काठमाडौँ, वैशाख २८ गते । प्रथम राष्ट्रिय खुला पुरुष खो खो प्रतियोगिताको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्बलले जितेको छ ।
अरनिको रङ्गशालामा भएको चार सेटको रोमाञ्चक प्रतिष्पर्धामा आर्मीले लुम्बिनी प्रदेशलाई २०–१६ अङ्कले हरायो । यस्तै, सुदुुरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई १२–७ अङ्कले हराउँदै तेस्रो भयो ।
उपाधिसँगै आिर्मीले ५० हजार, उपविजेता लुम्बिनीले २५ हजार र तेस्रो भएको सुदूरपश्चिमले १० हजार रुपियाँ पुरस्का पायो । प्रतियोगिताको बेष्ट खेलाडी आर्मीका बेदबहादुर ओली, बेष्ट एट्याकर नेपाल आर्मीका विष्णु थारु र बेष्ट डिफेन्डर लुम्बिनीका विकास विक चयन हुनुभयो ।
प्रतियोगिताको विजेता टोली र खेलाडीलाई लुम्बिनी खेलकुद परिषदका सदस्य सचिव तिरनदाज गौतम र नेपाल खो खो सङ्घका केन्द्रीय अध्यक्ष प्रदिप महर्जनले पुरस्कार वितरण गर्नुभयो ।
उक्त अवसरमा खो खो सङ्घका केन्द्रीय सदस्य उषा कवरमगर, गोरखापत्र संस्थानका सल्लाहकार सम्पादक उपेश महर्जन, नेपाल खो खो सङ्घका केन्द्रीय अध्यक्ष प्रदिप महर्जन, केन्द्रीय उपाध्यक्ष तथा प्रमुख प्रशिक्षक लक्ष्मीनारायण वैद्यलगायतलाई सम्मान गरिएको थियो ।
आयोजक खो खोका पदाधिकारीहरुले विश्व कपमा उपविजेता भएकाले चाँडै नेपाल सरकारबाट पाउने पुरस्कार राशी निकासा गर्न माग समे्त गरेका छन् ।