• २ जेठ २०८२, शुक्रबार

बेपत्ता युवती मृत फेला

blog

साहारा लिम्बू 

फुङ्लिङ, जेठ १ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा एक युवती मृत अवस्थामा फेला पर्नुभएको छ । वैशाख ३० गतेदेखि हराउनुभएकी गाउँपालिकाको वडा १ खानीटोल चित्रेकी २४ वर्षीया युवती मृत फेला पर्नुभएको हो । 

हराएको दुई दिनपछि वर्षा तामाङ बिहीबार ११ः३० बजे खानीटोलस्थित जङ्गलमा मृत अवस्थामा फेला पर्नुभएको मैवाखोला गाउँपालिका वडा १ का वडा अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता चन्द्र तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरीको अनुसन्धानपछि शब पोस्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको छ । 

यसअघि पनि मैवाखोला गाउँपालिका –१ ढुङ्गेसाँघु गैरीगाउँका ३४ वर्षीय मनोज थोप्रा लिम्बू मृत फेला पर्नुभएको थियो । बेपत्ता भएको तेह्र दिनपछि उहाँलाई मृत अवस्थामा फेला पारिएको थियो । थोप्राको शव मैवाखोला गाउँपालिका र मेरिङ्देन गाउँपालिकाको सिमाना भई बग्ने मैवाखोला किनार नजिक सोमबार फेला परेको थियो ।