शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
घोराही, कार्तिक ६ गते । दाङमा बसको ठक्करबाट एक जना वृद्धको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका-५ लमही बजार प्रतिष्ठा पेट्रोल पम्प नजिकै बिहीबार दिउँसो १ बजेतिर बसले ठक्कर दिंदा राप्ती गाउँपाकिका५ सिंगेखोला निवासी करिव ६५ वर्षीय रामप्रसाद भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
बसको ठक्करबाट गम्भीर घाइते भएका भट्टराईको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिनुभएको छ ।
प्रहरीका अनुसार ठक्कर दिने बस र चालकको पहिचान खुल्न सकेको छैन । ठक्कर दिएर फरार रहेको बस र चलकको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।