उत्प्रेरणा सङ्गठनात्मक उद्देश्य हासिल गर्नका लागि सङ्गठनमा आबद्ध सदस्यमा काम गर्ने तीव्र चाहना, इच्छा र जागरण अत्यावश्यक हुन्छ । त्यसलाई उत्प्रेरणा भनिन्छ र उत्प्रेरणाको शाब्दिक अर्थ अग्रसर बनाउनु हो । उत्प्रेरणाले सङ्गठनात्मक कार्य गर्न बल प्रदान गर्छ । उत्प्रेरणा मनोवैज्ञानिक मानवीय पक्ष हो । यो कामप्रति उत्सुकता जगाउने प्रविधि हो ।
कुनै पनि सङ्गठन वा निकायमा काम गर्ने कर्मचारीलाई आफ्नो कामप्रति सन्तुष्टि दिलाउन उत्प्रेरणाले महìवपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । आन्तरिक इच्छा वा भावनालाई उत्प्रेरणाको रूपमा लिन सकिन्छ । आवश्यकता पूर्तिका लागि सकारात्मक र रचनात्मक रूपमा गतिशील वा अग्रसर हुनु उत्प्रेरणा हो । मनमा उठेको प्रेरणा, भित्री प्रेरणा, शैक्षिक क्रियाकलापमा विद्यार्थीको उत्सुकता सिर्जना गरी त्यसलाई उद्देश्यपूर्तिका लागि अखण्डित बनाइरहने प्रक्रिया र अभिप्रेरणा नै उत्प्रेरणाको रूपमा बृहत् नेपाली शब्दकोशले अर्थ लगाएको छ । उत्प्रेरणाले कुनै कार्य गर्न वा नगर्न मानिसलाई अग्रसर गराउँछ ।
उत्पादनका अनेक संसाधनमध्ये सजीव वा गतिशील संसाधनमा सबैभन्दा महìवपूर्ण साधन मानवस्रोत हो । कुनै पनि क्षेत्रमा उत्प्रेरणालाई मनोवैज्ञानिक ऊर्जाको संज्ञा दिई स्वीकार गरिएको छ । मानव जीवनको हरेक चरणमा उत्प्रेरणा उपयोगी भएजस्तै व्यापारिक सङ्घ संस्थाका लागि समेत अत्यावश्यक छ । व्यवस्थापकीय कार्यहरूमा उत्प्रेरणाले प्रमुख स्थान ओगटेको छ । उत्प्रेरित कर्मचारी सङ्गठनको बहुमूल्य सम्पत्ति हुन्, जसले सङ्गठनलाई आफ्नो व्यावसायिक गतिविधिहरू सञ्चालन गर्न सक्षम बनाउन ठूलो मूल्य प्रदान गर्छ ।
उत्प्रेरणाकै कारण सङ्गठनले आफ्नो पूर्वनिर्धारित उद्देश्य र लक्ष्य हासिल गर्न सफल हुन्छ । सङ्गठनका कर्मचारीलाई कुन विधि, प्रविधि, प्रक्रिया वा सिद्धान्त अवलम्बन गर्दा उनीहरू कामप्रति उत्प्रेरित हुन्छन् भन्ने सन्दर्भमा विभिन्न अध्ययन, अनुसन्धान, अभ्यास र प्रयोग भएका छन् । उत्प्रेरणा जटिल र व्यक्तिगत प्रकृतिको हुन्छ । सङ्गठनात्मक व्यवहारअन्तर्गत उत्प्रेरणाको उत्पादन, उत्पादकत्व र कार्यसम्पादनसँग नजिकको सम्बन्ध रहेको हुन्छ ।
विलियम जी. स्कोटले लक्षित उद्देश्य प्राप्त गर्न मानिसलाई काम गर्न उत्साहित गर्नु, डिसेन्जो र रोबिन्सले उच्च मेहनत गर्ने इच्छा र व्यक्तिगत उद्देश्य प्राप्ति गर्ने सर्तका रूपमा, डाल्टन फारल्यान्डले विशेष गरी मनोवैज्ञानिक र कर्मचारीहरूलाई निश्चित तरिकाले काम गर्न वा नगर्न तत्पर बनाउने सबै तìवसँग सम्बन्धित, कुन्ज र डोनेलले उत्साह, इच्छा, आवश्यकता तथा काम गर्न प्रेरित गर्ने तìवको रूपमा उत्प्रेरणाको परिभाषा गरेका छन् ।
अमेरिकी प्रसिद्ध मनोविद् अब्राहम हारोल्ड मास्लोले मानिसका अनन्त आवश्यकतामध्ये एउटा आवश्यकता पूरा भएपश्चात् अर्को आवश्यकताको शृङ्खला सुरु हुनेतर्फ सङ्केत गर्दै शारीरिक, सुरक्षा, सामाजिक, सम्मान र उच्च मानसिक सन्तुष्टिसम्बन्धी आवश्यकता गरी पाँच सिद्धान्तको उल्लेख गरेका छन् । यी आवश्यकता प्राथमिकताको आधारमा एकपछि अर्को आवश्यकता शृङ्खलाबद्ध अगाडि बढ्दै जान्छ । यस सिद्धान्तबमोजिम कर्मचारीको आवश्यकता क्रमिक रूपमा पूरा हुँदै गएको अवस्थामा काम गर्न उत्प्रेरित हुन्छन् ।
उत्प्रेरणा सफल व्यवस्थापनको सबैभन्दा महìवपूर्ण पक्ष हो । केही व्यवस्थापनविद्ले उत्प्रेरणालाई जटिल र निराशाजनक मुद्दा लिएको पाइन्छ । मुख्य प्रश्न कर्मचारीलाई कसरी उत्प्रेरित गर्नेभन्दा पनि व्यवस्थापनले उत्प्रेरित कर्मचारीहरूलाई कसरी दिगो एवं टिकिरहने वातावरण मिलाउने र उत्प्रेरणा नष्ट हुनबाट रोक्न अवलम्बन गरिने स्वाभाविक प्रक्रियाको रूपमा डेभिड सिरोटाले जोड दिएका छन् ।
कार्यसन्तुष्टि
सामान्य भाषामा कामकाज, क्रियाकलाप, गतिविधि वा कुनै संस्था वा व्यक्तिले तोकिदिएको वा आफैँले पूरा गर्नुपर्ने जिम्मेवारी नै कार्य हो । यस्ता कार्यहरू शारीरिक/मानसिक हुन सक्छन् । सुख, आनन्द, खुसी र शान्त अनुभूति नै सन्तुष्टि हो । सकारात्मक सोचविचार, असल व्यवहार, प्रवृत्ति र विश्वासको भाव मुखाकृतिमा देखिने मनोवैज्ञानिक एवं भावनात्मक प्रसन्नताको रूप सन्तुष्टि हो । कुनै पनि सङ्गठनमा सङ्गठनात्मक अनुसन्धानका लागि कार्यसन्तुष्टिले बृहत् क्षेत्र ओगटेको हुन्छ । सङ्गठनको सफलता सङ्गठनमा कार्यरत कर्मचारीको कार्यसन्तुष्टिमा निर्भर रहन्छ । कर्मचारीमा कार्यसन्तुष्टिको भाव झल्किएको अवस्थामा संस्थाको पूर्वनिर्धारित दूरदृष्टि, लक्ष्य, उद्देश्य र कार्यक्रम सफल हुन्छन् । कुनै व्यक्तिको कार्य वा कुनै संस्थामा कार्यरत कर्मचारीको कार्यानुभवको मूल्याङ्कनबाट उत्पन्न हुने सुखद वा सकारात्मक भावनात्मक अवस्था नै कार्यसन्तुष्टि हो ।
फ्रेड लुथान्सले कार्यसन्तुष्टि भनेको कर्मचारीहरूका धारणाको परिणाम हो उनीहरूले उपलब्ध गराएको काम कति सकारात्मक छ त्यसबाट सेवाग्राही र सङ्गठनको पूर्वनिर्धारित लक्ष्य पूरा भयो भएन त्यसैलाई नै महìवपूर्ण रूपमा हेरिन्छ । रोबिन्सले कार्यसन्तुष्टिलाई कर्मचारीको वस्तुपरक सामान्य प्रवृत्ति मापनको रूपमा परिभाषित गरेका छन् । पीसी स्मिथले व्यक्तिगत, समूहगत र सङ्गठनात्मक तìवहरूले कार्यसन्तुष्टिलाई प्रभाव पार्छ भनेका छन् । सङ्गठनमा टिकिरहने वा छोडेर जाने भन्ने सन्दर्भमा कर्मचारीले कार्यसन्तुष्टिका आधारमा निधोे गर्दछ । कार्यप्रति सन्तुष्ट हुने सङ्गठनमा बसिरहने र सन्तुष्ट हुन नसकेका अन्यत्र काम खोज्ने वा छोडेर जान्छन् ।
कामको अवस्थाका लागि भावनात्मक प्रतिक्रिया रूपमा रिचार्ड होजगेटले कार्यसन्तुष्टिको परिभाषा गरेका छन् । व्यक्तिले कामबाट प्राप्त गरेको नतिजाले प्रदर्शित गर्ने सकारात्मक समग्र दृष्टिकोण वा अनुभूतिको योगलाई कार्यसन्तुष्टिको रूपमा लिइएको छ । संवेगात्मक प्रतिक्रिया, परिणाम र सम्बद्ध प्रवृत्तिलाई कार्यसन्तुष्टिको आयामको रूपमा लिइएको छ । सङ्गठनले आफ्ना कर्मचारीलाई कार्यसन्तुष्टि दिने किसिमले आक्रामक शैली उपयोग गर्नुपर्छ । कुन कारणले कामप्रति कर्मचारीले असन्तुष्टि महसुस गरेका छन्, सोको पहिचान गरी रक्षात्मक शैलीको उपयोग गर्नुपर्छ । व्यवस्थापनले कर्मचारीहरू कुन–कुन तìव भए कार्यप्रति सन्तुष्टि व्यक्त गर्छन् र कुन–कुन तìवको अभावमा कार्य असन्तुष्टि देखाउँछन् सो पत्ता लगाउन आक्रामक वा रक्षात्मक दुवै शैली प्रयोग गर्नुपर्छ ।
सङ्गठनमा काम गर्ने कर्मचारीको कार्यसन्तुष्टि/असन्तुष्टि गणितमा जस्तो मापनको सर्वमान्य सिद्धान्त वा निर्धारक तìव पाउन सकिन्न । त्यस्ता निर्धारक तìव व्यक्तिपिच्छे रुचि र मागअनुसार फरक हुने गर्छ । सिद्धान्त/निर्धारक तत्व भौतिक/मनोवैज्ञानिक र मौद्रिक/गैरमौद्रिक दुवै हुन सक्छ । कर्मचारी स्वयं, सङ्गठनात्मक व्यवहार, सङ्गठन स्वयं, तलब भत्ता, सेवा सुविधा, कार्यसम्पादन, पदोन्नति, तालिम, भ्रमणको अवसर, कार्यवातावरण, कार्यपरिणाम, कार्यस्थललगायतले कार्यसन्तुष्टिमा प्रभाव पार्न सक्छ । सङ्गठनमा कार्यरत कर्मचारी कामप्रति सन्तुष्टि नभएको अवस्थामा अन्यत्र संस्थामा जाने वा काम छोड्ने प्रवृत्ति वृद्धि हुन सक्छ, जसको कारण सङ्गठनको उत्पादकत्वमा ह्रास आई दीर्घकालसम्म सङ्गठन नै बन्द गर्नुपर्ने अवस्था आउन सक्छ ।
अन्तरसम्बन्ध
कर्मचारीले आफ्नो सङ्गठनमा काम गर्दा अन्तरहृदयबाट प्राप्त गर्ने भावनात्मक आत्मसन्तुष्टिको प्रतिक्रिया नै कार्यसन्तुष्टि हो । उच्च उत्प्रेरणाबाट कार्यसन्तुष्टि प्राप्त हुन्छ । कर्मचारीलाई जति धेरै कामको भूमिकामा दिइन्छ त्यति नै उत्प्रेरित भई सङ्गठनमा जिम्मेवारपूर्ण काम गर्छन् । यसबाट व्यवस्थापकलाई सङ्गठन सञ्चालन गर्न सरल र सहज हुने अध्ययन, सर्वेक्षण र अनुसन्धानको प्रतिवेदनको निष्कर्ष रहेको पाइन्छ । न्यून उत्प्रेरणा र न्यून कार्यसन्तुष्टिले मनोबल, मनोवृत्ति र उत्पादनशील हुन थप इच्छालाई प्रतिकूल असर गर्छ । कार्यसन्तुष्टिले आफ्नो कार्यालयमा अनुपस्थित हुने मात्रा घटाउँछ, गुनासाहरू न्यूनीकरण गर्न सहयोग पु¥याउँछ र उत्पादकत्वको उच्चस्तर बढाउनेतर्फ प्रोत्साहन गर्नेछ । सङ्गठनले कर्मचारीहरूलाई कामप्रति उत्प्रेरित गराउँदा उनीहरूको मानसिक अवस्था र शारीरिक स्वास्थ्यमा समेत सुधार ल्याउँछ, अनुपस्थितिको समस्या समाधान हुन सक्छ र तनावमा कमी ल्याउँछ ।
मानव मनोविज्ञान बुझ्दा व्यवस्थापक, पर्यवेक्षक र मानवस्रोत संसाधन पेसेवारहरूलाई उत्प्रेरणा र कार्यसन्तुष्टिका मुद्दाहरू सम्बोधन गर्न सरल हुन्छ । कार्यसन्तुष्टिले उत्पादकत्व बढाउन सक्छ । खुसी र प्रसन्न कर्मचारी बढी उत्प्रेरित हुन्छन् र कार्यस्थलमा गुणस्तरीय सेवा प्रदर्शन सक्षम हुने धेरै रोजगारदाताहरूले निष्कर्ष निकालेका छन् ।
कर्मचारीको सन्तुष्टिले कार्यमा देखिने त्रुटि/कमजोरीहरू कम गर्न, कामका दौरानमा आउने द्वन्द्वहरू न्यूनीकरण गर्न, व्यवसायको कारोबार र नाफा बढाउन सक्छ । कर्मचारीको कामसँग सन्तुष्टि वा असन्तुष्टिमा तलब र लाभहरू, वृत्ति विकासका अवसर, सहकर्मीसँगको सम्बन्ध आदि कारकको संयोजनको परिणाम हुन सक्छ । मास्लोको उत्प्रेरणाको शृङ्खलालाई सङ्गठनात्मक सन्दर्भमा अनुकूलन गर्ने हो भने कामदारले सामान्यतया गाँस, बास, लत्ताकपडा, शारीरिक सुरक्षा, आवास, यौन, विश्राम, सम्पत्तिको सुरक्षा, सेवाको प्रत्याभूति एवं सुरक्षा र चिकित्सा हेरचाहजस्ता न्यूनतम बाह्य आवश्यकता पूरा गर्न खोज्छन् । कार्यसन्तुष्टि र उत्प्रेरणा एकअर्कामा निर्भर र अन्तरसम्बन्धित छन् । मानिसहरूले आफ्नो जीवनको अधिकांश उर्वर उमेर काममा बिताउँछन् र उनीहरूलाई कार्यस्थलमा कुन–कुन कारक तत्वद्वारा सुखी र खुसी बनाउन सकिन्छ भन्ने कुरा बुझ्नु व्यवस्थापनको महत्वपूर्ण कार्य हुन आउँछ । कार्यसन्तुष्टिलाई असर गर्ने कारकहरूले कर्मचारीको सन्तुष्टिका साथै व्यवसायको नाफामा सकारात्मक वा नकारात्मक दुवै प्रभाव पार्छ । तर तिनीहरूको सन्तुष्टि के हो भनेर बुझ्न पनि उत्तिकै महìवपूर्ण छ । कर्मचारीको कार्यसन्तुष्टि बुझ्न र कार्यस्थलमा व्यक्तिहरू कसरी उत्प्रेरित हुन्छन् भन्ने बारेमा समेत अन्तर्दृष्टि प्राप्त गर्नुपर्छ ।
सङ्गठनका लागि सबैभन्दा महत्वपूर्ण स्रोत मानवस्रोत पुँजी हो । मानव पुँजीलाई उत्प्रेरणा जगाएर वा कार्यसन्तुष्टि प्रदान गरेर सङ्गठनले आफ्नो लक्ष्य पूरा गर्न सक्छ । वास्तवमा कर्मचारीको सन्तुष्टि र उत्प्रेरणा कुनै पनि सङ्गठनको सफलतामा योगदान गर्ने दुई महत्वपूर्ण कारक हुन् । कर्मचारी सन्तुष्टि कार्यस्थलमा कार्य र व्यवहार पछाडिको ड्राइभिङ फोर्स हो । जब कामप्रति कर्मचारी उत्प्रेरित भई कार्यसन्तुष्टिको महसुस गर्छन् तब सङ्गठनले पनि आफ्नो उद्देश्यमा पुग्न समर्थ हुने भएकोले उत्प्रेरणा र कार्यसन्तुष्टि बीच अन्तरसम्बन्ध र अन्योन्याश्रित सम्बन्ध रहेको पुष्टि हुन्छ ।