त्रिभुवन विश्वविद्यालयमा अनुसन्धान
टाइम्स हाइअर एजुकेसन वल्र्ड युनिभर्सिटी र्याङ्किङ, २०२३ अनुसार त्रिभुवन विश्वविद्यालय विद्यार्थी सङ्ख्याका आधारमा संसारकै ठूलो विश्वविद्यालय हो। उक्त संस्थाका अनुसार नेपालको स्थान विश्वस्तरमा ८०१–१००० र एसियालीस्तरमा २०१–२५०औँ स्थानमा रहेको उल्लेख छ। उक्त संस्थाले गरेको श्रेणीकरणको आधार भनेको शिक्षण अभ्यास विश्वविद्यालयको आय, विद्यार्थी–शिक्षक अनुपात, अनुसन्धान र प्रकाशन हो। नेपालको उच्च शिक्षाको विकासमा त्रिविको भूमिका उल्लेखनीय मात्र होइन, प्रशंसनीय भएको भन्दा अतिशयोक्ति हुँदैन।
आदर्श पुरुषको स्मरण
स्वर्णभूमि लङ्का विजयपछि भाइ लक्ष्मणले दाजु रामलाई यतै बसौँ अब भन्दा श्रीरामले भन्नुभयो, “मलाई जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा प्यारो लाग्छ, त्यसैले यता नबसौँ, आफ्नैतिर जाऊँ।” सायद अहिले पनि यो भनाइ सार्थक नै छ। आज चैत्रशुक्ल नवमी अथवा रामनवमी हो। भागवतमा अहं सर्वेषु भूतेषु भनिएको छ, अर्थात् ईश्वर सबै प्राणी जगत्मा रहेका छन्। पूर्वीय चिन्तनमा परमेश्वरको चर्चा सबैतिर छ। परमेश्वर, परमतत्व, ब्रह्मभाव सबै जीवात्मामा निराकार रूप लिएर चित् स्वरूपमा रहेको र जगत्मा सगुण, साकार स्वरूप लिएर सर्वत्र, सर्वव्यापी भएको धर्मशास्त्रले पुष्टि गरेका छन्। हाम्रा श्रुति (वेद)हरूले परमतत्व जीवात्मामा आराम तìव लिएर हरप्राणीमा राम रहेको बताएका छन् भने स्मृति (पुराण)हरूले परमेश्वरका परमलीला प्रसङ्ग, अवतार कथा रसिलो ढङ्गले प्रस्तुत गरेका छन्।
निजामतीमा उमेर हद
संसद्बाट सङ्घीय निजामती सेवा ऐन पारित गर्ने विषयले प्राथमिकता पाउने देखिएको छ। निजामती कर्मचारीले अनिवार्य अवकाश पाउने उमेर ५८ वर्ष नै उपयुक्त हो वा यसमा परिवर्तन गर्नुपर्ने हो भन्ने विषयमा संसद्ले निर्णय दिनुपर्ने अवस्था छ। नेपालको निजामती सेवामा लामो समयदेखि ६० वर्षको उमेरलाई नै अनिवार्य अवकाश पाउने उमेर तोकिए
छरितो सार्वजनिक सेवा
नागरिकले राज्यबाट पाउने सार्वजनिक हितका सेवा नै सार्वजनिक सेवा हुन्। नागरिकले जति सहज, सुलभ र प्रभावकारी ढङ्गबाट सेवा पाउन सक्छन् त्यति नै सरकारप्रति विश्वास बढाउँछन्। सार्वजनिक प्रशासनको मियोको रूपमा रहेको निजामती प्रशासनले अपनाउने कार्यशैली र बहन गर्ने जवाफदेहिताले सार्वजनिक सेवा प्रवाहको गुणस्तरीयतामा अहम् भूमिका खेल्छ। यसका लागि उत्प्रेरित र उच्च मनोबल साथ काम गर्ने कर्मचारी जरुरी हुन्छ। सेवा प्रवाहमा प्रक्रिया लामो भयो, सेवा पाउने सुनिश्चितता भएन, सेवा लिन प्रणालीभन्दा पनि पहुँचले बाहुल्यता पायो, सेवामुखी संस्कार छैन, सेवा प्रवाहमा नवीनतम प्रविधि अनुसरण भएका
राजनीतिक स्थायित्वमार्फत समृद्धि
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिनिधि सभामा उपस्थित सांसदमध्ये १७२ जना सांसदले विश्वासको मत दिएका छन्। दुई महिनाभित्रमै प्रतिनिधि सभामा दोस्रो पटक विश्वासको मत प्राप्त गर्न सफल भएका प्रधानमन्त्री प्रचण्ड अब चाँडै नै मन्त्रिपरिषद् विस्तारसमेत गर्दै हुनुहुन्छ। सरकारले प्रतिनिधि सभामा विश्वासको मत हासिल गरेसँगै देशमा स्थायी शान्ति, आर्थिक समृद्धि र राजनीतिक स्थायित्वको दिशामा आफ्नो ध्यान केन्द्रित गर्ने निश्चित छ। नेपाली राजनीतिको अस्थिर चरित्रलाई सुधार गर्न र देशमा राजनीतिक स्थायित्व कायम गर्न पनि प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले निरन्तरता पाउनु आवश्यक थियो।
कानुनी शिक्षाको मूल्य
शिक्षालाई मौलिक हकमा राख्ने थोरै मुलुकको सूचीमा नेपाल पनि पर्छ। यसैले नेपालको संविधानमा मौलिक हकको ग्यारेन्टी गर्ने कार्यअन्तर्गत शिक्षासम्बन्धी हकलाई नागरिकको मौलिक हकका रूपमा सुनिश्चित गरिएको छ। आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क बनाउने विषयलाई समेत मौलिक हककै रूपमा राखिएको छ। नेपालमा शिक्षासम्बन्धी हकको दायरालाई फराकिलो पार्दै मौलिक हकका रूपमा आत्मसात् गरिएको छ।
कृषिमा आमूल परिवर्तन
अर्थतन्त्रमा सबैभन्दा धेरै योगदान पु-याउने कृषि क्षेत्र खुम्चिँदै गएको छ। आर्थिक वर्ष २०७८÷७९ मा जीडीपीमा कृषिको योगदान २३ दशमलव ९५ प्रतिशत रहेको छ। यो पछिल्लो दस वर्षयताकै कम हो। आर्थिक वर्ष २०७०/७१ मा कृषि क्षेत्रको योगदान ३० दशमलव ३१ प्रतिशत थियो। जीडीपीमा झन्डै एकतिहाइ योगदान गर्दै आएको कृषि क्षेत्र निरन्तर ओरालो लागेपछि यस क्षेत्रमा चासो राख्नेहरूले चिन्ता व्यक्त गर्न थालेका छन्। अल्पविकसित देशबाट विकासोन्मुख मार्गमा लाग्दा कृषि क्षेत्रको योगदान घट्नु स्वाभाविक हो तर हाम्रो आन्तरिक उत्पादनले थेग्न नसकी कृषिमा परनिर्भरता बढ्नु चाहिँ दुर्भाग्य हो।
श्रद्धाञ्जली कृष्णाको कञ्चन कण्ठलाई
सञ्चारकर्मी कृष्णा ताम्राकारलाई धेरैले सुरिलो, छन्द मिलेको, जादुमय, कर्णप्रिय र बेजोड स्वरकी धनी भने। उनको आवाज वा स्वरमा मिठास भएको भनी प्रशंसा गरे, कालजयी र बिर्सन नसकिने सशक्त आवाजको संज्ञा दिए। उनको आवाजलाई कसैले स्वर्णिम भने त कसैले आवाजको दुनियाँमा आफ्नो बोलीले एकछत्र राज गरेको जनाए। उनलाई थोरैले मात्र दुर्गानाथ शर्मा, प्रवीण गिरी
कर्णालीमा सूचना प्रविधिको पहुँच
कर्णाली प्रदेशका कतिपय जिल्ला सडक सञ्जालमा नजोडिँदै इन्टनेट सञ्जालसँग जोडिन पुगेको कुरा सत्य हो । कर्णालीमा इन्टरनेटको सुविधा पुगेपछि हिँडेर भेटन हप्ताँै लाग्ने आफन्तसँंग छिनभरमै भिडियो कलमा दोहोरो कुरा गरी खबर आदानप्रदान गर्न सम्भव भएको छ । जहाज चढेर आउने चिठीपत्र मोबाइल र कम्प्युटरमा आउन थालेका छन् भने इमेलमार्फत पनि चिठीपत्रको आदानप्रदान हुने गरेको छ । भौतिक सुख सुविधा उपभोग गर्न कर्णालीवासी कतिले पाएका छन् त्यो त भोग्नेलाई थाहा होला तर सूचना प्रविधिको विकास र विस्तारले गर्दा कर्णालीवासी सञ्चार र सूचना प्रविधिको उपयोग र उपभोग गर्नबाट वञ्चित हुन परेको अवस्था भने छैन । त्यसको गुणस्तर र सर्वसाधारण नागरिकसम्मको सहज पहुँचका बारेमा छुट्टै बहस गर्नु बेस होला तर सूचना प्रविधिको छिपछिपे उपयोग भने नागरिक स्तरसम्मै भएकै मान्नु पर्छ । कर्णा