रसुवा, असार २४ गते । नेपाल–चीन सिमानाको लेन्दे खोला हुँदै भोटेकोशीमा बाढीमा परी फसेका ११ जनाको नेपाली सेनाले उद्धार गरेको छ ।
नेपाली सेनाको श्रीनाथ गणबाट खट्टिएको टोलीले अन्य सुरक्षा निकाय र स्थानीयहरुको सहभागितामा टिमुरे इलाकाबाट नौ जनाको सकुशल उद्धार गरेको हो ।
त्यसैगरी, बाढी पीडितको उद्धार कार्यका लागि नेपाली सेनाको हेलिकप्टर उक्त स्थानतर्फ खट्टिएको र उक्त हेलिकप्टरबाट त्रिशुली ईलाकामा रुखमा बसी ज्यान जोगाइरहेका थप दुई जना उद्धार कार्य गरेको जानकारी पनि सेनाले दिएको छ ।
सहायक प्रजिअ दु्रवप्रसाद अधिकारीले सम्पर्कविहीन भएका ३७ जनामध्ये हराइरहेका २२ जना सुरक्षित ठाउँमा सकुशल रहेकोे अन्य १५ जना सम्पर्कविहीन रहेको जानकारी दिनुभयो ।
हराएका र फसेका व्यक्तिलाई उद्धार गर्न हेलिकप्टर तयारी रहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।