क्षेत्रीय शिथिलताले थलिँदो ‘सार्क’
पछिल्लो समय दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)मा पाकिस्तानले (१४औँ शिखर सम्मेलनबाट सार्क सदस्यता प्राप्त गरेको आफ्नो साँध जोडिएको छिमेकी मुलुक) अफगानिस्तानबिनै महासचिव नियुक्तिको गाँठो फुकाइदिएपछि सार्क सचिवालयमा नयाँ महासचिव बङ्गलादेशबाट आउने निधो भएको छ । यस कार्यले क्षेत्रीय रूपमा आउन सक्ने सम्भावित ‘साङ्गठनिक विचलन’लाई केही हदसम्म भए पनि न्यूनीकरण गर्नेछ । सँगै नेतृत्वविहीनता वा साङ्गठनिक रिक्ततालाई समेत पूर्ति गर्ने अपेक्षा गर्न सकिन्छ ।
समन्यायिक विकासको प्रत्याभूति
लोकतन्त्रको प्रमुख अभीष्ट नै कोही पनि पछि नपरुन् भन्ने हो। लोकतान्त्रिक मुलुकले आफ्नो सामथ्र्यका आधारमा समृद्धि र समन्यायका नीति रणनीति कार्यान्वयन गरी अवसर निर्माण तथा वितरण गर्दै आएका छन्। नेपालमा पनि २०४६ सालकोे जनआन्दोलनपछि कार्यान्वयनमा ल्याइएको संविधानले विकासलाई न्यायपूर्ण बनाउन र आर्थिक एवं सामाजिक रूपमा पछि परेका वर्गका लागि विशेष व्यवस्था गर्न राज्यलाई निर्देश गरेको थियो। दोस्रो जनआन्दोलनपछि निर्माण भएको संविधानले
किशोरावस्थाको संवेग
संवेग जन्मजात आउने मानवीय गुण हो। संवेग भनेको खुसी, दुःख, डर, रिस, घृणा, आश्चर्य आदि मनोभावबाट उत्पन्न भएको प्रतिक्रिया हो। यो मुख्य गरेर मन र मस्तिष्कसँग सम्बन्धित हुन्छ । उदाहरणका लागि खुसी हुँदा मानिसले प्रसन्न मुद्रामा हाँसेर प्रतिक्रिया दिन्छ भने दुःखी हुँदा आँखाबाट आँसु खसालेर । यसैले डर, रिस, घृणा, आश्चर्य आदिको भावलाई मानिसले अवस्थाअनुसार प्रकट गर्छन् । यसर्थ, यी सबै मनोभाव संवेग हुन् । यसैगरी मानव जीवनको बाल्यावस्था र वयस्कबीचको एउट
नजिकिए इरान र साउदी अरब
मध्यपूर्वका दुई हस्ती साउदी अरब र इरानबीच द्विपक्षीय कूटनीतिक सम्बन्ध पुनस्र्थापना भएको छ। दशकौँ पुरानो प्रतिद्वन्द्वी सम्बन्धका कारण तनावपूर्ण रहेको मध्यपूर्वको शान्ति प्रक्रिया यी दुई मुलुकबीचको यो मिलनले सहज रूपमा अगाडि बढ्ने आशा पलाएको छ। चीनको मध्यस्थतामा द्विपक्षीय कूटनीतिक सम्बन्ध पुनस्र्थापना भएसँगै यस कदमको विश्वव्यापी स्वागत गरिएको छ।
सिर्जनशील नागरिक
विकासको अवधारणा मानवजातिका परिवर्तित आवश्यकता एवं आकाङ्क्षाअनुरूप फेरबदल भएको पाइन्छ। आजको विश्वमा युरोप, अमेरिका, अस्ट्रेलिया र कतिपय अफ्रिका एवं एसिया महादेशका राष्ट्रले भौतिक विकासमा फड्को मारेका छन्। विज्ञान र प्रविधिको विकास गरेका छन्। स्थायी राजनीतिक व्यवस्थाको प्रबन्ध गरेका छन्। यो विकास विशेष गरेर दोस्रो विश्वयुद्ध पछाडिका दशकमा तीव्र रूपले अगाडि बढ्यो। दोस्रो विश्व युद्धको अन्त्य र संयुक्त राष्ट्रसङ्घको स्थापना पछाडि विकासको लक्ष्य आर्थिक समृद्धि र रोजगारीको अवसरलाई मान्ने गरेको पाइन्छ।
प्रशासनिक पर्यावरण
सार्वजनिक प्रशासन सरकारको सेवा प्रवाहको एक महत्वपूर्ण र आवश्यक संयन्त्र हो । सरकार र जनताबीचको दरिलो र स्थायी सम्पर्क सूत्रको रूपमा रहेको सार्वजनिक प्रशासन सरकारको स्थायी संयन्त्र विषयगत विज्ञता, कार्यगत विशिष्टताले युक्त हुन्छन् । समय, शिक्षा, प्रविधिको परिवर्तनसँंगै राजनीतिक र शासकीय आयाम धेरै परिवर्तन आउँछन् र यी परिवर्तनले स्वभावत सार्वजनिक प्रशासनमा पनि परिवर्तनका धेरै दबाब सिर्जना गर्छन् । यस्ता दबाबले सार्वजनिक प्रशासनको भूमिका परिवर्तित सन्दर्भमा वा विद्यमान प्रशासनिक पर्यावरणीय सन्दर्भमा अझै प्रभावकारी हुनुपर्ने विषयमा जोड दिने गर्छ ।
पिउने पानीको सदुपयोग
साधारण बोलीचालीको भाषामा हामीले नेपाललाई जलस्रोतमा विश्वकै दोस्रो धनी देशको रूपमा चित्रण गर्ने गरिएको भए पनि सो भनाइ र विश्वासलाई पुष्टि गर्ने आधिकारिक तथ्य भने सार्वजनिक भएको देखिएको छैन । तथापि नेपालमा उपलब्ध स्वच्छ पानीको मात्रा र जनसङ्ख्याको अनुपातका आधारमा चाहिँ हाम्रो देशको हालसम्मको अवस्था तुलनात्मक रूपमा राम्रो मान्न सकिन्छ । अर्थतन्त्रका मुख्य आधार मानिएका कृषि, जलविद्युत् र पर्यटन क्षेत्रसमेत प्रत्यक्ष अप्रत्यक्ष रूपमा जलस्रोत
गिरिजाबाबुको अनवरत सङ्घर्ष
वि.सं. २००३ को माघमा कलकत्तामा सम्पन्न महाधिवेशनले विधिवत् नेपाली राष्ट्रिय कांग्रेसको स्थापना ग-यो। त्यसबाट उत्साहित भएर वा नेपाली राष्ट्रिय कांग्रेसको उद्देश्य, नीति र कार्यक्रमलाई जनसमक्ष पु-याउन विलम्ब गर्नुहुन्न भन्ने निष्कर्षमा आएर गिरिजाप्रसाद कोइरालाले नेपाली राष्ट्रिय कांग्रेसको स्थापनाको डेढ महिना पनि नपुग्दै विराटनगरमा मजदुर आन्दोलन प्रारम्भ गर्नुभयो। राणातन्त्रको विरोधमा साहसका साथ अघि आएर नेपाली जनताले आफ्नै भूमिमा गरेको यो पहिलो आन्दोलन थियो। यसले देशभ
जनचेतना जगाउन बहुभाषा शिक्षा
आज ‘२१ मार्च’ अन्तर्राष्ट्रिय मातृभाषा दिवस। संयुक्त राष्ट्रसङ्घले विश्वका राष्ट्र समुदायलाई उपलब्ध गराएको एउटा महत्वपूर्ण अवसर हो। यस दिवसका अवसरमा विश्वभरिका मानिसले आ–आफ्नो मातृ भाषाको महत्व र अपनत्वका बारेमा विचार विमर्श गर्न पाउँछन्। अनि सबै मातृ भाषाको संरक्षण तथा संवद्र्धन गर्ने योजना बनाउन, तिनका बारेमा छलफल गर्न र अनुभवको आदान–प्रदान गर्न विभिन्न भाषा समूहका मानिस एकताबद्ध हुन सक्छन्। यस वर्ष संयुक्त राष्ट्रसङ्घले यो अन्तर्राष्ट्रिय भाषा दिवसको विषय ‘बहुभाषी शिक्षा : शिक्षामा आमूल परिवर्तनको आवश्यकता’ भन्ने निकै महत्वपूर्ण विषय तय गरेको थियो। यस सम्बन्धमा विभिन्न शिक्षाशास्त्री,