• २९ वैशाख २०८२, सोमबार

धनकुटामा सुमो दुर्घटना आठ जना घाइते

blog

सन्तोष सुवेदी

पाख्रीबास, वैशाख २९, गते । धनकुटाको साँगुरीगढी गाउँपालिका(३, स्थित तमोर कोरिडोर सडक खण्ड अन्तर्गत कुसेटारमा टाटा सुमो दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । ताप्लेजुङबाट धरान जाँदै गरेको मे १ ज. २६५५ नम्बरको टाटा सुमो आइतबार राति करिब १० बजे अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा परी सुमोमा सवार ८ जना यात्री घाइते भएका छन् । घाइते हुनेमा चितवनको भरतपुर नगरपालिका ११ बस्ने ४५ वर्षीया नमकला फुयाँल, सोही ठाउँ बस्ने अन्दाजी ४७ वर्षीय जयेश्वर पोख्रेल त्यस्तै सोही ठाउँ बस्ने अन्दाजी ३८ वर्षीया   इसु पङ्गेनी, अन्दाजी २२ वर्षीया निकिता फुयाँल, अन्दाजी १६ वर्षीया शरिष पोख्रेल, ४६ वर्षीया सावित्री अधिकारी, ५२ वर्षीया दीपचन्द्र घिमिरे, सोही ठाउँ बस्ने अन्दाजी ४५ वर्षीया नवराज फुयाँल रहेका जिला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिनुभयो ।

धनकुटाका प्रहरी प्रवक्ता डिएसपी खनालका अनुसार टाटा सुमो गाडी सडकबाट १० फिट तल खसेको जानकारी दिनुभयो । घाइते हुनेहरूलाई धरानस्थित विपी कोइराला स्वास्थ्य प्रतिष्ठान घाेपामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।