सन्तुलित कूटनीतिक सम्बन्ध
नेपालको समसामयिक राजनीति बदलिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिमा नेकपा एमालेलाई समर्थन गर्न नसक्ने अडानपछि सत्ता समीकरण भत्कियो। परराष्ट्रमन्त्रीको जेनेभा भ्रमण अन्तिम अवस्थामा रोकिएपछि नेकपा एमाले सरकारबाट बाहिरियो। आन्तरिक राजनीतिको रस्साकस्सी कूटनीतिक क्षेत्रमा देखियो। सत्ताबाट बाहिरिने वित्तिकै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियताका सन्दर्भमा चिन्तित हुँदै सार्वजनिक मन्तव्यमार्फत मुस्ताङमा विश्वविद्यालय निर्माणको अनुमति दिनुभित्रको रहस्य के हो भनेर प्रश्न उठाउनुभयो। तुरुन्तै सरकारले वक्तव्यमार्फत यसको खण्डन ग-यो।
कोशी प्रदेशले उठाउनुपर्ने मुद्दा
करिब ६ वर्षको सकसपछि प्रदेश नम्बर १ ले नाम जुराएको छ–कोशी। नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले हिम्मत गरेर प्रदेशको न्वारान गराउनुभएको छ। प्रदेश सभाका ९३ मध्ये ८२ सांसदको समर्थनमा ‘कोशी’ नामकरण भएकोमा खुसीयाली बिदा पनि मनाइएको छ। राजधानीको विषय यसअघि नै टुङ्गिसकेको छ। २३ वैशाख २०७६ मा नै प्रदेशको राजधानी विराटनगर भइसकेको छ। नामकरणको विषयमा पहिचानवादीको असन्तुष्टि भने कायम छ। आन्दोलन चर्किएको छ।
बैङ्किङ क्षेत्रको कार्यदिशा
अर्थतन्त्रमा बैङ्किङ क्षेत्रले मुख्यतया वित्तीय मध्यस्थताको काम गर्छ। बचतकर्तासँग बचत सङ्कलन गरी लगानीकर्ताका लागि कर्जाको रूपमा वित्तीय साधन उपलब्ध गराउँछ। यसले गर्दा अर्थतन्त्रमा पुँजी निर्माण भई उत्पादन, रोजगारी, आम्दानी बढी समग्र आर्थिक वृद्धि बढ्ने गर्छ। तसर्थ, बैङ्किङ क्षेत्रको विकासका लागि सबै देशले प्राथमिकता दिने गर्छन्। हुन त वित्तीय मध्यस्थताको काम बैङ्किङ क्षेत्रबाहेक पुँजी बजार र सम्झौतित बचत सङ्कलन गर्ने संस्थाले पनि गर्छन्। तर यिनीहरूले बैङ्किङ क्षेत्रको कार्यलाई प्रतिस्थापन नै गर्न भने सक्दैनन्। बैङ्किङ प्रणालीमा बचत र कर्जासँगै भुक्तानी प्रणाली सञ्चालनका साथै निक्षेप र कर्जा सिर्जना गर्ने क्षमता रहेको हुन्छ।
अस्थिरताको मानक
पछिल्लो एक दशकमा सम्भवतः धेरै प्रयोग गरिने शब्दावलीमध्येको एक हो–राजनीतिक स्थिरता। नेपाली नागरिकका अनेकौँ चाहनामध्येमा पनि एक हो स्थिरता। दल स्थिरता दिने वाचासहित २०७४ र २०७९ को चुनावमा गए। चुनावपछिका राजनीतिक गतिविधि हेर्ने हो भने समस्या जस्ताको तस्तै छन्। नेताहरूको वचन र व्यवहारको तालमेल मिलेन, अङ्कगणित र भागबन्डा मौलायो भने नागरिकका स्वाभाविक अपेक्षामाथि मौनता साधियो। निराशा बढ्दो गयो।
मधेशमा सङ्घीयता कार्यान्वयन
नेपालको संविधानबमोजिम नेपालमा सात प्रदेश, ७७ जिल्ला एवं ७५३ स्थानीय तहको व्यवस्थासहित सङ्घीयता कार्यान्वयन सुरु गरिएको पाँच वर्ष पूरा भएको छ । सङ्घ, प्रदेश र स्थानीय तहका विधायिका र सरकारले पहिलो कार्यकाल पूरा गरी दोस्रो कार्यकाल सुरुवात गरेका छन् । पाँच वर्षको अनुभवपछि नेपाली जनतामा सङ्घीयताप्रति मिश्रित दृष्टिकोण देखापर्न थालेको छ । कतिपय नागरिकले सङ्घीयतालाई नेपालको दिगो शान्ति, समृद्धि र विकासका लागि अपरिहार्य प्रणालीको रूपमा बुझ्छन् भने कतिपयले यो प्रणालीलाई बोझिलो, खर्चिलो, अनुत्पादक तथा नेपालको मौलिकता विपरीत परनिर्देशित प्रणालीको रूपमा अथ्र्याउने गरेका छन् ।
जागरुक उपभोक्ता
सन् १८१७ मा संयुक्त राज्य अमेरिकामा एक मुद्दामा प्रधानन्यायाधीश जँन मार्सलको न्यायिक व्याख्यामार्फत कुनै पनि वस्तु वा सेवाको खरिद वा उपभोग गर्नुअघि उपभोक्ता नै सचेत हुनुपर्ने सिद्धान्त प्रतिपादन भएको थियो । सन् १९३२ मा बेलायतको हाउस अफ लर्डस्ले उत्पादित वस्तुको हेलचेक्य्राइँका लागि उत्पादक नै जिम्मेवार हुनुपर्ने मान्यतालाई स्वीका-यो । सन् १९६२ मार्च, १५ मा तत्कालीन अमेरिकी राष्ट्रपति जोन अफ केनेडीले कांग्रेसमा ‘कस्टमर बिल अफ राइट’ पेस गरी उक्त विल स्वीकृतपश्चात् उपभोक्ता सन्देश स्वरूप सुरक्षा, सूचना, छनोट र सुनुवाइका चार अधिकार प्रक्षेपण गरिदिएपछि उपभोक्ताका अधिकारको कानुनी व्यवस्थामा वि
अस्थिरताले अस्तित्वमै प्रहार
‘तपाईंको व्यवहार कालान्तरमा चरित्रमा बदलिन्छ।’ –अल्बर्ट आइन्स्टाइन नेकपा एमालेको नेतृत्वमा केपी शर्मा ओली स्थापित हुनुभएको एकदशक पुग्न केही महिना बाँकी छ। २०७० को असार मसान्तमा भएको नवौँ महाधिवेशनबाट झिनो मतले अध्यक्षमा अविजित ओलीले दशौँ महाधिवेशनमा आफ्ना स्पर्धी नै बाँकी राख्नु भएन। पार्टीका वरिष्ठ नेताहरू पाखा लागेकाले ओलीसँग प्रतिस्पर्धामा उत्रनु भएका समकालीन नेता डा. भीम रावल
प्रदेश नामकरणपछि काम
नेपालका अन्य सबै प्रदेशले गत वर्षसम्म आआफ्ना प्रदेशका न्वारान गरिसके पनि प्रदेश नं १ ले यही फागुन १७ गते मात्र आफ्नो नामकरण गरेको छ। ‘कोशी प्रदेश’ भनी नाम राखिए पनि वास्तवमा त्यो ‘कौशिकी नदी’ स्रवण क्षेत्र हो। नियमले ‘कौशिकी’ तत्समबाट तद्भवका रूपमा चलाउनुपर्ने त ‘कोसी’ हो तर पनि प्रदेश नं १ प्रदेश सभाले ‘कोशी’ नै पारित गरेपछि ‘कोसी’ चलाउन पनि त मिलेन। ‘कोसी’ राउटेहरूले बनाउने सन्दुस वा मधुस पनि हो। शब्द वा पदावलीको प्रयोगमा यस्ता खालका परिवर्तन आइरहन्छ र सरका
नयाँ राष्ट्रपतिसँग जनअपेक्षा
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिको रूपमा रामचन्द्र पौडेलले सोमबार पदभार ग्रहण गर्नुभएको छ। नेपाली कांग्रेसको उम्मेदवार र सत्ता गठबन्धन दलको समर्थनमा उहाँ नेपालको राष्ट्रपतिमा निर्वाचित भए पनि विजयीभएपश्चात् अब उहाँ गठबन्धनमा रहेका दलको मात्र रहनु भएन। पौडेल उहाँको विपक्षीमा मतदान गर्ने नेकपा एमाले र सिङ्गो तीन करोड जनताका साझा अभिभावक हुनुभएको छ।