नजिकिए रुस र उत्तर कोरिया
रुस र युक्रेनबिचको युद्ध पेचिलो बन्दै गएपछि रुसले उत्तर कोरियासँग निकटता बढाएको छ । रुस र उत्तर कोरिया दुवैसँग परमाणु हतियार छन् । रुसको तुलनामा क्षेत्रफलका हिसाबले उत्तर कोरिया निकै सानो भए पनि उसँग परमाणु हतियारसहितको अस्त्र भण्डार ठुलो छ । दुवै मुलुकमाथि चर्को अन्तर्राष्ट्रिय नाकाबन्दी लगाइएको छ र पश्चिमा मुलुकहरूबाट एक्ल्याइएको छ । त्यही भएर रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले वैकल्पिक शक्तिका रूपमा आफ्नो पहिचान बनाउँदै निकटता बढाएसँग यसले विश्वव्यापी रूपमा नयाँ तरङ्ग ल्याएको छ । कसै कसैले यसलाई नयाँ शीतयुद्धको पूर्वाभ्यास भनेका छन् ।
बिदेसिनु बाध्यता कि रहर
युवा बाहिर गए । देशमा बुढाबुढी र बालबालिका मात्रै भए । त्यसैले गाउँघरमा मर्दापर्दा, खेतीकिसानी गर्दा वा अन्य सामाजिक सांस्कृतिक क्रियाकलापमा युवाको उपस्थिति न्यून हुँदै गयो । विद्यालयमा ११/१२ कक्षामा अध्ययन गर्ने विद्यार्थीमध्ये छात्राको सङ्ख्या धेरै र छात्रको सङ्ख्या थोरै पनि भएको छ । यी समस्याको कारण खोज्ने र समाधान पहिल्याउने कार्य हुन सकेको छैन । सतहमा यसको मुख्य दुइटा कारण सार्वजनिक हुँदै आएका छन् । पहिलो हो, युवामा विदेश मोह बढ्यो, नेपालमा केही हुँदैन
चिनियाँ दर्शनले उठाएको एक्षेए मार्ग
एसियाली सभ्यतामा आधारित चिनियाँ दर्शनले उठाएको एक क्षेत्र एक मार्ग (एक्षेए मार्ग) पहलकदमी विश्वमाझ विरानो छैन । विश्वकै प्राचीन चिनियाँ दर्शनशास्त्र चौयीमा लाओत्सेको स्वर्ग, पृथ्वी र मानव मामिलाबीच ताओ (बाटो) ले सञ्चार गर्ने विश्वास प्रणाली स्थापित छ (हेइमिङ, वेन, सन् २०१७, चाइनिज फिलोसोफी, पेइचिङ : चाइना इन्टरनेसनल प्रेस, पृष्ठ ३७ र ४४) । ताओ त्यो मार्ग हो जहाँ मानिस हिँड्छ, जहाँ मानिसको जीवन–पद्धति बन्छ, त्यसका लागि मानिसलाई आध्यात्मिक–भौतिक बाटो चाहिन्छ, जहाँ मानिसले आ
निजामतीमा अपाङ्गता भएका व्यक्ति
राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार २.२ प्रतिशत नेपालीमा कुनै न कुनै किसिमको अपाङ्गता भएको देखिन्छ । अपाङ्गता भएका व्यक्तिको साक्षरता दर ५०.१ प्रतिशत छ । अर्थात् आधा जनसङ्ख्या मात्र साक्षर अवस्थामा छन् । साक्षर जनसङ्ख्यामध्ये पूर्वप्राथमिक तह उत्तीर्ण गर्ने जनसङ्ख्या ३.६ प्रतिशत छन् । प्राथमिक तह उत्तीर्ण गर्ने जनसङ्ख्या ३४.३ प्रतिशत छन् । निम्न माध्यमिक तह उत्तीर्ण गर्ने जनसङ्ख्या १९.५ प्रतिशत छन् । माध्यमिक तह उत्तीर्ण गर्ने जनसङ्ख्या १४.४ प्रतिशत छन् । एसएलसी वा सोसरह उत्तीर्ण गर्ने जनसङ्ख्या ८.२ प्रतिशत छन् । प्रमाणपत्र तह उत्तीर्ण गर्ने जनसङ्ख्या नौ प्रतिशत छन् । स्नात
द्वन्द्व व्यवस्थापनको चुरो
सङ्गठनमा विभिन्न व्यक्ति तथा समूहबिच विविध कारणले सिर्जना हुने असमझदारी, झगडा, मनोमालिन्य, वादविवाद तथा मनमुटावले द्वन्द्व सिर्जना भई सङ्गठनको कामकारबाहीमा असर परिरहेको हुन्छ । सङ्गठनमा देखा पर्ने द्वन्द्व यसै कारणले हुन्छ भन्ने छैन । कतिपय अवस्थामा सङ्गठनको कार्यशैलीबाट द्वन्द्व तथा मनमुटाव सिर्जना हुन्छ भने कतिपय अवस्थामा अनावश्यक समन्वय तथा बहस पैरवी नगरी एकल निर्णय तथा निर्देशन जारी गर्दा द्वन्द्व सिर्जना हुने गर्छ । सङ्गठनका जिम्मेवार प
विद्यार्थीले कक्षा १० पछि के पढ्ने ?
एसइई परीक्षामा २०८० सालमा सामेल विद्यार्थीहरु अहिले कक्षा ११ को भर्नाका लागि आफूलाई पायक पर्ने सानादेखि ठूला सहर र केन्द्रमा परामर्श लिन दौडधुप गरिरहेका छन् ।
सार्क ब्युँतिए दक्षिण एसिया बौरिन्छ
भारत र पाकिस्तान आपसी खिचातानीमा रहँदा त्यसको प्रत्यक्ष असर दक्षिण एसियाका अन्य छ वटा देशमाथि पर्दै आएको छ; पर्ने क्रम चालु छ । यसमा अफगानिस्तान अहिले अपवाद हो, जहाँको शासन व्यवस्था चार वर्षअघि अमेरिकी सेना स्वदेश फर्केपछि तालिबान विद्रोहीले सञ्चालन गर्दै आएका छन् । यिनको शासन संयन्त्रले अन्तर्राष्ट्रिय मान्यता भने पाउन सकेको छैन । अफगानिस्तान सन् २००७ मा मात्र ‘सार्क’ सङ्गठनको आठौँ सदस्य भएको हो । करिब ४० वर्षअघि अर्थात् सन् १९८५ मा दक्षिण एसियाका सात वटा देश (बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्का) मिलेर क्षेत्रीय सहयोगको अवधारणालाई मूर्त रूप दिइएको हो । ‘साउथ एसिएन एसोसिएसन फर रिजनल कोअपरेसन’ यस अङ्ग्रेजी नामको सङ्गठनको सङ्क्षिप्त रूप ‘सार्क’ मा सदस्यता लिने सबै मुलुकको सर्वाङ्गीण
शिक्षामा परिवर्तनका सङ्केत
युरोपबाट फर्केपछि जङ्गबहादुरले पश्चिमी शिक्षाको प्रवेश गराएका थिए । उनले आफ्नै दरबारमा पठनपाठनको व्यवस्था गराएका थिए । त्यसपछि राजा त्रिभुवन र प्रधानमन्त्री चन्द्रशमशेरबाट सुनको साँचो र चाँदीको ताल्चा खोली त्रिभुवन चन्द्र कलेजको समुद्घाटन भयो । नेपालका बुद्धिजीवीको संलग्नता त्यसै बखतदेखि त्रिचन्द्र कलेजमा हुन थाल्यो ।
बजेट कर्मकाण्डमा सुधारको खाँचो
सङ्घीय संसद्को दुवै सदनमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमाथि छलफल भइरहेको छ । यस पटकको बजेट अन्य वर्षमा भन्दा भिन्न तवरले छलफल भएको देखिएको छ । बजेटमाथि विपक्षी दलहरूले आलोचना गर्ने परम्परा नै रहे पनि यस पटक भने सत्तारूढ दलका सदस्यले समेत बजेट विनियोजनका सम्बन्धमा कटु आलोचना गरेका छन् । रोस्ट्रमबाट नै विनियोजन पुस्तिका च्यात्ने, रोस्ट्रममा नै मौनधारण गर्ने, रोस्ट्रममा पाँचको नोट छाड्ने, मन्त्रीलाई स्वर्गद्वारी दर्शन गर्न सल्लाह दिने जस्ता अनौठा परिदृश्य यस पटक देखिएका छन् । महिनौँ लगाएर गरिने बजेटमाथिको यस किसिमको छलफललाई सदस्यले क
न्यायिक उत्तरदायित्वको मूल्य
न्यायिक उत्तरदायित्वलाई राज्यका प्रमुख दुई अङ्ग कार्यपालिका र व्यवस्थापिकाभन्दा उच्च स्थानमा राखिएको हुन्छ । राज्यका तीन अङ्गमध्ये न्यायपालिकाको उत्तरदायित्वलाई बढी महìव दिइन्छ । रोमन विधिशास्त्रका अनुसार ‘न्यायाधीशको असक्षमता वा अनभिज्ञता निर्दोषीको दुर्भाग्य र दोषीको सौभाग्य हुनु हुँदैन ।’ न्यायिक उत्तरदायित्वले न्यायिक कार्यको पारदर्शितालाई स्पष्ट पार्छ । न्यायिक उत्तरदायित्वभित्र न्याय प्रशासन, न्याय सम्पादन तथा समग्र अदालतको व्यवस्थापन समेटिएको हुन्छ । अदालतको स्वतन्त्रता र न्यायिक आचारसंहिताको माध्यमद्वारा अदालतको न्यायिक उत्तरदायित्व स्थापित हुन्छ ।
माधवको नीति, माधवकै नेतृत्व
जतिबेला देशको नाम ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ लाई संशोधन गर्दै ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र’ हटाउने तयारी चलिरहेको थियो, नेपालको राजनीति त्यही विन्दुबाट चुनौतीको नयाँ अध्यायमा प्रवेश ग¥यो । प्रकारान्तरमा असंवैधानिक तवरले संसद्को विघटनमार्फत त्यस्तो दुराकाङ्क्षा पूर्ति गर्ने अभ्यास गरियो । देशको राजनीतिक क्षितिजमा बितेको चार वर्षयता
चट्याङको प्रभाव र सावधानी
अहिले मौसमी विपत् आइपर्ने समय हो । तापक्रम वृद्धिले तराई क्षेत्रमा तातो हावा चल्छ भने पहाडी क्षेत्रमा बाढीपहिरो जान्छ । हावाहुरी तथा आँधी आउनुका साथै चट्याङ पनि यही बेला पर्छ । विपत् व्यवस्थापन प्राधिकरणका अनुसार सबभन्दा बढी कोशी प्रदेशमा र सबैभन्दा कम कर्णाली प्रदेशमा चट्याङका कारण मानिसको ज्यान गएको । विशेष गरी हिउँदे वर्षा र पूर्वमनसुनको समयमा चट्याङले क्षति पु¥याउँछ । चट्याङको कारण एकै पटक धेरै मानिसको मृत्यु हुँदैन । यसबाट हुने क्षति जङ्गल नजिक तथा ग्रामीण क्षेत्रमा हुन्छ । तत्काल त्यसको तथ्याङ्क र घटनाको विवरणसमेत आउँदैन । त्यसैले यसको चर्चा अरू प्राकृतिक विपत्तिको तुलनामा कम हुने गरेको छ ।
सूचनाको हक लागू गर्नै समस्या
राजधानी काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा सूचना माग्न गएका चार अभियन्तालाई ३ असारमा प्रहरीले पक्राउ गरी हिरासतमा राख्यो । नगरपालिकामा अनियमितता भएको भनी सूचनाको हकसम्बन्धी कानुन प्रयोग गर्दै त्यससम्बन्धी सूचना माग्न पुगेका उनीहरूलाई महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ काठमाडौँका सदस्य अस्मिता खत्री, महासङ्घकै गोकर्णेश्वर नगरपालिकाका नगर समिति संयोजक आदर्श
छापा पत्रकारिताको कमजोर भविष्य
विश्व इतिहासमा पत्रकारिताको जग बसाल्ने काम छापा पत्रकारिताले गरेको पाइन्छ । यही जगमा टेकेर क्रमशः रेडियो, टेलिभिजन हुँदै अनलाइन पत्रकारिताले नयाँ प्रविधिमार्फत विकासको गति लिइरहेको छ । पत्रकारिताको प्रणेता स्वयम् छापा पत्रकारिता भने दिनानुदिन ओझेलमा पर्दै गइरहेको प्रतीत हुन्छ । नेपालकै सन्दर्भमा कुरा गर्ने हो भने अहिले छापा पत्रकारिताको प्रभाव निकै घटिसकेको छ । नेपाली पत्रकारिता जगत्मा यो सबभन्दा बढी समस्याले ग्रस्त क्षेत्र हो । यसको प्रमुख कारकमा सामग्री उत्पादन, छपाइ र वितरणमा देखिएका चुनौती नै मुख्य हुन् । कुनै एउटा अखबार तयार गर्न जति कठिन छ, त्यति नै कठिनाइ पत्रिका प्रकाशनपश्चात् पाठकसम्म पु¥याउनमा पनि छ ।
अर्थतन्त्रको तथ्याङ्कीय तस्बिर
केन्द्रीय तथ्याङ्क विभागले हालै नेपालको अर्थ मन्त्रालयको तथ्य तथ्याङ्क सार्वजनिक गरेको छ । जस अनुसार हाल नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । हाम्रा छिमेकी चीन र भारत तथा केही नवउदयमान अर्थतन्त्र भएका मुलुकको आर्थिक वृद्धिदरको तुलनामा यो वृद्धिदर सानो देखिए पनि विश्वव्यापी औषत वृद्धिदरमा यो ठिकै हो । केवल हामी उच्च आर्थिक वृद्धिदरको लक्ष्य राख्ने र सो प्राप्ति नभएपछि निराश हुने रोगले ग्रसित भएका मात्रै हौँ ।
कोरियाको विकास मोडेल
सन् १९१० देखि १९४५ सम्म जापानको उपनिवेश रहेको कोरिया उपनिवेशबाट मुक्त भए लगत्तै शीतयुद्धका कारण देश विभाजन भयो । त्यस विभाजनबाट दुई देश उत्तर र दक्षिण कोरिया जन्मिए । उपनिवेश, आक्रमण र लडाइँको चपेटाबाट उन्मुक्ति पाएपछि दक्षिण कोरियाली जनता विचलित नभई आफ्नो विशिष्ट संस्कृति र परम्परालाई कायम राख्दै आधुनिकीकरणतर्फ बढे । देश विभाजनको बेला त्यहाँका बहुसङ्ख्यक कृषकलाई एक छाक टार्न पनि कठिन थियो । त्यतिबेला त्यहाँको सरकारको निम्ति गरिबी निवारण र जनतालाई राहत दिनु नै ठुलो चुनौतीको विषय थियो । यही चुनौतीबिच सन् १९६२ देखि सुरु गरेको पाँच वर्षे आर्थिक विकास योजनाले सन् १९७० सम्म आइपुग्दा केही आर्थिक उन्नति हासिल गरे । तथापि कोरियाली ग्रामीण समुदायमा गरिबी व्याप्त थियो । तत्कालीन राष्ट्रपति पा
मौलिक पहिचान रक्षाको चिन्ता
नेपाल गाउँ नै गाउँले भरिएको र विविध सम्प्रदाय मिलेर बसोबास गरेको देश हो । गाउँका कृषि उत्पादन र घरेलु तथा साना उद्योग हाम्रो जीविकोपार्जनका आधार हुन् । यिनै आधारमा टेकेर हामी जति छिटो गाउँको विकास गर्छौं त्यति नै छिटो हामी आर्थिक र सामाजिक रूपले सवल र आत्मनिर्भर बन्न सक्छौँ । अहिले बोलीमा मात्र विकासले तीव्र्रता पाएको अवस्था छ । व्यवहार त त्यस्तो देखिँदैन । विश्वमै विकाससम्बन्धी धारणा फरक फरक ढङ्गले आइरहेका छन् । गाउँहरू एकदमै दुर्गममा छन् । एक घरदेखि अर्को घरसम्मको दुरी असाध्यै टाढा छ । ती ठाउँमा विकासका सबै पूर्वाधार पु¥याउन नसकिने हुँदा ती गाउँलाई एकै ठाउँमा
विद्यार्थीको मनोविज्ञान र शिक्षक
कक्षा ७ मा कक्षाकोठाभित्र बसेर वाक्य निर्माणका क्रियाकलाप गराइरहेकी थिएँ । विभिन्न किसिमका शब्द दिएर अर्थपूर्ण वाक्य निर्माणको क्रियाकलापमा विद्यार्थी दत्तचित्त भएर लागि परेका थिए । विद्यार्थी आफूले निर्माण गरेका वाक्य सुनाउने र देखाउने होडबाजी गर्दै थिए । पढाइमा त्यति सक्रिय नहुने प्रायः अन्तिम बेन्चको कुनामा बस्न मन पराउने एउटा बाबुलाई उठाएर आफ्नो कापी लिएर अगाडि आउन अनुरोध गरेँ । सेतोपाटीमा लेखिएका शब्दलाई उसले कसरी वाक्यमा प्रयोग गरेको होला ? मलाई जान्ने जिज्ञासा थियो । कापी मागेर उसले बनाएका वाक्य पढ्दै गएँ । एउटा वाक्यमा पुग्दा म टक्क रोकिएँ; उसका आँखामा हेरेँ
अमेरिका भ्रमणबाट प्राप्त शिक्षा
उन्नाइसौँ शताब्दीमा युरोप विश्व पुँजीवाद केन्द्र बन्यो । नयाँ नयाँ वैज्ञानिक निष्कर्ष पनि युरोपमै भए । प्राविधिक क्षेत्रमा पनि त्यहीँ नै अग्रणी अवस्था विकसित भयो । दार्शनिक क्षेत्रमा पनि युरोप नै अग्रगन्य देखियो । प्रविधिको क्रान्तिका कारण औद्योगिक क्षेत्रमा इतिहासकै ठुल्ठुला परिवर्तन भए । अनेकौँ क्षेत्रमा ठुला ठुला सहर विकसित भए । ठुल्ठुला कलकारखाना स्थापित भए । औद्योगिक उत्पादनलाई संसारभरि पु¥याउन पानी जहाजहरूको विकास भयो । बजारको खोजी व्यापक रूपमा
फेसनले निम्त्याएको सामाजिक विचलन
मानव सभ्यता आउनुअघि मानिस जङ्गली सभ्यतामा थिए । चेतनशील प्राणी हुनुको अर्थमा मान्छे सभ्य बन्दै गए । जङ्गलमा नाङ्गैभुतुङ्गै बाँच्ने जीवनमा परिवर्तन हुँदै मान्छेले रुखबिरुवाका बोक्रा पातहरूले आफ्नो लाज छोप्न लागे र व्रmमशः कपडाको निर्माण गरी आफ्नो शरीर ढाक्न लागे । अन्ततः सभ्य समाजको बासिन्दा कहलाइन थाले ।
‘मिडिया’ बाहिरका खबर
मेरो टिममा प्रिय साथीहरू यहाँहरूलाई थाहै छ, अहिले हामीले निर्वाचन प्रचार गर्न, पार्टीको ¥याली गर्न पाएका छैनौँ । हाम्रा पार्टीका नेता, कार्यकर्तालाई अपहरण गरिएको छ, पक्राउ गरिएको छ । तिनका परिवारका सदस्यलाई समेत हतोत्साही गरिएको छ । हाम्रा सन्देशहरू पाकिस्तानका रेडियो, टिभीबाट पनि प्रतिबन्धित छन् । त्यसैले हामीले यो एआई प्रविधिको प्रयोग गरेर हाम्रा आग्रह र सन्देशहरूलाई यहाँहरू समक्ष ल्याउने प्रयास गरेका हौँ ।’
सुखको जन्मदाता
सय वटा युद्ध जिते पनि मन हा¥यो भने सबै हारियो । सय वटा युद्ध हारे पनि मन जित्यो भने सबै जितियो । हारजित मनमा हुने भएकाले मनलाई जिताइराख्न सत्कर्म गर्नु पर्छ । सत्कर्मबाट मन बलियो हुन्छ । पाप, धर्म, सत्कर्म र कुकर्म सबै मनले नै गर्ने हुन् । जसले संयम अपनाइ आफूलाई जित्न सक्छ, उसले सबै
परिष्कृत बन्दै संविधान
विगतमा न्यायपालिका र कार्यपालिका तथा न्यायपालिका र व्यवस्थापिकाबिच द्वन्द्व देखिए पनि हाल यी निकायबिच विवाद छैन भने पनि हुन्छ । राजनीतिक पार्टी तथा पार्टीका नेताबिच विवाद भई त्यसमा संवैधानिक तथा कानुनी प्रश्न तेर्सिएर समस्या भने उत्पन्न भएका छन् । यस्ता विवाद भने न्यायालयमा हाल केही बढी छन् । विगतमा यस्ता विवाद जति आउँथे, हालको समयमा त्यसभन्दा बढी न्यायालयमा दर्ता भएको देखिन्छ । नेपालको संविधान निर्माण भए यता हाल संविधानको राजनीतिक मिश्रित व्याख्या हुने क्रम जारी छ । सुरु सुरुमा संविधानको व्याख्या हुने क्रम केही कम भए पनि हाल केही समय यता बढ्दो छ । सर्वोच्च अदालतले मौलि
बालबालिकाप्रतिको संवेदनशीलता
काठमाडौँ महानगरपालिकाले सिंहदरबारभित्र सञ्चालित क्यान्टिनमा कार्यरत बालबालिकाको उद्धार गरेका समाचारले प्राथमिकता पाए । सिंहदरबारभित्रै बाल श्रमशोषण भएको कुरामा किन कसैले आँखा नदेखेको होला भन्ने तर्क उठे । अनौपचारिक सेवाका क्षेत्र र सञ्चारको सुविधा एवं आमनागरिकलाई प्रवेशको अनुमति नदिइएका कलकारखानामा बालश्रमको शोषण भइरहेको छ भन्ने भाष्य सिर्जना भएको सन्दर्भमा सिंहदरबारभित्रै शोषणमा रहेका बालबालिका भेटिनु नौलो घटना हो ।