मधेशी दलको घट्दो प्रभाव
गत महिना सम्पन्न स्थानीय तहको निर्वाचन परिणामले सत्ताधारी नेपाली काँग्रेसलाई देशको सबैभन्दा ठूलो राजनीतिक दलका रूपमा स्थापित गरेको छ । प्रमुख प्रतिपक्षी नेकपा एमाले दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भएको छ । पाँचदलीय गठबन्धनमा सामेल नकपा माओवादी केन्द्रको उपस्थितिलाई सन्तोषजनक मान्न सकिन्छ । पोखरा र हेटाँैडाजस्ता प्रमुख पालिकामा माधवकुमार नेपाल नेतृत्वको पार्टीले प्राप्त गरेको सफलतालाई पनि सराहनीय मान्नुपर्छ ।
भ्रष्टाचाररहित समाजको परिकल्पना
भ्रष्टाचार नैतिक, अनुशासित र सभ्य समाजका लागि कलङ्कको टीका हो । पूर्वीय दर्शनमा हामीले कल्पना गर्ने गरेको रामराज्यको दुश्मन हो । सार्वजनिक हित र भलाइका लागि लगानी गरिने सार्वजनिक स्रोतसाधन र सम्पत्तिमाथि गिद्धे नजर लगाउने, -याल काढ्ने र आँखा गाड्ने भ्रष्ट व्यक्ति र समूहको कालो मनबाट सिर्जित रातो अपराध हो– भ्रष्टाचार ।
सार्वजनिक संस्थान सवलीकरण
सरकारको पूर्ण वा आंशिक स्वामित्वमा रहेर व्यवसाय तथा सेवा प्रदान गर्ने उद्देश्यले स्थापित, स्वतन्त्र अस्तित्व एवं व्यावसायिक चरित्र भएको, कानुनी रूपमा स्थापित र जनताप्रति उत्तरदायी संस्थान नै सार्वजनिक संस्थान हुन् । सार्वजनिक संस्थानलाई सरकारी उद्यम, सरकारी संस्था, सरकारी स्वामित्व भएका संस्थान, समाजवादीकृत उद्योगको नामले पनि चिनिन्छ ।
एलएलबी खारेजीको बहस
कानुनको स्नातक तहमा अध्ययन अध्यापन हुँदै आएको तीन वर्षे एलएलबी कार्यक्रम फेजआउट गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेपश्चात् सो सम्बन्धमा कानुनी वृत्तमा बृहत् छलफल र बहस आरम्भ भएको छ तर स्वस्थ बहस हुनुको सट्टा विश्वविद्यालयका केही प्राध्यापक, केही कानुनका विद्यार्थी र केही कानुन व्यवसायीसमेतले पेसाको गरिमालाई बिर्सेर गालीगलौज र असभ्य भाषा प्रयोग गरी रिटका सम्बन्धमा ज्यादै प्रतिक्रियात्मक भएको देखिन्छ ।
पाठ्यपुस्तकको विकल्प
नेपालमा कोभिड–१९ का कारण २०७९ को शैक्षिक सत्र एक महिना ढिलो हुन पुग्यो । नेपाल सरकारले वैशाख महिनामै वार्षिक परीक्षाको नतिजा प्रकाशन र भर्ना अभियान चलाउन परिपत्र गरेअनुसारका कार्य भए ।
जोखिम घटाउन नागरिक भूमिका
विश्वव्यापी उदारीकरण, विभिन्न क्षेत्रीय, बहुपक्षीय तथा द्विपक्षीय सन्धि सम्झौता भएसँगै उपभोक्ताले विश्व बजारमा उपलब्ध हुने वस्तु तथा सेवाको प्रयोग गर्ने अवसर र अधिकार पाएका छन् । देशभित्र उत्पादन हुने वस्तु तथा सेवालाई विश्व बजारको पहुँचमा पु-याई विदेशी मुद्रा आर्जन गर्ने अवसरका साथसाथै विदेशी मालसामानको सजिलै उपभोग गर्ने अवसर पनि प्राप्त भएको छ ।
गठबन्धनका आगामी सम्भावना
निर्वाचनको परिणाम लगत्तै गठबन्धनमा रहेका दलहरू खासगरी नेपाली कांग्रेस र नेकपा माओवादी (केन्द्र) विजयको खुसीयालीमै अल्मलिएका छन् । निकटमा आउँदै गरेको प्रदेश र सङ्घीय संसद्को निर्वाचनका लागि गर्नुपर्ने तयारीमा उनीहरू त्यति सजग देखिएका छैनन् । राजनीतिक रूपमा गठबन्धनमा रहेका पाँच दलले स्थानीय सरकारका कार्यपालिका र जिल्ला समन्वय समिति गठनमा एक भएर जाने निर्णय गरे पनि परिणाम त्यसअनुरूप आउन सकेनन् । यो गठबन्धन आगामी निर्वाचनमा पनि सँगै जान्छ वा जाँदैन भन्ने विषयमा प्रष्ट छैन ।
स्थानीय निर्वाचनको सन्देश
नेपालको मौजुदा राजनीतिक संरचनाअनुसार गत वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । नयाँ संविधानअनुसार दोस्रो पटक भएको स्थानीय निर्वाचनमा बाजुराको बूढीगङ्गा नगरपालिकाबाहेक ७५२ स्थानीय तहको परिणाम आइसकेको छ । त्यहाँ पहिले भएको निर्वाचनमा विवाद भएकोले निर्वाचन आयोगको आदेशानुसार पुनः मतदान हुँदैछ । सार्वजनिक भएको निर्वाचन परिणामअनुसार, हालसम्म नेपाली कांग्रेसले नगरप्रमुखमा ३२९ ल्याएर पहिलो, एमाले २०५ ल्याएर दोस्रो र
बजेट कार्यान्वयनका अवरोध
चालू आर्थिक वर्ष बित्न अब धेरै समय छैन । सामान्यतया असारलाई अन्तिम र हिसाबकिताब मिलाउने महिनाका रूपमा लिइन्छ । असारमा जथाभावी खर्च गरेर बजेट सक्ने प्रवृत्ति रोक्न अर्थ मन्त्रालयले नै अनेक कार्यविधिले नियमितता दिएको छ ।
सुरक्षित खानेपानीमा पहुँच
नेपालको संविधानअनुसार अर्थमन्त्रीले सङ्घीय संसद्को दुवै सदनमा आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट पेस गरिसकेको अवस्था छ । यसैगरी संवैधानिक तथा कानुनी प्रावधानअनुरूप नै प्रदेश तथा स्थानीय तहले पनि आ–आफ्नो निकायमा बजेट पेस गरी पारित गर्नुपर्ने व्यवस्था छ । बजेट प्रस्तुत गर्ने सन्दर्भमा अर्थमन्त्रीले पेस गरेको बजेट वक्तव्यमा ‘स्थिरता, उत्पादनशीलता र रोजगारी वृद्धि : समावेशी विकास, आत्मनिर्भरता तथा आर्थिक समृद्धि’सहित पाँचवटा उद्देश्य चयन भएको पाइन्छ । यसैगरी दसवटा विषयमा बजेटले प्राथमिकता दिएको छ ।
ऊर्जा क्षेत्रमा रूपान्तरणकारी बजेट
आर्थिक वर्ष २०७९/८० का लागि सरकारले जेठ १५ गते १७ खर्ब ९३ अर्ब ८३ करोड रुपियाँँको बजेट संसद्मा पेस गरेको छ । बजेटले उत्पादनमा आधारित अर्थतन्त्रको निर्माण गरी उच्च र दिगो आर्थिक वृद्धि हासिल गर्ने, उपलब्ध प्राकृतिक स्रोत–साधन, श्रमशक्ति, पुँजी र प्रविधिको एकीकृत परिचालनबाट रोजगारी सिर्जना, गरिबी निवारण गर्नेजस्ता उद्देश्य लिएको छ । उक्त उद्देश्य प्राप्तिका लागि पूर्वाधार विकास र पुँजी निर्माणसँगै जलविद्युत् उत्पादन, प्रसारण लाइन विस्तार र ग्रामीण विद्युतीकरणको जलविद्युत् उत्पादन, प्रसारण लाइन विस्तार तथा उपभोग वृद्धि र ग्रामीण विद्युतीकरणलाई प्राथमिकतामा राखेर ‘नेपालको पानी, जनताको लगानी’ नारासहित आएको बजेटमा ऊर्जा क्षेत्रका लागि ७५ अर्ब १० करोड रुपियाँ छुट्ट्याइएको छ
प्रभावकारी कार्यान्वयनको अपेक्षा
कोभिड–१९ को लामो असरले घायल विश्व अर्थतन्त्र विगत चार महिनादेखि युक्रेन–रुसको लडाइँ र त्यसले विश्व अर्थतन्त्रमा ल्याएको डरलाग्दो गिरावटले आक्रान्त छ । दुनियाँ आज युद्धले थोपरेको ऊर्जा सङ्कट, खाद्य सङ्कट र त्यसले निम्त्याएको समस्या र गरिबीसँग जुधिरहेका बेला नेपाल सरकारले वार्षिक बजेट पेस गरेको छ ।
बाँच्न पाउने अधिकारको सुरक्षा
जुन ५ मा संसारभर विश्व वातावरण दिवस मनाउने प्रचलन छ । पृथ्वीको वातावरण संरक्षणका लागि संवेदनशील भई काम गर्ने जनचेतना बढाउन संयुक्त राष्ट्रसङ्घको पहिलो पाइलाका रूपमा यसलाई लिइन्छ । १९७२ को जुन ५ देखि १६ सम्म स्विडेनको स्टकहोममा भएको मानव वातावरणसम्बन्धी विश्वको पहिलो ठूलो सम्मेलन राष्ट्रसङ्घको अगुवाइमा भएको थियो, जसको उद्देश्य बिगँ्रदो मानव वातावरणलाई सुरक्षित राख्न आइपरेका चुनौती कसरी सम्बोधन गर्न सकिन्छ भन्ने हो । सर्वप्रथम अमेरिकाको स्पोकान भन्ने ठाउँमा ‘केवल एउटा पृथ्वी’ भन्ने नाराका साथ यो दिवस मनाउन सुरु गरिएको थियो ।
पार्टीबाटै बालेनहरूको खोजी
स्थानीय तह निर्वाचनमा काठमाडौँका नागरिकले राजनीतिक पार्टीका क्रियाकलापप्रति सन्तुष्ट नभएको सन्देश मतमार्फत व्यक्त गरेका छन् । नागरिकबाट फरक खालको नतिजा अपेक्षित हुनु र परिणाम तदनुकूलको आउनु परिवर्तनप्रतिको सङ्केत हो । यो परिणामले व्यवस्था र व्यवस्थापनप्रतिको असन्तुष्टि मात्र नभई राजनीतिक संस्कार र चरित्रलाई पनि चुनौती दिएको छ । नेतृत्वले आश्वासनअनुसार ‘पर्फर्मेन्स’ देखाउन नसक्दा निर्वाचन परिणाम स्वतन्त्र उम्मेदवारको पक्षमा गयो । देशको अन्य कतिपय पालिकामा पनि स्वतन्त्र उम्मेदवार विजयी भएका छन् तर काठमाडौँ विजयले महŒवपूर्ण र साङ्केतिक अर्थ बोकेको छ । कतिपय ठाउँमा पार्टीले आफ्नो सही मूल्याङ्कन नगरेको भन्दै स्वतन्त्र उम्मेदवारी दिएर आक्रोश पोख्ने काम भएको छ । त्यही आक्रोशमै विजयी भएकाहरू भोलि फेरि तत्तत् पार्टीमा फर्कनेछन् ।काठमाडौँ महानगर प्रमुखमा विजयी बालेन साहको अवस्था अलि फरक छ । उहाँ आजसम्म दलीय राजनीतिमा आबद्ध भएको जानकारी छैन । दलीय राजनीतिले शासन गरिरहेका बेला एउटा स्वतन्त्र व्यक्तिले जितेर के गर्न सक्ला भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । उपप्रमुखसहित ३२ वडाका अध्यक्ष दलबाट विजयी भएकाहरू छन् । प्रमुखलाई तिनीहरूबाट सहयोग नहुने टिप्पणी हुन थालेका छन् । दलको नाममा विजयी बने पनि वडाध्यक्षहरू आम नागरिकका प्रतिनिधि हुन् । महानगरमा प्रवेश गरेपछि स्वतन्त्रको हैसियत हुन्छ, हुनुपर्छ । दलीय टोपी र चस्मा फुकाल्नैपर्छ, नगरवासीको हितका लागि । एकथरीलाई लागेको छ, बालेनले जितेपछि महानगरको कायापलट हुन्छ । यो पनि भ्रम हो, एउटा व्यक्तिले मात्र केही गर्न सक्दैन । ठूला दलको सहयोग लिनैपर्छ । अहिले हामीले चाहेजस्तो सामाजिक र राजनीतिक परिवर्तन चुनावबाट मात्र आउँदैन । यसका लागि ठूलो क्रान्ति नै चाहिन्छ । यथास्थितिलाई बल पुग्ने परिणामले परिवर्तन कसरी सम्भव हुन्छ ? चुनाव भनेको एउटाले जित्ने र अर्कालाई हराउने मात्र हो । स्थानीय तहको अघिल्लो निर्वाचनमा एमालेले बढी सिट जित्यो, यस पटक कांग्रेसले, हामीले चाहेको परिवर्तनसँग यसको तात्त्विक भिन्नता छैन । बालेन यहीबीचबाट निस्केको एउटा विम्ब मात्र हो । स्वतन्त्र रूपमा जिते पनि यहाँ दलीय आवरणले ढाकिदिने परम्परा छ । बालेन विद्यार्थी आन्दोलनमा वामपन्थी हुनुहुन्थ्यो भन्ने चर्चा भए । हो, विद्यार्थीकालमा धेरै जनाको झुकाव वामपन्थीप्रति हुन्छ । सबैथोक नबुझेको व्यक्ति भावनात्मक हुन्छ, ऊ बुझेर वामपन्थीको पछि लागेको हुँदैन । अरूको परिचालनमा हिँडेपछि स्वाभाविक रूपमा वामपन्थी हुने नै भयो, जब उसले बुझ्न थाल्छ अनि वामपन्थी झुकावबाट मुक्त हुन्छ । बालेन पनि त्यसैको प्रतिनिधि पात्र हुनुहुन्छ अहिलेका लागि, कसैबाट परिचालित भएजस्तो गुञ्जायस देखिँदैन । पूर्वतयारी, युवालाई विश्वास दिलाउन सक्ने खुबी, सामयसापेक्ष कमजोर प्रतिद्वन्द्वी, विवेकशील मतदाता तथा देशभित्र र बाहिरका युवाशक्तिको स्वतःस्फूर्त र निःस्वार्थ समर्थनले बालेनको जित भयो । जित नै सबैथोक होइन । सबैको साथ सहयोग भएन भने काम गर्न अप्ठ्यारो हुन्छ । त्यसैले बालेन राजनीतिक दाउपेचको सिकार हुने सम्भावना पनि त्यत्तिकै छ । कामको प्रकृति स्वतन्त्र भए पनि कुनै एउटा ठूलो पार्टीसँग मिल्न नसके काम गर्न अप्ठ्यारो हुन्छ । कुनै पार्टीमा प्रवेश गर्ने वा नयाँ पार्टी गठन गर्ने चुनौती बालेनसामु हुनेछ । बालेनको विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वसँगको भेट शुभकामना मात्र लिन नभई यसैको सङ्केत पनि हुन सक्छ । बन्चरेडाँडामा गएर स्थानीय बासिन्दासँग ‘म स्वतन्त्र हुँ, काम गर्न कसैले छेक्न सक्दैन’ भनेर बालेनले ओली शैली देखाउन थाल्नुभयो । यो शैली सबैका लागि पाच्य नहुन सक्छ किनकि आवेशमा मत दिए पनि नागरिक झुकाव कांग्रेस र एमालेप्रति नै छ । आफ्नो जित यथास्थितिलाई तोड्ने सङ्केत हो, पर्याप्त होइन भन्ने बालेनले बुझ्नुपर्छ । जसोतसो पाँचवर्षे कार्यकाल बित्ला । महानगरमा भ्रष्टाचारमा शून्य सहनशीलता कायम पनि होला तर जागिर खाने मात्र काम भयो भने त्यसको अर्थ रहँदैन । पाँचवर्षे कार्यकाल पाठ सिकेरै बिताउने अवस्था उत्पन्न हुनुहुँदैन, केपी ओलीको साढे तीनवर्षे प्रधानमन्त्रीत्वजस्तो । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा ओलीले पोखेको कुण्ठाले उहाँकै शक्ति क्षयीकरण भइरहेको छ । पुष्पकमल दाहालले पनि आफ्नो अस्थिर रूप देखाउन थाल्नुभएको छ । आफूलाई कम्युनिस्ट भन्नेहरूको एकआपसको आरोप÷प्रत्यारोपले राजनीति झन् प्रदूषित हुँदै गएको छ । विगतको गल्ती कमजोरीबाट दुवै नेताले पाठ सिक्ने छाँटकाँट देखिँदैन । त्यसैले यही नीति र नेतृत्वबाट राजनीतिक संरचनामा परिवर्तन आउन सक्दैन । नेतृत्वले आफ्नो अस्तित्व कायम राख्ने, समाजमा राजनीतिक र सामाजिक परिवर्तनको आभास दिलाउने हो भने पार्टीभित्रैबाट बालेनहरूलाई फुल्न र फल्न दिनुपर्छ । के बालेनलाई टक्कर दिने हैसियतका युवा दलभित्र थिएनन् र ? पार्टीभित्र व्यक्तिकेन्द्रित राजनीति हाबी हुँदाको परिणामले स्वतन्त्र बालेनहरू जन्मायो । यो विषय कांग्रेसको हकमा झन् बढी लागू हुनेछ । यही बेला दलीय नेतृत्व विवेकहीन हुनुमा व्यवस्था दोषी कि पात्रको प्रवृत्ति भन्ने प्रश्न उठिरहेका छन् । समस्या व्यवस्थामा हो कि पात्रमा ? यो प्रश्नले उत्तर खोजिरहेको छ । व्यवस्था ठीक थियो तर पात्र गतिला भएनन् भन्ने आवाज पनि मुखरित भइरहेका छन् । व्यवस्था पनि जिम्मेवार छ । व्यवस्थामा सानो परिवर्तन गर्ने हो भने पात्रको प्रवृत्तिमा सुधार आउन सक्छ । सांसद मन्त्री हुन नपाउने भनेर एउटा मात्र नयाँ व्यवस्था थपिदिने हो भने ठूलो परिवर्तन आउँछ । जसको प्रभाव धेरैतिर पर्छ । भ्रष्टाचार कम हुँदै जान्छ । निर्वाचन सस्तो हुन्छ । व्यवस्था सहज रूपमा चल्छ, यसमाथि प्रश्न उठ्दैन अहिलेजसरी । सांसदले कानुन निर्माण मात्रै गर्ने हो भन्ने सन्देश प्रवाह भयो भने खर्च गरेरै भए पनि चुनाव जित्नैपर्छ भन्ने हुँदैन । एउटा सानो त्यान्द्रोले व्यक्तिमा सुधार ल्याउन सक्छ भने किन नगर्ने ? समाजमा सदाचारी, समाजसेवी कोही पनि छैन, सबै लोभीपापी मात्र छन् । व्यक्तिलाई लोभीपापी बनाउने काम व्यवस्थाले गरेको छ । व्यक्तिलाई सदाचारी बनाउन व्यवस्था सदाचारी हुनुप-यो । बदमासी हुन दिनु भएन । मान्छे खराब हुन्छ भनेरै राज्यको परिकल्पना गरिएको हो । मान्छे खराब हुँदैनथ्यो भने राज्य नै चाहिने थिएन । हामीले अपनाउँदै आएको संसदीय व्यवस्था बेलायती नमुना हो । जर्मनीमा पनि यस्तै व्यवस्था छ । बेलायत र जर्मनीमा यो व्यवस्था सफल हुने नेपालमा मात्र किन भएन त भन्ने प्रश्न उठ्ने गर्छ÷उठाउने गरिन्छ । नेपालमा व्यक्तिमै समस्या भएकाले यो व्यवस्था उपयोगी हुन नसकेको तर्क पनि गरिन्छ । त्यो व्यवस्थाले विकास हुन्छ भनियो । कसैको व्यवस्था कपी गरेर मात्र सफल हुने होइन रहेछ, पात्रको प्रवृत्ति पनि मिल्नुपर्छ । बेलायत र जर्मनीको ऐतिहासिक सन्दर्भ, राजनीतिक संस्कार, धार्मिक अवस्था, सामाजिक तथा सांस्कृतिक मूल्यमान्यता र अन्तर्राष्ट्रिय परिवेशले त्यहाँको चरित्र निर्माण भएको छ । हाम्रो चरित्र उनीहरूसँग मेल खाँदैन । हावापानी र माटो हेरेर बिरुवा लगाउने हो तर यहाँ त्यो खालको परिवेश तय गर्नै सकिएन । व्यक्तिमा सुधार ल्याउन नसकिएपछि व्यवस्थामा सुधार खोजिएको हो । राजनीतिक पात्रमा सुधार ल्याउन नसक्नुको परिणाम हो बालेनको उपस्थिति । निर्वाचन लोकतन्त्र परिस्कृत गरी संस्कृति निर्माण गर्ने महत्त्वपूर्ण अवसर भए पनि म र मेरो भन्ने भावनाले प्रश्रय पायो । म र मेरोबाट उठ्ने दलीय चरित्र निर्माण हुनै सकेन । यो कम्युनिस्ट पार्टीभित्र मात्रै होइन लोकतान्त्रिक पार्टी भनिने कांग्रेसभित्र पनि झाँगिदो छ । यसबाट बाहिर निस्कन नसक्ने हो भने अबको निर्वाचनमा थुप्रै बालेनहरू जन्मिनेछन् । त्यसअघि पार्टीहरूले आफूभित्रका बालेनहरू चिन्ने कोसिस गरून् । पार्टीभित्रका नयाँ बालेनले सगरमाथा र बुद्ध जन्मेको देशका रूपमा मात्र नभई संस्कारको राजनीति, कूटनीति र अर्थनीतिले विश्वमा नेपाललाई चिनाउने वातावरण निर्माणको ढोका खुलाउनेछन् । अनि मात्र व्यावहारिक रूपमै स्वाधीनताको परिचय स्थापित भई नक्कली राष्ट्रवाद पराजित हुनेछ ।
हजारौं वर्षदेखि मनाइने पानी दिवस : ‘सिथी नखः’
गीता श्रेष्ठनेपाली संस्कृति, सामाजिक संस्कार र तिथी–पर्वहरुले मानव समाजको कल्याणका लागि स्थापित गरेका मान्यताहरु ओझेलमा परेका छन् । आजभोलि चाडपर्वहरु परम्परा निर्वाहमा खम्चिएर भोज–भतेर खानुमै सीमित भएको छ । हरेक चाडपर्व प्रकृति र मानव सभ्यता अनि सामुदायिक हितमा केन्द्रित रहेका छन् भन्ने दृष्टान्त वा व्याख्या–विश्लेषण नहुँदा चाड पर्वहरुलाई पुरातनपन्थका रुपमा समेत अथ्र्याउन थालिएको छ । दशैं होस् कि तिहार, छठ होस् कि माघे संक्रान्ति वा साउने संक्रान्ति– यिनको आफ्नै मौलिक विशेषता छन् र यी पर्वहरु मनाउनुको अर्थ आधुनिक विज्ञानले पनि पुष्टि गरेको छ कि यी पर्वहरु मानव स्वास्थ्य, समाज र सृष्टि संरचनाको रक्षा र निरन्तर सक्रियताकै लागि मनाइएका हुन् । हरेक पर्वहरु मानव जीवनसँग जोडिएका छन् । सिथी नखः पनि मानव जीवनसँग जोडिएको पर्व हो । यो पर्व खासमा पानीको मुहान सफा गर्ने पर्व सदियांैदेखि चलिआएको छ । आज विश्वले पानी दिवस मनाउनुपर्ने भन्दै औपचारिक दिवस मनाइरहँदा हाम्रा परम्परामा पानी संरक्षण र शुद्ध पानीको अभियान हजारौं वर्षदेखि नै चलिआएको प्रथालाई बुझ्नै सकेनौं र यस्ता महान अभियानलाई ओझेलमा पारिरहेका छौँ ।नेपालमा लिच्छविकालदेखि नै पानी संरक्षणको प्रचलन चलिआएको भए पनि आधुनिक विश्वमा भने सन् १९९३ बाट विश्व पानी दिवस माउन थालिएको हो । संयुक्त राष्ट्रसंघले सन् १९९३ मार्च २२ लाई पानी दिवस मनाउने घोषणा गरेदेखि हरेक वर्ष पानी दिवस मनाइन्छ । यो दिवसमा पानीको महत्वबारे र यसको संरक्षणका नारा घन्कन्छन्, पानीको स्रोतहरुको संरक्षण र स्वच्छ पानी कसरी उपलब्ध गराउने भन्ने योजना बन्दछ । तर जलस्रोतले सम्पन्न देश भएर पनि होला हिमालयदेखि निसृत हुने सदावहार नदीसँगै भूमिगत जलसमेत पर्याप्त भएकाले यहाँ हजारौं वर्षअघिदेखि पानीका स्रोत संरक्षण र यसको सरसफाई गर्ने पर्व नै मनाउने चलन रहिआएको हो । विशेष गरी काठमाडौं उपत्यकाका नेवार समुदायले जेष्ठ शुक्लपक्षको षष्ठी तिथिमा मनाउने पर्व सिथी नखःको विशेषता भन्नु नै पानीका मुहान र स्रोत सरसफाई गर्नु हो । आजभोलि अव्यवस्थित शहरीकरणले गर्दा यहाँ भएका ढुंगेधारा, इनार तथा कुवा र पोखरीहरु मासिएर घरघरमा धारा र जारमा भरिएका पानीका भाँडा आउने हुँदा पानी सफा गर्ने काम त्यति नहुने भए पनि यो पर्व मनाउन छाडिएको छैन । किनभने यो एक सांस्कृतिक पर्व हो र नेपालमा लिच्छविकालदेखि सिथी नखः पर्व मनाएर पानीको महत्व र त्यसको स्रोतको संरक्षणबारे मानिसलाई सचेत गराउने कार्य हुँदैआएको संस्कृतिविद्हरु बताउँछन् ।उपत्यकाको मौलिक संस्कृति यहाँका रैथाने नेवारको धरोहर हो । अथाह सांस्कृतिक भण्डार रहेको नेवार समुदायले मनाउने धेरै पर्वहरुको तुलनामा सिथी नखः फरक छ । प्रायःजसो चाडपर्वहरु नेवारको सामूहिक भोजभतेर गर्ने, मन्दिर जाने, बाजागाजा बजाउने इत्यादि रहे पनि यस पर्वमा भने पानीका परम्परागत स्रोतहरूको सरसफाई गर्ने गरिन्छ । केहीले यही दिनमा कुलदेवताको पूजा पनि गर्दछन् ।केही दशकअघिसम्म उपत्यकामा सबै टोलबासीहरू मिलेर आ–आफ्ना टोल अगाडि भएका इनार, ढुंगेधारा, कुवा, पोखरीआदि सफा गर्ने चलन थियो र अझै पनि बाँकी रहेका त्यस्ता सम्पदाहरुको सरसफाई गर्ने गरिन्छ । हिउँद सकिएर वर्षायाम सुरु हुने बेला पर्ने सिथी नखः मनाउनुको कारण इनार, कुवा सफा गर्न सजिलो हुने हुन्छ ।किनभने लामो समयदेखिको सुख्खायाम भएकाले यसबेला पानीको सतह पूरै घट्ने भएकाले इनार, कुवा, पोखरी र ढुंगेधारा सफा गर्न सजिलो हुन्छ । सिथी नखःका दिन मुहान सफा गयो भने वर्षभरि पानीको अभाव हुँदैन भन्ने जनविश्वास छ । सिथी नखःको दिन सफा गरेको इनार, ढुंगेधारा, कुवा र पोखरीको पानी चार दिन नभएसम्म चलाउन नहुने चार दिनपछि पूजा गरेर पानी चलाउने चलन छ ।पानीको मुहान सफा गरेपछि पानी जम्न समय लाग्नुका साथै फोहोर हुने भएकाले चार दिनपछि मात्रै चलाउने गरिन्छ । त्यसो त सिथी नखःको दिन पनि भोज नखाने होइन । यो दिन मास, मुगी, केराउलगायतका पकवान पकाउने चलन छ । यस दिन बारा, चटामरी, पापड, मालपुवा, र म्हुछ्यामारी आदि पकवान खाने चलन छ ।खाद्यान्न विज्ञान र प्रकृतिको अनुपम मिलनको चाडका रूपमा समेत यसलाई लिन सकिने संस्कतिविद्हरु बताउँछन् । मौसम अनुसारको पर्व र सोही अनुसारको खानेकुरा खाने नेवारी समुदायको प्रचलनअनुरुप सिथी नखःमा खाने बारा, चटामरीलगायतका परिकारले शरीरलाई तन्दुरुष्त राख्न मद्दत पुग्ने उनीहरुको चलन छ । जसरी साउने संक्रान्तिमा क्वाटी खानु, माघे संक्रान्तिमा घीउ चाकु खानु शरीरमा तागत बढाउन र रागेव्याधीसँग लड्ने क्षमतावृद्धिकै लागि हो ।पानीको पूजा आराधना गरी यसै दिनदेखि रोपाईको शुरुआत गरिने चलन पनि छ । यस दिन स्थान विशेषअनुसार असारे गीत, कौला राग आदि गाउने गरिन्छ । यस पर्वका अवसरमा मध्यकालमा काठमाडौँका दुई टोलका मानिस युद्ध गरेको नाटक गर्ने परम्परा थियो । लडाइँमा चोटपटक लागी मानिस घाइते हुन थालेपछि जङ्गबहादुर राणाले यो चलन बन्द गराएको भन्ने भनाइसमेत छ ।जेष्ठ शुक्ल सप्तमीका दिन क्षेत्रपाटीस्थित नःघल टोलमा रहेको कुमार कार्तिकेयको मन्दिरमा पूजा सामग्रीसहित विभिन्न प्रकारका नैवेद्य लिएर पूजा गर्न जाने चलन छ । जेष्ठ शुक्ल सप्तमीको दिन राति कुमार कार्तिकेयलाई खटमा राखी राजधानी शहरका विभिन्न स्थानमा घुमाउने गरिन्छ । कुनै पनि चाडपर्व, जात्राहरुको मूल उद्देश्य भोजभतेर खानु मात्र कदापी हैन, हामीले चाडपर्व मनाउँदा यसको तात्विक अर्थ र महत्व बुझ्न जरुरी छ । आजको पुस्तालाई यस्ता पर्वहरुको विशेषता र मौलिकता अनि विश्वमा प्रचलनमा रहेका अभ्यासहरुको तुलना गरेर संस्कृति संरक्षणमा जागरुक पनि बनाउनु आवश्यक छ । पर्वहरुको विशेषता नै हाम्रो सभ्यताको चिनारी हो र हाम्रो संस्कृति नै हाम्रो सम्पत्ति हो भन्ने मान्यताको विकास गर्नुपर्ने समय आइसकेको छ । हामीले मनाउने हरेक चाडपर्वहरुलाई वैज्ञानिक पक्षबाट हेर्ने, बुझ्ने र बुझाउने काम गर्न अब ढिला भैसकेको छ । संस्कृति मासिनु भनेको मानिसको चिनारी हराउनु हो । उसको आफ्नो मौलिकता गुमाउनु हो । अझ वैदिककालसम्म जोडिएको नेपालका हरेक जातजाति, क्षेत्र, सम्प्रदायले मनाउने चाडपर्वहरु समग्र मानवहितमा समर्पित छन् र यिनको एउटै मात्र उद्देश्य मानव स्वास्थ्य, वातावरण संरक्षण र प्रकृति रक्षा हो भन्ने मान्यता पुनःस्थापित गर्नुपर्दछ । किनभने, नेपालको हरेक चाडपर्व प्रकृति संरक्षण र मानव हितमा समर्पित छ । यसमा रहेका परम्परागत पक्षहरुलाई रुढीवादको जामा पहिराएर पश्चिमाले नारा घोकाइदिएपछि मात्र त्यसको महत्व सम्झने गर्दछौं । हजारौं वर्षदेखि सिथी नखःले पानीका मुहान सँधै सफा राख्नु पर्दछ भनेर बसालिएको प्रथालाई बेवास्ता गर्दै पश्चिमाले पानी दिवस भनेपछि त्यसको पछिलाग्दा हामी सांस्कृतिक अतिक्रमणको शिकार भैरहेका छौँ ।अरुले भनिदिएको सबै राम्रो मान्दै त्यसैको पछिलाग्ने गर्दा हामीले हाम्रो मौलिकता भुल्दै गएका छौँ । नेपालमा रहेका हरेक जातजातिको चाड पर्व नेपाली संस्कृति हो र यो संस्कृति वैदिक संस्कृतिको एउटा अंग हो भन्ने भुलेर जातीय विभेदमा रुल्मुलिएर मौलिकता नष्ट गरिरहेका छाँै ।हाम्रा चाडपर्व र संस्कृति कति वैज्ञानिक र दूरदृष्टिकोणले युक्त रहेका छनु भन्ने तथ्य सिथी नखः र आज देखापरेको पानीको समस्याले नै स्पष्ट गर्दछ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा दुई अर्ब भन्दा बढी मानिस सुरक्षित पिउने पानीबाट वञ्चित छन् । झण्डै पौने दुई अर्ब मानिस फोहोर र मानव मलको अंश मिश्रित पानी पिउन बाध्य छन् । असुरक्षित पानी र कमजोर सरसफाईका कारण हरेक वर्ष करिब दश लाखजनाको मृत्यु हुने गरेको छ । यो अहिलेको समस्या नेपाली समाजले हजारौं वर्षअघि नै देखेको थियो र पानी सफाईको अभियान चलाउन धार्मिक मान्यता र संस्कार स्थापित गरियो– ‘सिथी नखः’का रुपमा ।विश्वमा तीव्रगतिमा जनसंख्या वृद्धि भएसँगै पानीको चुनौती थपिएको छ । सन् २०५० सम्ममा विश्व जनसंख्या नौ अर्ब पुग्नेछ तर पानीको माग हालभन्दा ३० प्रतिशतले बढ्नेछ । आगामी दिनमा पानीको समस्या अझ जटिल बन्दै जानेछ । अझ तेस्रो विश्वयुद्ध भएको अवस्थामा त्यो पानीकै लागि हुने समेत बताउन थालिएको छ । यस्तो चिन्ताजनक भविष्य वाणीकाबीच जलस्रोतमा धनी, जैविक विविधतालेयुक्त नेपालको प्राकृतिक वातावरण जोगाउन र मानव सभ्यतालाई बचाउन चाडपर्वहरुको संरक्षण, प्रवद्र्धन र यसका वैज्ञानिक पक्षहरुका प्रचारप्रसार हुनु जरुरी छ ।
सुदूरपश्चिमको सञ्चारमा लैङ्गिक अवस्था
जुन कुरा लुकाउन खोज्छन्, त्यो समाचार हो, जुन कुरा सार्वजनिक गर्न खोज्छन् त्यो केवल विज्ञापन हो । समाचारको यो परिभाषाले नै पत्रकारिता पेसाको महत्त्व र चुनौतीलाई दर्शाउँछ । अन्य पेसाभन्दा पत्रकारिता पेसा जोखिम र चुनौतीपूर्ण पेसाका रूपमा लिइन्छ । नेपाली पत्रकारिताले आफ्नो धार बनाउँदै जाँदा यस चुनौतीपूर्ण पेसामा पत्रकार महिलाको आकर्षण पनि दिनानुदिन बढ्दै गएको छ । पत्रकारिता क्षेत्रमा महिलाको सहभागिता बढ्दै जानुलाई नेपाली समाज रूपान्तरण हुँदै गएको अर्थमा पनि लिन सकिन्छ ।
प्राथमिकतामा नपरेका शिक्षक
वि.सं. २०३७ मा भएको जनमत सङ्ग्रहको नतिजाले सुधारिएको पञ्चायती व्यवस्थाको घोषणा गरे पनि शिक्षकको सेवा, सुविधा र अवस्थामा कुनै सुधार हुन सकेन । शिक्षकको सेवा सर्त र सुविधा विद्यालय र स्थानीय तहमा निहीत थियो, कतै एकरूपता थिएन ।
वायु प्रदूषणको जोखिममा बालबालिका
विश्व स्वास्थ्य सङ्गठनद्वारा ‘एयर पोलुसन एन्ड चाइल्ड हेल्थ प्रेस्क्राइबिङ क्लिन एयर’ शीर्षकबाट वायु प्रदूषण एवं बाल स्वास्थ्यबारे तय गरी जारी गरिएको प्रतिवेदन हो । वैश्विक स्तरमा १५ वर्षभन्दा कम उमेरका लगभग ९३ प्रतिशत केटाकेटी प्रत्येक दिन यस्तो हावामा सास फेर्छन्, जुन प्रदूषित हुने गर्छ । यस्तो प्रदूषित वायुले बालबालिकाको स्वास्थ्य एवं विकासमा गम्भीर प्रभाव पार्छ । जसका कारण कैयौँ बालबालिकाको मृत्युसमेत हुने गर्छ । विश्व स्वास्थ्य सङ्गठनको अनुमानअनुसार सन् २०१८ मा छ लाख बालबालिकाको प्रदूषित वायुका कारण हुने सङ्क्रमणका कारण मृत्यु भएको थियो ।
बहुपति प्रथा घट्दै
बहुविवाह त सबैले सुनेकै शब्द हो तर धेरैलाई बहुपति प्रथाका बारेमा ज्ञान नहुन पनि सक्छ । यो एक प्रकारको विवाह गर्ने प्रथा हो । हिमाली जिल्लामा लामा समुदायले धेरै पहिलेदेखि नै यो चलनलाई अनुसरण गर्दै आएका छन् । हुम्लामा अहिलेको ११औँ पुस्ताअघिदेखि बहुपति प्रथा
गठबन्धन भत्काउने एमाले अभियान
राजनीतिमा जबजब परिस्थिति फेरिन्छ, नेताहरूका रणनीति पनि बदलिने गर्छन् । स्थानीय तह निर्वाचन परिणामले राजनीतिक दलको हैसियत र परिस्थितिमा बदलाव आएको प्रतीत हुन्छ । हिजो सहज अवस्थामा रहेका दल आज पीडादायी अवस्था भोग्दैछन् भने दुःखी भएकाहरू बौरिने अवस्था निर्माण भएको छ ।
बजेटमा कृषिलाई प्राथमिकता
विभिन्न आन्तरिक तथा बाह्य कारणले विगत केही समयदेखि मुलुकका प्रमुख आर्थिक परिसूचक सन्तोषजनक अवस्थामा नरहेको तथ्याङ्क प्रकाशित भएका छन् । वर्तमान आर्थिक अवस्थासँग सम्बन्धित मुद्दामा छलफल हुने क्रममा विभिन्न प्रश्न पनि उब्जिने गरेका छन् ।
समृद्धिका लागि जलकूटनीति
परम्परागत दृष्टिकोणबाट विश्लेषण गर्ने हो भने कूटनीतिलाई शाब्दिक र पेसागत रूपमा उति सारो प्रिय सकारात्मक नलाग्न पनि सक्छ । हाम्रा धार्मिक र पौराणिक कथामा पनि कूटनीतिलाई फरक समूह वा राज्यबीच अभ्यास गरिने एक किसिमको छलछाम वा कुटिल दाउपेचकै श्रेणीमा राखेर सोहीअनुसार यसको औचित्य पुष्टि गर्न खोजिएको छनक पाइन्छ । तथापि आजको आधुनिक विश्वसमुदायमा कूटनीतिलाई अन्तर्राष्ट्रिय सम्बन्धको एक अभिन्न र अपरिहार्य गरिमापूर्ण पेसाका रूपमा हरेकजसो मुलुकले अवलम्बन गर्दै आएको पाइन्छ । मुलुकको राष्ट्रिय हित र सरोकारलाई केन्द्रमा राखेर छिमेकी वा सरोकारवाला मुलुकसँग चातुर्यतापूर्ण र विशिष्ट सीप र कौशलका साथ प्रस्तुत गरिने व्यवहारका रूपमा कूटनीतिको दायरा फराकिलो र मर्यादित हुँदै गएको छ ।
उपलब्धिमूलक सहकार्यको यात्रा
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको पाँचदलीय गठबन्धनले स्थानीय तह निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सफलतापूर्वक सम्पन्न गरेको छ । देशभरि कोभिडविरुद्ध भ्याक्सिनको वितरणपछि कोरोनाको जोखिम केही कम भएको मौका पारेर देशका ७५३ स्थानीय तहमा एकै दिनमा सम्पन्न भएको निर्वाचनमा जनताको उत्साहजनक सहभागिता रहेको पाइयो । यो लोकतन्त्रको स्वास्थ्यका लागि हितकर छ ।
स्थानीय नेतृत्वको जिम्मेवारी
गणतन्त्र संस्थागत भएपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । केही छिटफुट घटनाबाहेक सौहार्दपूर्ण रूपमा निर्वाचन समापन हुनु सुखद पक्ष हो । ७५३ तहमा एकै चरण भएको निर्वाचनको अन्तिम नतिजासमेत सार्वजनिक भएका छन् । निर्वाचित जनप्रतिनिधिहरूले आफ्नो पदवहाली गरी कार्य थालनी भइसकेको छ । निर्वाचन स्थानीय भए पनि यसको महìव र सन्देशचाहिँ राष्ट्रिय राजनीतिमा निकै अनुपम अनि औलिकक थिए । यसपछिका जिम्मेवारी भने अझै उच्च र स्वतः बढी ओझपूर्ण छन् ।