वीरेन्द्रनगर–४, भैरवस्थानको समावेशी टोलमा घरभित्र सुतिरहेका आमाछोराको निसास्सिएर मृत्यु भएको छ ।
पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि जिल्ला प्रहरी कार्यालय कास्कीमा सहकारी ठगी, सङ्गठित अपराध, अवैध मुद्रा कारोबार (हुन्डी कारोबार) लगायतका कसुरमा अनुसन्धान भइरहेको छ ।
किर्ते कागजात प्रयोग गरी प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाउने विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ ।
सहकारीमा सर्वसाधारणले बचत गरेको रकम हिनामिना गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली असोज ११ गते भारतको दिल्लीबाट पक्राउ पर्नुभयो ।
शान्तिसुरक्षा, सार्वभौमसत्ताको रक्षा, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षालाई थप संस्थागत गरी विश्व समुदायबिच नेपाललाई थप सुदृढ राष्ट्रका रूपमा उभ्याउन वर्तमान सरकारले पछिल्ला एक सय दिनमा गरेका उपलब्धि ऐतिहासिक र विश्व समुदायका लागि समेत उदाहरण बन्न सक्छन् ।
मुलुकमा शान्ति सुरक्षा, सुशासन, सामाजिक न्याय जस्ता विशेष जिम्मेवारी गृह मन्त्रालय अन्तर्गत पर्छ ।
सरकारले बाढीपहिरो र डुबान प्रभावितका लागि राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ ।
बिहीबार रातिदेखि परेको अविरल घनघोर वर्षापछिको बाढीपहिरो र डुबानमा परी देशभर १७० जनाको मृत्यु भएको छ । ४२ जना अझै बेपत्ता छन् । १११ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
बिहीबार रातिदेखि परेको अविरल घनघोर वर्षाका कारण ठुलो जनधनको क्षति भएको छ ।
प्रहरीले गोर्खा मिडियाका तत्कालीन सञ्चालक तथा पूर्वप्रहरी नायव महानिरीक्षक छविलाल बन्जाडे जोशीलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले जोशीलाई आइतबार काठमाडौँको शङ्खमूलबाट पक्राउ गरेको हो । पक्राउ परेका जोशीलाई पोखरा लगिएको छ ।
बाल सुधारगृह मोरङ (विराटनगर) बाट भदौ ३ गते दुई जना बिज्याइँकर्ता (बालबन्दी) फरार भए । सुधारगृहका प्रमुख मिलन चौहानका अनुसार विद्यालयमा नियमित सञ्चालन हुने बुक फ्री डे र अतिरिक्त क्रियाकलाप चलिरहेका बेला दुवै जना सुधारगृहको पर्खाल नाघेर फरार भएका हुन् । सुनसरी जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि सुधारगृहमा राखिएका जबर्जस्ती करणीका आरोपित ‘महेन्द्र नगर क्ष’ र कर्तव्य ज्यान तथा डाका कसुरमा १२ वर्ष छ महिना सजाय तोकिएका ‘डक–के–२–१५–भिआई’ को मोरङ प्रहरीले खोजी जारी राखेको छ ।
२०८० असोज ४ गते बाँकेको जयन्दु बाल सुधारगृहमा बाल बिझ्याइँकर्ता (बालबन्दी) बिचको झडपमा रुपन्देही कञ्चन–४ का सुलभ केसीको ज्यान गयो । अन्य ११ जना बालक घाइते भए । १२० जना क्षमताको सो बाल सुधारगृहमा हाल २६६ जना १४ देखि ३० वर्षसम्मका बालबन्दी छन् । बालबन्दीको चापका कारण दुई वटा ब्लक (भवन) मा राखिएका बालबन्दीबिचको विवादमा अर्को ब्लकमा बस्ने वयस्क युवाको कुटाइबाट केसीको मृत्यु भएको सुधारगृहका प्रमुख विमला काउचामगर बताउनुहुन्छ ।
पछिल्लो समय मुलुकमा अपराधका घटना बढेसँगै देशभरका मुख्य सहर र आसपासका कारागारमा कैदीबन्दीको चाप अत्यधिक छ । खाना खाने, सुत्ने, नुहाउने तथा शौचालय जस्ता न्यूनतम सुविधा लिनसमेत कैदीबन्दी लइनमा बसेर कुर्नुपर्ने अवस्था छ । कैदीबन्दीको बढ्दो चापको अनुपातमा कारागारको क्षमता वृद्धिमा भने राज्यको खासै ध्यान पुग्न सकेको छैन । राणाकालीन समयमा स्थापना भएको काठमाडौँको सुन्धारास्थित जगन्नाथ देवल (केन्द्रीय कारागार), डिल्लीबजार कारागार, मकवानपुरको भीमफेदी कारागार, ललितपुरको नक्खु कारागार, सुनसरीको झुम्का कारागारलाई समय अनुकूल थप विस्तार हुन सकेका छैनन् । जीर्ण भवन र कैदीको चापका कारण यी कारागारको सुरक्षा र आन्तरिक व्यवस्थापनसमेत जटिल बन्दै गएको छ ।
२०८० साउन २३ गते सङ्खुवासभा कारागारमा कैदीबन्दीबिच कुटाकुट हुँदा आकाश बलामी र विनोद तोलाङ्गीको ज्यान गयो । कारागारको शौचालयको झ्याल काटेर भाग्ने क्रममा बलामी र तोलाङ्गीलाई प्रहरीले पक्राउ गरी कारागार प्रशासनलाई बुझाएको केहीबेरमै अन्य कैदीले कुटपिट गर्दा बलामी र तोलाङ्गीको मृत्यु भएको हो । असार २७ गते गोरखा कारागारका कैदीबन्दीबिच कुटाकुट भयो । टिभी हेरेर बसेका कैदीलाई अर्का कैदीले तानेर बस्ने क्रममा भएको विवाद झडपमा परिणत भयो । झन्डै एक सय कैदी रहेको उक्त कारागारमा तत्काल सुरक्षाकर्मी परिचालन हुँदा मानवीय क्षति भने हुन पाएन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना भए छिटोभन्दा छिटो कसरी उद्धार गर्ने भन्नेबारे अभ्यास भएको ढेढ महिना पनि भएको छैन । गत जेठ २८ गते (४० दिनअघि) कौशल आपत्कालीन अभ्यास (फुल स्केल इमर्जेन्सी एक्सरसाइज) अभ्यास सम्पन्न भएको थियो ।