• १३ वैशाख २०८१, बिहिबार

खुसी (कथा)

blog

प्रदिप्नराज पन्त 

खुसी भन्ने निबन्ध लेखिसकेको भए पनि खुसीको परिभाषा कता कता नमिलेजस्तो सीमालाई लागेको थियो । यसैले सीमा कम्प्युटरमै आफ्नो निबन्धमा के परिवर्तन गर्न सकिन्छ भनेर सोचिरहेकि थिइन् तर रात धेरै बितिसकेको थियो यसैले आमाले सीमालाई सुत्न भन्नुभयो । सीमाले आमालाई हुन्छ त भनी तर  कम्प्युटरबाट बाहिर ध्यान लगाइनन् ।  उनले लेख्न खोजेकोजस्तो   निबन्ध नबनेकोले गुगलमा केही स्रोत पाइन्छ कि भनेर उनले खोज्न थालिन् । प्रयास गर्दै जाँदा कम्प्युटरमा खुसी सम्बन्धमा लेखिएको एउटा गजबको साइट उनले भेट्टाइन । उनको जिज्ञासा बढ्यो र साइट खोल्न लागिन् ।

सीमा एकमग्न भएर कम्प्युटरमा साइट खोल्दै थिइँ, अचानक कसैले उसको नाम लिएर बोलायोजस्तो लाग्यो ।  झ्यालबाट बाहिर हेरेको त हावामा परी लहराएको जस्तो देखियो । उसले केही बोल्न नपाउँदै परीले भनी,  “मलाई लिन आइरहुँ भनेकी होइन, यसैले लिन आएँ, हिँड अब अर्कै सहरमा जाउँ, त्यहाँका राजाले पनि खुसी के हो भनेर जान्न खोजेका छन् ।

निबन्ध अहिलेसम्म लेखी भ्याएको छैन, लेखिसके पछि आउँला हुन्न ।

हुन्न हुन्न, हाम्रो राजाले भेट्न खोजेपछि आउनै पर्छ । पृथ्वीका मानिसले हाम्रो राजाको आदेश चाहिँ मान्नै पर्छ ।

नमाने के हन्छ, सीमाले सोधिन

“त्यस्तो कुरा नगर न सीमा, पहिला मसँगै त आऊ”

त्यसपछि दुवै जना परीले ल्याएको रकेटमा चढे । रकेट जब अर्को ग्रहको सतहमा पुग्यो त्यतिखेर उज्यालो भएको थियो । यस्तो उज्यालो कि सीमाले त्यस्तो उज्यालो कहिल्यै महसुस गरेकी नै थिइनन् । प्रकाश नीलो थियो । सीमाले रकेटको झ्यालबाट बाहिर हेरिन् सूर्य पनि दुइवटा र फरक फरक किसिमको उज्यालो फैलाएका देखिन्थे । एउटा सूर्यले पूर्ण रूपमा नीलो प्रकाश फैलाएको थियो जसका कारण सम्पूर्ण वातावरण नीलो भएको थियो । अर्को आश्चर्य त के थियो भने चन्द्रमा पनि धेरै थिए गन्नै नसकिने यसैले सीमाले कतिवटा चन्द्रमा त्यहाँ थियो भनेर पत्तै लगाउन सकिन ।

परी रकेटबाट बाहिर निक्लिइ र सीमा पनि बाहिर आउन खोजी तर परीले रोकी  “पर्ख सीमा पर्ख, सबभन्दा पहिला यहाँ तिमी पृथ्वी बसेको मानिसहरूले सास लिन सक्छन कि सक्दैनन् भनेर जाँच्नु पर्छ । तिमीहरूको शरीर कार्बनद्वारा बनेको हुन्छ यसैले बाँच्नका लागि तिमीहरूलाई अक्सिजन चाहिन्छ भनेर परीले भनी र चाहिने जति अक्सिजन छ कि छैन भनेर जाँच्न थाली  ।  जाँच गरिसकेपछि परी रकेटभित्र आई र सीमालाई स्पेस सुट लगाउन दिई, रकेटको एरलक खोलिदिई र विस्तारै ग्रहमा पाइला राख्न भनी ।

एक किसिमको मरुभूमिजस्तो उजाड ठाउँमा ल्याएकोमा सीमा परीसँग रिसाइन् तर परीले सम्झाउँदै भनी, “सीमा नरिसाउ यहाँको ग्रह पृथ्वीजस्तो सुन्दर कहाँ हुन्छ र ? त्यसमाथि पनि तिम्रो देश त झनै राम्रो छ, आकाशबाट हेर्दा त तिम्रो देश स्वर्गको टुक्रा जस्तै लाग्छ”

 “हो ज्यादै सुन्दर छ,” सीमाले गर्व साथ भनी “त्यस्तो सुन्दर देशबाट आएको मानिसलाई यहाँको बालुवा र माटोको थुप्रोले दिक्क बनायो र मलाई त डर पनि लागिरहे ।

नडराउ, परीले भनी, हामी एकैछिन यहाँ बस्ने त हो त्यसपछि राजाको विशेष विमान आउँछ त्यसमा चढेर हामी अर्को लोकमा जान्छाँै, र त्यो सहर तिम्रो देशजस्तै सुन्दर छ

नभन्दै क्षितिजबाट एक विशेष किसिमको विमान उनीहरू भएतर्फ आउँदैथ्यो । र बालुवै बालुवा भएको ठाउँमा  आएर बस्यो र केही समयपछि त्यहाँबाट अति अग्लो हरियो घाँसको पालुवै पालुवाले ढकमक्क भएको रुखजस्तै अग्लो मानिस बाहिर आयो । हात खुट्टा पनि रुखको हाँगाजस्तै ठूलो र अग्लो थियो ।  टाउको हात्तीको भन्दा पनि कैयाँै गुना ठूलो थियो । शरीर चाहिँ पातै पातले  भरिएझैैं हरियो देखिन्थ्यो ।

उ लमक लमक हात्ती लम्किएजस्तै सीमा र परी भएको ठाउँतिरै आयो । परीले कुनै प्रतिक्रिया नदेखाइ चुपचाप रहन भनेर सीमालाई भनी । जब त्यो नजिकै आइपुग्यो उसले परीसँग हात मिलायो । सीमाले त्यस्तो आकृति अहिलेसम्म नदेखेको हुनाले त्यसलाई एलिएन भनेर सम्झी । एलिएनले सीमालाई उत्सुकतापूर्वक हे¥यो र अलिकता टाढै बस्यो ।

“उनी सीमा हुन्, पृथ्वीबाट आएकी । खुसी  के हो भन्नेबारेमा हामीलाई जानकारी दिनेछिन ।”

एलिएन सीमालाई हेरेर मुस्करायो त्यसपछि उसले अनौठो भाषामा परीसँग कुरा गर्न थाल्यो । सीमाले केही बुझिन । त्यसपछि एलिएनले आफ्नो विमानतिर इसारा गर्दै सीमा र परीलाई जान अनुरोध ग¥यो  । सीमाले परीतिर हेरी र परीले पनि जान इसारा गरेपछि सीमा विमानतिर गइन् । विमानभित्र प्रवेश गर्ना साथ विमान अत्यन्त गतिको साथ उड्यो र अर्को ठाउँमा पुग्यो । अर्को स्थान सीमाको घरगाउँ जस्तै देखिन्थ्यो घरहरू उस्तै बाटो सडक उस्तै । उनीहरू सबै एउटा ठूलो कोठामा गए । त्यहाँ एउटा रोबर्टजस्तै देखिने मानिसले उनीहरूको लागि खाने कुरा ल्यायो र खान भन्यो ।

परीले चाहिँ भोक लागेको छ भनेर धमाधम खान थाली तर सीमाले चाहिँ रोकिएर के के खाना हो भनेर हेर्न थाली । त्यत्तिकैमा उसले  मधुरो आवाजमा कोही मानिसहरू सलबल  गरेझैं लाग्यो । उनले झ्यालको पर्दा खोलिन । बाफ रे त्यहाँ त एक से एक पृथ्वीजस्तै भीड, कोही नाचिरहेका कोही गाइरहेका । टँुडिखेलमा कहिलेकहीँ हुने कन्सर्टजस्तै त्यहाँ त युवायुवतीहरू मस्तसँग नाचिरहेका  तर उसले आफूजस्तै कुनै बालकलाई भने देखिन र परीलाई सोधिन् ।

“किन यहाँ हामीजस्ता साना बालक देखिँदैनन् की यहाँ बालकहरू हुँदैनन् ।

‘हुन्छन तर यो कन्सर्ट वयस्कहरूका लागि भएको हुनाले यहाँ नआएका हुन् ।’

‘त्यसो भए यहाँका बालकहरूले मनोरञ्जन कसरी गर्छन् त ? 

‘उनीहरूको मनोरञ्जनका लागि खास खास ठाउँमा पार्कहरू बनाइएको हुन्छ त्यहीँ गएर उनीहरूलाई भेट्न सकिन्छ ।’

त्यसो भए जाउँ न त पर्ख, राजालाई नसोधिकन जान पाइँदैन यहाँका बालक कस्ता हुन्छन्

तिमीजस्तै सानो तर सुन्दर दयालु र आफू पीडामा रहेर पनि अरूहरूलाई खुसी दिने प्रयास गर्छन् । तिम्रो लोकमा पनि उनीहरू हुन्छन् ।

हाम्रो लोकमा, सीमाले आश्चर्य मानिन् हो, उनीहरू प्रकृतिमा जताततै हुन्छन तर पृथ्वीमा चाहिँ अदृश्य रूपमा तर तिमीहरूका हितका लागि प्रकृति सञ्चालनमा भूमिका खेल्छन् । तिनीहरूको सङ्ख्या अर्बौंमा छ तर तिमीहरूले पाँच प्रतिशतभन्दा पनि कमलाई मात्र चिनेको छौ । हुन पनि उसले विज्ञानमा पढेकी थिइँ पृथ्वीमा भएका पाँच प्रतिशत जीवहरूलाई मात्र मानिसले पत्ता लगाएको छ अन्य ९५ प्रतिशत कस्तो छ मानिसलाई थाहै छैन, यसैले उसले पनि कुनै दिन अहिलेसम्म पत्ता नलगाएको केही जीवलाई पत्ता लगाउन सक्छु कि भनेर सोचेकी छ  ।

यत्तिकैमा उनको नजिक प्रशस्त साना एलिन हरू देखिए  र तिनीहरू सबैले उनलाई नै घुरेर हेरिरहेक थिए । तिनीहरूको आकार पृथ्वीकै बाघ भालुलगायतका असङ्ख्य जीवहरूको आकृतिसँग मिल्दोजुल्दो थियो । सीमालाई आश्चर्य लागेन । यी सबैलाई उसले पृथ्वीमा देखिकी थिई  र उसले झ्यालको डण्डीहरूलाई हेरिन् । एक अद्भूत अनौठो चिह्न सङ्केत अद्भूत अनौठो थियो । सीमाले ती  सङ्केतहरू बुझिनन् तर सङ्केतको तल नेपाली अक्षरमा लेखिएको थियो ‘संसारको हरेक प्राणीलाई आफ्नै देश, आफ्नै गाउँ र आफ्नै घरमा खुसी हुन्छ’   सीमालाई पनि लाग्यो खुसी हुन त आफ्नै घर आफ्नै देश चाहिन्छ । उसले परीलाई छिट्टै आफ्नो घर गाउँ फर्काउन अनुरोध गरिन् र परीलाई पनि कसैले समाचार दिएको थियो कि आज राजा सीमालाई भेट्न आउन सक्दैनन् भनेर । त्यसपछि परीले उनलाई फर्काउनका लागि रकेटसम्म जान भनी ।

अचानक सीमाको कम्प्युटर अफ भयो । कम्प्युटर अफ हुनासाथ सबै दृश्य हराए । कम्प्युटर साइटमा उ जस्तै सानो बच्चालाई खुसीको अर्थ खोज्न अर्को ग्रहमा देखाइएको काल्पनिक कथाको घटनाले उसलाई आफैँ गएजस्तो भएको काल्पनिक भावना आएको रहेछ तर जे भए पनि सीमाले खुसीको खास अर्थ बुझी र  साइटको अन्त्यमा लेखिएको ‘आफ्नै घरमा मानिस धेरै खुसी हुन्छ’ भन्ने शब्दले चाहिँ उसलाई पनि धेरै खुसी बनायो र आफ्नो निबन्धमा थप्ने विचार गरी ।