• २४ असार २०८२, मङ्गलबार

टिप्परमा आगलागी

blog

टिप्परमा लागेको आगो । फाइल तस्बिर

राममणि दाहाल
मकवानपुर, असार २४ गते ।
हेटौँडा उपमहानगरपालिका– १८ फुर्केचौरमा बा.प्र.०३–००१ क ०१९६ नं.को टिप्परमा आगलागी भएको छ ।

मङ्गलबार बिहान करिब ६ः४५ बजे सडक छेउमा रोकी चालक र सहचालक चिया खानका लागि टिप्परबाट झर्ना साथ उक्त टिप्परमा आगोलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षकका अनुसार आगलागी भएको उक्त टिप्पर हेटौँडा उपमहानगरपालिकाको दमकलको सहयोगमा ७ः५ बजे आगो पूर्ण रुपमा नियन्त्रणमा लिइएको थियो । टिप्परको अगाडिको भाग पूर्णरुपमा क्षति भएको छ । वाईरिङ सर्ट भएका कारण आगो लागेको हुन सक्ने र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।