सिकाइ, नतिजा र शिक्षा विधेयक
यतिबेला शैक्षिक वृत्तमा माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजालाई लिएर बहस सिर्जना भएको छ । सामाजिक सञ्जाल बहसले तातिएको छ । शिक्षण संस्थामा यसै विषयलाई लिएर चर्चा विश्लेषण भइरहेको छ । राम्रा नराम्रा, सकारात्मक, नकारात्मक बहस छन् । तर्क आआफ्नै छन् । करिब ५३ प्रतिशत ‘अघोषित अनुत्तीर्ण’ हुनुमा कसैले विद्यार्थीलाई दोष दिएका छन् । कसैले शिक्षकमाथि दोष थुपारेका छन् । कसैले राज्यको नीतिलाई दोष दिएका छन् । यस अवस्थामा राज्यले सबैलाई अवसर दिने भन्दै मौका परीक्षामा सम्मिलित गराउन बाटो खुला गरिदिएको छ । बढीमा दुई विषयमा अवर्गीकृत (ननग्रेडेड) अर्थात् एनजी भनी प्रमाणपत्रमा टाँचा लागेकालाई मात्र अवसरको व्यवस्था गरिएकोमा जतिसुकै विषयका लागि पनि अवसर दिने भनेर रातारात लेटर ग्रेडिङ निर्देशिका संशोधन गरिएको छ । अहिलेका लागि उम्किने बाटो होला तर यो निर्णयले भविष्यमा के कस्ता असर वा प्रभाव पार्ने छन् भन्ने हेर्न समय कुर्नै पर्ने हुन्छ ।
प्रशासनमा युगबोध
हिजोआज निजामती प्रशासनका विषयमा प्रश्नहरू लगातार ओइरिएका छन् । कर्मचारीको आचारण र व्यावसायिकतामाथि अनुमान नै नगरिएका प्रश्न उठिरहेका छन् । कर्मचारीले माया पाउने वा आलोचना खाने विषय उसको काम हो । कामभन्दा पर न उसको नाम छ, न पहिचान नै । निजामती कर्मचारीबाट सर्वसाधारणले धेरै कुराको अपेक्षा गरेका छन् । ऊ सधैँ उपलब्ध होस्, पेसागत व्यावसायिकतामा रहोस्, निष्पक्ष होस्, सदाचारी होस् र विविधता संवोधी होस् भन्ने आमचाहना उ
सहकारीको मर्म
सहकारी भन्ना साथ अनियमित गर्ने संस्था भन्ने भाष्य स्थापित गर्न खोजिँदै छ, जसले गर्दा वर्षौंदेखि आफ्नो पसिना बगाएर सहकारी आन्दोलनमा लागेका सहकारीकर्मी निराश छन् । यो सिद्धान्त गलत थियो भने १८४४ मा बेलायतका रोच्डेल समूहका श्रमिकले भण्डारणका लागि स्थापना गरेको सहकारी संस्था आज १८० वर्षसम्म निरन्तर चल्ने थियो त ? बेलायतले सहकारी स्थापना भएको आठ वर्षपछि अर्थात् १८५२ मा कानुन बनायो । यसपछि सहकारीले विश्वमै मान्यता पायो र सहकारी आन्दो
प्रजातन्त्रका अजर शिखर
तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता र शक्ति आफ्नो हातमा लिएपछि नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले मलाई भन्नुभयो, “शोभाकर, लौ काठमाडौँमा भएका जति सबैलाई बोलाऊ ।” उपलब्ध जति सबैलाई मैले ‘आकस्मिक बैठक’ मा आउनका लागि खबर गरेँ । अन्योलग्रस्त समय अनि छोटो खबरको छोटो समयमा पनि त्यसबेला कांग्रेसका सबै जसो नेता आउनुभयो । केही बेर राजाको कदमबारे सामान्य बहस भएपछि अन्तिममा गिरिजाबाबुले भन्नुभयो, “संसद् पुनस्र्थापना हाम्रो बटमलाइन हो । अब हामी सबै दलसँग मिलेर राजाविरुद्ध आन्दोलनमा जानु पर्छ ।”
घर बहालसम्बन्धी कानुन संशोधन
कसैले आफ्नो स्वामित्वमा रहेको घर, तला वा कोठा निश्चित समयका लागि भाडामा दिने वा लिने कामलाई घर बहाल भनिन्छ । समाजमा सहरीकरणको विकाससँगसँगै घर बहालमा बस्ने परम्पराको विकास भएको हो । कामको सिलसिलामा सहरमा आउने र त्यहाँ केही समय बस्नका लागि भाडा तिरेर बस्ने प्रचलनको विकाससँगै घर बहालको अवधारणा आएको हो । विश्वका विभिन्न मुलुकमा आफ्नै प्रकारका घर बहालसम्बन्धी कानुन निर्माण गरेको पाइन्छ । संयुक्त राज्य अमेरिकामा घर बहालसम्बन्धी कानुन राज्य र स्थानीयस्तरमा फरक फरक हुन्छन् । स्थानीय आवास प्राधिकरणहरूले भाडा नियमन
राजदूत, कूटनीति र कौशल
सरकारले १२ मुलुकमा रहेका राजदूत फिर्ता बोलाएर नयाँ राजदूत सिफारिस गरेको छ । राजदूत नियुक्तिका सन्दर्भमा विभिन्न कोणबाट तर्क, वितर्क चलिरहँदा राजनीतिदेखि कूटनीतिक वृत्तमा पनि बहस चलिरहेको छ । नेपालको राजनीतिसँगै कूटनीतिक क्षेत्र पनि किन यति धेरै तरङ्गित र अपरिपक्व हुँदै छ ? के नेपालले आफूले तय गरेको विदेश नीतिका आधारमा कूटनीतिक अभ्यास अवलम्बन गर्न चुकेको हो ? नेपाल पछिल्ला दशक भूराजनीतिक प्रभावको केन्द्रविन्दुमा रहेको विदित नै छ । विश्व परिवेशमा नै छिमेकी मुलुक चीन र भारतको आर्थिक उन्नति, सामरिक र सैन्य सुरक्षा, सूचना र प्रविधिको विकास, राजनीतिक रूपमा बढ्दो प्रभावसँगै यी मुलुकबिचको सम्बन्धले पनि नेपालमा प्रत्यक्ष प्रभाव पारेका सङ्केत स्पष्ट छन् । राजनीतिसँगै कूटनीतिक क्षेत्रमा स
सेयर बजार मौद्रिक नीतिको पर्खाइ
सेयर बजारमा अहिले खासै रौनक छैन । सेयर खरिदबिक्री सामान्य हुने र कारोबार पनि पाँच अर्बमुनिकै अवस्थामा रुमलिएको छ । साताको पहिलो दिन आइतबार नेप्सेमा १४.८३ अङ्कको गिरावटसहित बजार २०३७.८३ को बिन्दुमा रहेको छ । त्यसैगरी साताको दोस्रो दिन सोमबार नेप्से १६.२९ अङ्कको बढोत्तरीसहित नेप्से २०५३.३८ को बिन्दुमा उक्लेको छ । बजारको प्रकृति हेर्दा कहिले सामान्य बढोत्तरी छ भने कहिले सामान्य गिरावट छ । समग्रमा हेर्दा वर्तमान सेयर बजारमा ठुलो उतारचढाव छैन । सुस्त गतिमा बजार रहेको छ । आर्थिक वर्ष २०८१/८२ को बजेटमा सेयर बजारका लागि आवश्यक सुधारका कार्यक्रम खासै उल्लेख नगरि
पत्रकार महासङ्घको गन्तव्य
नेपाल पत्रकार महासङ्घको निर्वाचन दोस्रो मितिमा पनि नहुने निश्चित भएको छ । निर्वाचन समितिले केन्द्रीय समितिका लागि उम्मेदवारी दर्ता हुने दिन असार १५ गते मनोनयनको समयभन्दा १५ मिनेटअघि सूचना जारी गरेर तत्काल सृजित असहज वातावरणका कारण निर्वाचनका प्रक्रिया अगाडि बढ्न नसक्ने सूचना जारी गर्नु प¥यो । यसको अरू कुनै कारण थिएन, महासङ्घको सदस्यता टुङ्गो लगाउन महासङ्घ र यसको जिम्मेवारी लिएकाहरूको असक्षमता नै हो । सदस्यता विवाद टुङ्ग्याउनेभन्दा बल्झाउने प्रक्रियामा लगिएका कारण पत्रकार महासङ्घको निर्वाचन अनिश्चित बनेको हो । सदस्यता टुङ्ग्याउन विधानले प्रत्याभूत गरेको स्पष्ट अधिकारमाथि खेल्ने गरी विधान बाहिर गएर जुन खालको समिति बन्यो, चलखेल यहीँबाट प्रारम्भ भयो । यो नै त्रुटिपूर्ण थियो । निर्वाचनका मुखमा निर्वाचन जित्नका
एसइई नतिजाको सन्देश
परीक्षा नियन्त्रण कार्यालयले प्रकाशित गरेको २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा खासै उत्साहजनक रहेन । ग्रेडिङ प्रणाली अनुसार प्रकाशित नतिजामा ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भए । बाँकी ५२.१४ प्रतिशत परीक्षार्थी ननग्रेडेड भए । अर्थात् उनीहरू ११ कक्षामा भर्ना भएर पढ्न पाउँदैनन् । उनीहरूले ग्रेड वृद्धिको परी
पर्यटनको आधार हवाई सेवा
अफ्रिकी मुलुक इथोपिया सन् १९९० ताका विश्वकै विपन्न मुलुकमा गनिन्थ्यो । पञ्चायतको अन्तिमताका नेपाललाई समेत इथोपिया जस्तै हुन थाग्यो भनेर भाषण गरिन्थो । त्यो देशमा लामो समयको प्रतिकूल मौसमका कारण खाद्यान्न उत्पादन सीमित भयो । फलस्वरूप ठुलो भोकमारीको सामना गर्नु परेको थियो । देशको एक भाग इरिटिया अलग भएपछि झनै चोट पुग्यो । अस्थिरता बढ्यो । ती सबै अवस्थाको सामना गर्दै इथोपियो अगाडि बढ्यो । सबैभन्दा अब्बल त हवा
विदेशी मुद्रा आर्जनमा वायुसेवा
राष्ट्रको समुन्नति र विकासका लागि पर्यटन महत्वपूर्ण माध्यम हो । पर्यटनलाई बढावा दिने मुख्य साधन यातायात हो । यातायातबिना पर्यटन विकासको कल्पनै गर्न सकिँदैन । यातायातको असुविधाकै कारणले गर्दा पहाडी क्षेत्रमा विकासको गति मन्द हुन्छ । यस्ता क्षेत्रमा यातायातका स्थल साधन विकट पहाडी क्षेत्रमा पु¥याउन कठिन र जोखिमपूर्ण हुन्छ । त्यस्ता क्षेत्रमा हवाई साधनको व्यवस्था गर्नु आवश्यक छ । हवाई साधनको व्यवस्था गर्नु पनि महँगो पर्छ । नियमित उडान गराउन विविध समस्याका कारणले गर्दा कठिन हुने भए पनि त्यस्ता देशमा स्थल यातायातभन्दा हवाई यातायात नै चाँडै व्यवस्था गर्न सकिन्छ ।
कार्यविधिमाथि उब्जिएका प्रश्न
नेपाल संस्कृत विश्वविद्यालयको सेवा आयोगका अध्यक्ष र सदस्यको पद रिक्त भएपछि सोका लागि नाम सिफारिस गर्न विश्वविद्यालयका कुलपति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट सिफारिस समिति गठन भइसकेको छ । केही समयअघि स्थापित गरिएको नयाँ पद्धति अनुसार नै यो समितिले पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्ने छ । प्रतिस्पर्धाका आधारमा पदाधिकारी सिफारिस गर्ने प्रयोजनका लागि सिफारिस समितिले आफूले अपनाउने कार्यविधि तयार गरेको पाइएको छ ।
पर्यटक भित्र्याउने रणनीति
मान्छे स्वभावैले जिज्ञासु प्राणी हुन्छ । उसलाई नयाँ भूगोल घुम्ने, नयाँ मान्छेसँग भेट्ने, नयाँ सामाजिक रहनसहनमा घुलमिल हुने रहर हुन्छ । यी सबै रहर एक ठाउँमा बसेर पूरा हुँदैनन्, त्यसका लागि फरक फरक ठाउँमा जानुपर्ने हुन्छ । यसरी केही दिनका लागि कामले भन्दा पनि यत्तिकै रहरले आउने जाने पर्यटक हुन् । नेपाल पर्यटकीय हिसाबले सम्भावना बोकेको ठाउँ हो किनभने यहाँ केही घण्टाको यात्रामा गर्मी र समथर भूगोलबाट चिसो र अग्लो पहाडमा जान सकिन्छ । नेपालको भूगोलले मात्र पर्यटनको सम्भावना बोक्दैन, यहाँको बहुआयामिक धर्म, संस्कृति, वेशभूषा र रहनसहनले पनि उत्तिकै सम्भावना बोक्छ ।
आलोचनात्मक विमर्श
सम्भवतः आलोचना कसैलाई मन पर्दैन । व्यङ्ग्य सबैलाई बिझाउँछ । प्रायः मान्छे आलोचनासँग तर्कने र भाग्ने गर्छन् । व्यङ्ग्यलाई व्यङ्ग्य गरिएकाले निको ठान्दैनन् ठान्छन् । आलोचना र व्यङ्ग्य प्रक्षेपित मान्छेहरूको अरुचिकर विषय हो । तथापि समाजमा क्रियापछि प्रतिक्रिया विभिन्न रूप र सन्दर्भमा प्रकट हुन्छन् । व्यङ्ग्यलाई स्वाद मानेर सुन्ने लेख्ने पढ्नेहरू पनि हुन्छन् । कसैले प्रतिक्रियालाई समर्थन गरेर सघाउँछन् भने कसैले आलोचना र व्यङ्ग्यमार्फत विरोध र असन्तोषमा प्रतिक्रिया गर्छन् । मूलतः व्यङ्ग्य र आलोचना जे भने पनि त्यसको अपेक्षा सुधारका लागि र कमजोरी औँल्याउन गरिन्छ ।
एसइईपछिको यात्रा आफैँ रोजौँ
एसइईको नतिजा सार्वजनिक भएको छ । औसत रूपमा विगतका नतिजाको समवर्ती भएर यो नतिजा आएको छ । शिक्षाको क्षेत्रमा सबैभन्दा व्यग्र प्रतीक्षा हुने, सर्वाधिक विद्यार्थी सहभागी हुने, गहिरो ढङ्गले विश्लेषण अनि चर्चा हुने भनेको एसइईको नतिजा नै हो । कतिपय विश्लेषक एसइईको नतिजालाई सिँगो देशको शैक्षिक अवस्था चित्रण गर्ने मानकका रूपमा लिन्छन् । जे होस् शिक्षा क्षेत्रमा एसइई उत्सव मात्रै नभएर महोत्सव नै हो । एसइईले सारा देशको ध्यान एकत्रित गरिरहेको हुन्छ ।
विविधताले भरिएको असार
संस्कृतमा आषाढ महिना भनेर चिनिने असारलाई हामी ऋतुचक्र अनुसार तेस्रो महिनाका रूपमा लिन्छौँ । असारको शाब्दिक अर्थ सार नभएको हुन्छ तर नेपाली लोकजीवनमा भने असारलाई सारयुक्त महिना मानिन्छ । त्यसैले हाम्रो जस्तो कृषिप्रधान देशमा असारको निकै महìव छ । असार सुनौलो भविष्य बोकेको महिना हो । असारमा रोपेर मङ्सिरमा अन्न भित्र्याउन पाइने भएका कारण यस महिनालाई विशेष मानिन्छ । आर्यइरानेली भाषामा असार शब्दले इरान देशको लोरेस्टान जिल्लाको एउटा कृषिप्रधान गाउँलाई पनि बुझाउँछ ।
असार पन्ध्र र देउडा गीत
बाल्यकालमा गाउँमा असार महिनामा रोपाइँ गरेको याद सधैँ आइरहन्छ । हामी कृषकका छोराछोरी हौँ । अध्ययनका क्रममा मेची महाकालीका युवा काठमाडौँ प्रवेश ग¥यौँ । उच्च शिक्षा हासिल ग¥यौँ । कोही जागिरको क्रममा उपत्यकालगायतका ठाउँमा बस्न पुग्यौँ भने कोही विदेशको भूमिमा जीवन व्यतीत गर्न पुग्यौँ । कृषि पेसा अपनाएका परिवारका हामी अर्ध कृषक बन्यौँ । असार महिनाको खेतको पाँगो र पानीसँग परिचित बन्न भुल्यौँ । हलगोरु जोतेर खेतमा धानको बिउ रोप्नबाट बन्चित भयौँ । आफ्नो खेतको अनाजमा भन्दा बजारमा किनेर अखाद्य चामलको भात खान बाध्य भयौँ । कोदाली चलाउने हात कलम चलाउँदा यदाकदा भ्रष्टाचारीको पगरी पनि भिर्याैं ।
राष्ट्रिय निकुञ्जको सुरक्षाव्यवस्था
बारास्थित पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा यही असार ७ गते एक जना सिकारीको मृत्यु भएको भन्ने समाचार आयो । सुकबहादुर तितुङ नाम गरेका ती सिकारीको मृत्युबारे विभिन्न अड्कलबाजी भए । घटनाबारे संसद्मा समेत कुरा उठ्यो । निकुञ्ज प्रशासनले घटनाबारे विज्ञप्ति जारी ग¥यो । मृत्युबारे सत्यतथ्य बाहिर नआएसम्म यही कारण मृत्यु भएको हो भन्न सकिन्न । निकुञ्ज क्षेत्रमा अवैध प्रवेश निषेध गरिएको हुन्छ । अवैध व्यक्तिको प्रवेश कानुनबाटै बर्जित छ । निकुञ्ज क्षेत्रमा चोरीसिकारीको ठुलो चुनौती हुन्छ । वन्यजन्तु मार्ने, त्यसको ओसारपसार गर्ने चोरीसिकारीको ठुलै गिरोह सक्रिय हुने भएकाले पनि प्रवेश निषेध गरिएको हुन्छ । यो नै मुलुकका सबै राष्ट्रिय निकुञ्ज प्रशासनको मुख्य चुनौती हो ।
जीवन्त सहर तानसेन
तानसेन (पाल्पा) सहर सम्झनामा आउनासाथ मनमा त्यहाँको करुवा, ढाका कपडाको टोपीलगायत अन्य वस्तु तथा मुखै रसाउने स्वादिलो चुकौनी । पश्चिम पहाडी जिल्ला पाल्पा माथि उल्लेख गरिएका बाहेक त्यस क्षेत्रको गौरवमय जीवन संस्कृति, कला कौशल, प्राकृतिक सौन्दर्य अनि देशकै एउटा प्रमुख शैक्षिक केन्द्रका रूपमा रहेको छ । लुम्बिनी प्रदेशमा रहेको यो पाल्पा राजधानी काठमाडौँबाट ३३२ किलोमिटर पर छ । त्यसै गरी भैरहवा तथा बुटवलबाट क्रमशः ५२ र ३९ किलो मिटरमा अवस्थित ए
चुरे क्षेत्रको संरक्षण
जैविक विविधताको संरक्षण र पारिस्थितिकीय सेवाको उपलब्धता, आर्थिक तथा सामाजिक उन्नतिको आधार, जलवायु परिवर्तनले निम्त्याउने जोखिम न्यूनीकरण, स्थानीय समुदाय तथा इकोसिस्टमको जलवायु उत्थानशीलता, तराई क्षेत्रको आर्थिक, सामाजिक तथा वातावरणीय उन्नयन जस्ता पक्षबाट केलाउँदा चुरे क्षेत्र संवेदनशील भूमि हो । चुरेको विषयमा लामो समयदेखि बहस र छलफल भएको छ । विसं २०२७ मा ल्याइएको चौथो आवधिक योजनादेखि चुरेको विषयमा केही न केही भनिएको र गरिएको
आर्थिक समृद्धिको ‘बेन्चमार्क’
आर्थिक स्तरोन्नति कुनै पनि मुलुकको सपना र दीर्घकालीन लक्ष्य मानिन्छ । आर्थिक स्तरोन्नतिका निश्चित अन्तर्वस्तु हुन्छन् । अथवा धेरै चिजको तारतम्यमा मात्र आर्थिक स्तरोन्नतिको मूल फुट्न सक्छ । मुलुकको भौगोलिक बनावट, प्राकृतिक स्रोतसाधनको उपलब्धता, नेता, नेतृत्व, राज्यको कार्यसंस्कृति, शान्ति सुरक्षाको स्थिति, ऐन, नियमको परिपालना अवस्था आदि तìवले आर्थिक स्तरोन्नतिको स्तर निर्धारण गर्छ । आर्थिक स्तरोन्नतिको गति तीव्र पार्न तपसिलका अन्तर्वस्तु सबल हुनु वाञ्छनीय हुन्छ ।
अरुण तेस्रोको सफलता
अरुण तेस्रो जलविद्युत् परियोजनाको करिब १२ किमी लामो मुख्य सुरुङ खन्ने कार्य सम्पन्न भएको छ । २०८१ जेठ २२ गते सो सुरुङ छिचोलिएको हो । यससँगै परियोजनाको करिब ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको र आगामी वर्ष सन् २०२५ भित्र उत्पादन सुरु गर्ने तयारी भइरहेको छ । मित्रराष्ट्र भारतको आर्थिक लगानीमा निर्माण भइरहेको नौ सय मेगावाट क्षमताको यस परियोजनालाई नेपालको जलविद्युत् विकासको सन्दर्भमा महìवपूर्ण उपलब्धिको रूपमा लिइएको छ ।
संस्थागत जिम्मेवारीमा कमी
बाटोघाटो, पानीपँधेरो, मठमन्दिर, चौतारो, खेतबारी आदिमा बिरुवा रोपी हुर्काउने हाम्रो परम्परा रहेको छ । गोर्खाका राजा रामशाहले राज्य सञ्चालन गर्न २६ वटा थिति बाँधेका थिए । तीमध्ये १३ औँ थितिमा बाटो छेउ रुख रोप्नुपर्ने र काट्नेलाई दण्डजरिबाना गर्ने व्यवस्था थियो । नेपालमा वृक्षरोपण गर्ने कार्य धेरै पहिलेदेखि चलिआएको भए पनि योजनाबद्ध तरिकाले र व्यापक रूपमा भने २०१० सालको दशकबाट सुरु भयो । देशका विभिन्न भागमा वन नर्सरी स्थापना गरी करोडौँका सङ्ख्यामा बिरुवा उत्पादन गरी सरकारी र निजी गरी हजारौँ हेक्टर क्षेत्रफलमा वृक्षरोपण गरिसकिएको छ । हुन त उपयुक्त हावापानी र मलिलो माटोका कारण देशका अधिकांश ठाउँमा प्राकृतिक रूपमै बिरुवा उम्री हुर्केका छन् तर यो सबै ठाउँमा सम्भव हुँदैन । चाहेको ठाउँमा चाहेको प्रजातिको छिटो उत्पाद
ग्रामीण विकासको कृषि मोडेल
नेपालको अधिकांश बसोबास र आर्थिक मेरुदण्ड ग्रामीण क्षेत्र नै हो । भूराजनीतिक अवस्थिति, आर्थिक स्रोत र सम्भाव्यताको दृष्टिकोणले पनि ग्रामीण क्षेत्र महत्वपूर्ण छ । मौलिकतामा आधारित कृषि क्षेत्रको विकास नगरी देशको विकास पनि हुँदैन । हामीले लक्ष्य निर्धारण गर्नु पर्छ । हामी ग्रामीण क्षेत्रबाट सहरमा बसाइ सरेका छौँ, कतिपय सहर र ग्रामीण क्षेत्रबाट विदेश गएर पनि बसेका छौँ । जहाँ बसेका छौँ त्यहाँको नागरिकता पाउनुमा आफूलाई गर्व गर्छौं । हामीसँग भएको ज्ञान, सिप, अनुभव र पुँजी ग्रामीण क्षेत्रमा भित्रयाएर कृषि तथा अन्य क्षेत्रमा विकास गर्ने लक्ष्य निर्धारण गर्न सकेका छैनौँ । विदेशमा बसेर, सहर पसेर, नेताहरूलाई गाली गरेर ग्रामीण क्षेत्र वा देश बन्दैन ।