति १० बजे तल्लो स्टेसनमा ल्याएर उद्धार गरिएको हो।
महोत्तरीको बर्दिबासबाट हिँडेको ११ दिनपछि मिटरब्याजपीडित आइतबार काठमाडौँ आइपुगेका छन् । चन्द्रनिगाहपुर, हेटाैँडा, भीमफेदी र चन्द्रागिरि हुँदै ७३ जना मिटरब्याजपीडित काठमाडौँको मातातीर्थ मन्दिरमा बास बसेका छन् । गत चैत २ गते महोत्तरीको बर्दिबासबाट पैदल यात्राबाटै काठमाडौँ हिँडेका ४२ जना महिला, २७ जना पुरुष र चार जना बालबालिका छन् । मिटरब्याजीविरुद्ध सङ्घर्ष गर्दै आएको सो टोलीको योजना प्रधानमन्त्रीलाई भेटी आफ्ना समस्या र गुनासोसँगै ज्ञापनपत्र बुझाउने छ । तर त्यसअघि नै पीडितका समस्या समाधान गर्न गृह मन्त्रालयका सहसचिवसहितको टोली उनीहरू बसेको स्थान मातातीर्थ पुगी आइतबार साँझ नै छलफल गरेको छ ।
आइतबार सम्पन्न त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। निकै महत्वसाथ लिने गरिएको केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेपाल विद्यार्थी सङ्घले बाजी मारेको छ। सो क्याम्पसको स्ववियु सभापतिमा श्यामराज ओझा निर्वाचित हुनुभएको छ।
रुपन्देहीको भैरहवाकी २२ वर्षीया स्वस्तिका नेपाली र कञ्चनपुर महेन्द्रनगरका २३ वर्षीय चन्द्रसिंह कार्की प्रेमी–प्रेमीकाका रूपमा लिभिङ टुगेदर (सँगै बसोबास गर्ने जोडी) बस्न थालेको तीन वर्ष भयो । प्रेमी–प्रेमिकाबाट दम्पती बनेर सँगै जीवन बिताउने सपना साँचेको यो जोडीलाई न परिवार र समाजले इजाजत दिन्छ न त कानुनी मान्यता पाउने कुनै आधार नै बनेको छ ।
लागूऔषध नियन्त्रण ब्युरोले नेपालमा प्रयोग हुने औषधिजन्य लागूऔषधका मुख्य कारोबारीसहित १३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चार थाइल्यान्डका, दुई भारतीय र सात जना नेपाली नागरिक छन् । उपत्यका प्रहरी कार्यालय रानीपोखरीको सहयोगमा ब्युरो लागूऔषधका मुख्य कारोबारीसम्म पुग्न सफल भएको हो ।