• २४ असार २०८२, मङ्गलबार

नेपाल–चीन सीमा क्षेत्रमा बाढी : चार जना बेपत्ता

blog

काठमाडौँ, असार २४ गते । भोटेकोशीमा आएको बाढीमा परी चार जना बेपत्ता भएका छन् । लेन्दे खोलामा आएको बाढी भोटेकोशिमा मिसिएको हाे । रसुवागढी भन्सार कार्यालयमा कार्यरत कर्मचारी बुद्धि चुडाँलले बाढीमा परी चार जना व्यक्ति बेपत्ता भएको जानकारी दिनुभयो ।

मङ्गलबार बिहानज भोटेकोशीमा अचानक बाढी आएको थियो । बाढीले मितेरी पुल बगाएको छ भने नेपाल चीन सम्पर्क विच्छेद भएको छ ।

ड्राइपोर्ट क्षेत्रमा पनि बाढीले क्षति पुर्‍याएको छ । त्यहाँ जाँचपासका लागि राखिएका गाडीहरु पनि बगाएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

उहाँले भन्नुभयो, ‘‘गाडि बगाउने क्रम जारी छ भने गाडि झिक्न सकिएको छैन । साथै बाढीले कटान गर्ने क्रम पनि जारी छ । तर बिहानको भन्दा अहिले बाढी केही घटेको छ ।’’