काठमाडौँ, वैशाख २८ गते । अस्ट्रेलियामा बस्दै आउनुभएका पूर्व कराते खेलाडीले एभरेस्ट मार्सल आर्ट्स एकेडेमी सञ्चालमा ल्याउनुभएको छ ।
सिड्नीस्थित ग्रानभिलीमा स्थपाना भएको एकेडेमीको अध्यक्षमा दक्षिण एसियाली खेलकुद (साग) मा कांस्य पकद, पाँचौँ, छैटौँ र सातौँ राष्ट्रिय खेलकुदका साथै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका स्वर्ण पदक विजेता मुकुन्द्र महर्जन हुनुहुन्छ ।
एकेडेमीको उपाध्यक्षमा लक्ष्मी भट्ट, सचिव तथा पब्लिक अफिसरमा रोजन कार्की, सदस्यता संयोजकमा मलिका थापा क्षेत्री, कोषाध्यक्षमा सोम लामा, कार्यक्रम निर्देशकमा मनिष थापा क्षेत्री, पिआर अफिसरमा राजकुमार रसाइली, प्रतियोगिता संयोजकमा नविन महर्जन र सदस्यमा प्रिन्स महर्जन रहनुभएको छ ।
नविन साग गेम्सका स्वर्ण तथा राजकुमार कांस्य पदक विजेता हुनुहुन्छ । अध्यक्ष महजर्ननले सिड्नीमा रहेका नेपाली बालबालिकालाई खेलमा आकर्षित गुर्नका साथै नयाँ खेलाडी उत्पदनको उद्येश्यले एकेडेमी सञ्चलनमा ल्याएको बताउनुभयो ।