शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
लीलाराज खड्का
बिर्तामोड, कात्तिक २० गते । इन्टनेटको तार मर्र्मत गर्नका लागि बिजुलीको पोलमा चढेको बेला करेन्ट लागेर घाइते भएका एक कर्मचारीको उपचारका क्रममा मृत्यु भएको छ ।
झापा शिवसताक्षी नगरपालिका –१ का १९ बर्षिय आशिस खनालको मृत्यु भएको हो । खनाल कमल गाउँपालिका –६ मंगलवारेमा फस्ट लिङ्क वाइफाइ कम्पनीको इन्टरनेट मर्मतका लागि बिजुलीको पोलमा चढेको बेला गत मंगलबार करेन्ट लागि घाइते हुनुभएको थियो ।
उहाँको उपचारका क्रममा नोबेल अस्पताल विराटनगरमा बुधबार साँझ ७ बजे निधन भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उहाँको शवलाई पोस्टमार्टम गरी परिवारलाई बुझाइसकिएको छ ।