सफल जलवायु कूटनीति, राजनीतिक दरिलो प्रतिबद्धता, दलहरूबिच ऐक्यबद्धता जस्ता कुराहरूमा दृढ भूमिका खेल्न सकेमा कैयाँै चुनौतीबिच पनि नेपालले विश्वस्तरमा नेतृत्वको अवसरदेखि स्थानीयस्तरसम्म अनेक लाभ लिन सक्ने छ । यस्तो सुवर्ण अवसर यही सगरमाथा संवादबाट प्रारम्भ हुन सक्ने छ ।
विश्वभर कार्बन उत्सर्जनबारे तथ्याङ्क हेर्दा चीन, अमेरिका र भारत यी तीन देशले मात्रै विश्वमा झन्डै आधा अर्थात् ४६.२ प्रतिशत उत्सर्जन गर्छन् । साना सय देशले २.९ प्रतिशत उत्सर्जन गर्छन् । नेपाल यो मामिलामा उत्कृष्ट छ । किनभने यहाँ उत्सर्जनको अवस्था अति न्यून अर्थात् ०.०४ प्रतिशतभन्दा पनि कम छ । बरु सञ्चितीकरणमा योगदान छ । पृथ्वीको तापव्रmम असामान्य तरिकाले बढाउने एक प्रमुख कारण कार्बन उत्सर्जनमा सबैभन्दा बढी भूमिका विश्वका ठुला र शक्ति राष्ट्रहरूको रहे पनि त्यसको सिकार त्यसका कारक नै नरहेका देशहरू बन्नु परिरहेको छ । नेपाल त्यसको उदाहरण र प्रमाण हो । अर्थात् नेपालका लागि नखाएको विष लागे जस्तै भइरहेको छ ।
जलवायु परिवर्तनबाट विश्वभर अनेक नकारात्मक परिदृृश्य देखिरहेको बेला त्यसको प्रत्यक्ष प्रभाव नेपालसम्मै आइपुगेको छ । कार्बन सञ्चितीकरण गरेर वातावरण संरक्षण र स्वच्छतामा उच्च योगदान गरिरहेको नेपालका अनेक क्षेत्रमा यसको सिधा प्रभाव परिरहे पनि नकारात्मक परिणामका प्रमुख कारक रहेका ठुला राष्ट्रहरूले न त नेपालको योगदानको कदर गरेका छन् न त क्षतिपूर्ति नै दिएका छन् । खासमा यसबारे अन्तर्राष्ट्रिय समुदाय गम्भीर देखिएको छैन । अहिले यो सबैभन्दा चिन्ता र चासोको विषय बनिरहेको छ । अनेक तथ्यहरूले पुष्टि गरेका छन् कि जलवायु परिवर्तनबाट भइरहेका प्रभावका दृष्टिले दक्षिण एसिया सबैभन्दा बढी जोखिममा रहेको छ । त्यसमा पनि कार्बन उत्सर्जन र तापमान वृद्धिमा भूमिका नरहेको नेपाललगायत अल्पविकसित देशको जनजीवनमा पीडादायी प्रभाव परिरहेको छ ।
नेपाल सन्दर्भकै कुरा गरौँ । जलवायु परिवर्तनबाट यहाँका कृषि, ऊर्जा, पानी, पर्यटन, जनस्वास्थ्य, जैविक विविधतालगायतका तमाम क्षेत्रहरूमा प्रत्यक्ष प्रभाव परिरहेको छ । उच्च हिमाली क्षेत्रका हिमनदीहरू तीव्र गतिमा पग्लिँदै गएका छन् । हिमताल फुट्ने र जनधनको ठुलो क्षति पु¥याउने घटना दोहोरिरहेका छन् । पानी पर्ने बेलामा परेको छैन, नपर्ने बेलामा पर्न थालेको छ । अर्थात् नियमित मौसम चव्रm बिथोलिएको छ । कहिले असाध्यै वर्षा त कहिले असाध्यै सुक्खा जस्तो अनियमित शृङ्खलाका कारण बाढी–पहिरो जस्ता घटनाबाट जनधनको ठुलो क्षति हुन थालेको छ ।
जलवायु प्रभावबाट ऊर्जा उत्पादन, जैविक विविधता, मानव स्वास्थ्यलगायतका थप अनेक क्षेत्रमा पनि नकारात्मक प्रभाव परिरहेको छ । जस्तो कि स्वच्छ पानी र सफा हावामा कमी देखिन थालेको छ । अत्यधिक गर्मीका कारण डेङ्गु, हैजालगायतका रोग तथा सङ्व्रmमण बढ्न थालेका छन् । तापव्रmम बढ्ने व्रmमकै कारण रैथाने वनस्पति, तिनका प्रजाति, कैयौँ वन्यजन्तु, पशुपन्छी लोप हुने खतरा बढिरहेको छ, कैयौँ लोप भइसकेका छन् । बसोबास क्षेत्रमा प्रतिकूल वातावरणका कारण कैयौँ जीव र वन्यजन्तुहरू बसाइँ सरिरहेका छन् । जलस्रोतको धनी देशमै पनि ऊर्जा उत्पादनमा बाधा आउन थालेका छन् । वर्षा हुने र हिउँ पग्लिने प्रव्रिmयामा अनियमितताका कारण जलाशय सुक्ने र जल ऊर्जा उत्पादनमा समेत प्रतिकूल अवस्था आउने सङ्केत देखिँदै छन् ।
प्रभावित तमाममध्येको एक महìवपूर्ण क्षेत्र कृषिको अलि चर्चा गरौँ । देशको अर्थतन्त्रमा ठुलो योगदान पु¥याएको, कतिपय उत्पादनमा देश आत्मनिर्भर भएको र करिब ६० प्रतिशतभन्दा बढी जनसङ्ख्या आश्रित भएको कृषि क्षेत्रमा गम्भीर चुनौती खडा हुँदै गएको छ । कृषि प्रणाली अनियमित बन्दा कृषि उत्पादक तथा किसानहरूको आय घटिरहेको छ । उत्पादन घट्दा ग्रामीण र हिमाली क्षेत्रका बासिन्दाले सबैभन्दा धेरै पीडा भोगिरहेका छन् । यसको असर सिङ्गो देशको खाद्य व्यवस्थापनमा पर्ने जटिल सङ्केत देखिरहेका छन् । मौसमी अनियमितताले पहिले पहिले जस्तो निश्चित समयमा पानी पर्ने, बाली रोप्ने र भिœयाउने चव्रmमा परिवर्तन आएको छ । ढिलो या छिटो वर्षा, असमयमा असिना पानी वा शीतलहरका कारण बाली नष्ट हुने समस्या बढेको छ । सिँचाइका लागि पानीको उपलब्धता घट्ने समस्या हुन थालेको छ । नयाँ रोगको प्रकोप, विनाशकारी किराहरूको सङ्व्रmमण बढ्न थालेको छ । यसबाट मकै, धान, गहुँलगायतका मुख्य खाद्यान्न बाली, फलफूल, तरकारीमा असर पुग्न थालेको छ । उत्पादन पूर्ति गर्न किसानहरूले रासायनिक मल र विषादी प्रयोग गर्न बाध्य हुँदै छन् । जसले तत्काल उत्पादन बढे जस्तो देखिए पनि दीर्घकालीन रूपमा माटोको उर्वरा शक्ति घटाउनुका साथै किसानको लागत बढाउने र स्वास्थ्यमा समेत असर पुग्ने जोखिम बढ्दै छ । असिना, हावाहुरीको समस्या बढ्दै छ । मलखादको बढ्दो माग धान्न कठिन हुँदै छ । परम्परागत सिप र ज्ञान भएका कैयौँ किसान बढी पिरमा छन् । त्यस्तै बिउ विकास, कृषिमा आधारित रोजगारी र जीविकोपार्जनमा सङ्कट, खाद्य सुरक्षामा खतरा, मूल्य वृद्धि र त्यसबाट सबैभन्दा बढी गरिब वर्ग प्रभावित हुने जोखिम देखिन थालेका छन् । यीलगायतका क्षेत्रमा पर्ने र परिरहेका प्रभाव कम नभएमा देशको समग्र अवस्था, गरिबी न्यूनीकरण, दिगो विकाससँगै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा प्राप्तिको लक्ष्यमा समेत प्रभाव पर्न सक्ने छ ।
सगरमाथा संवाद
सन्दर्भतः ठिक यही बेला नेपालमा नेपाल सरकारको आयोजनामा सगरमाथा संवाद (२०८२ जेठ २–४) हुँदै छ । विश्वमै अनेक ऐतिहासिक पहिचान दिएका सेता हिमालहरू व्रmमशः काला पथ्थरमा उजाड हुँदै गरेका दुःखद दृष्टान्त भोग्न थालेको नेपालले हिमाल र वातावारण संरक्षणको उच्च अठोट तथा विश्वव्यापी सन्देशका लागि यस्तो आयोजना गरेको हो । जुन सर्वोच्च शिखर सगरमाथाको नामबाट हुँदै छ र यहाँ हुने संवाद विश्वभर पु¥याइने छ । एउटा अभूतपूर्व विश्व मञ्चमा विश्वका विभिन्न देशका विज्ञ, सरोकारवाला एवं प्रतिनिधि सहभागी हुँदै छन् । जहाँ वर्तमान विश्वमा अति बढी सरोकारको विषय र मुद्दा बनेको जलवायु परिवर्तन, वातावरण स्वच्छता जस्ता विषयमा गहन अनुसन्धान सामग्री र विचारहरूको प्रस्तुतिसँगै विश्वलाई नयाँ सन्देश र समाधानका उपाय दिने निष्कर्ष निकाल्ने तयारी छ ।
यस्तो कार्यव्रmम नेपालमा पहिलो पटक हुँदै छ । त्यसो त यो पहिले नै गर्ने भनिएको थियो । अघिल्लो पटक केपी शर्मा ओली प्रधानमन्त्री र प्रदीपकुमार ज्ञवाली परराष्ट्रमन्त्री रहनुभएका बेला २०७६ चैत २०–२२ का लागि मिति तय भए पनि विश्वव्यापी कोभिड महामारीका कारण हुन सकेन । दोस्रो पटक २०७८ असोज १८–२० गतेका लागि कार्यव्रmमको मिति तय भयो । त्यस पटक पनि सम्भव हुन सकेन । किनभने त्यसबेला अस्थिर राजनीति, सरकार परिवर्तन जस्ता आन्तरिक किचलोले यो मुद्दा ओझेलमा प¥यो । स्मरणीय छ, पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा नेकपा (एमाले) र नेपाली कांग्रेसको संयुक्त सरकार बने लगत्तै एमालेले सरकारसमक्ष बुझाएको सुझावमा सगरमाथा संवादको आयोजनालाई प्राथमिकताका साथ उल्लेख गरिएको थियो ।
सगरमाथा संवादको सफलताका लागि विभिन्न पूर्वतयारी कार्यव्रmम भएका छन् । यसलाई सफल बनाउन कार्यव्रmमको पूर्वसन्ध्यामा नेकपा (एमाले) विपत् व्यवस्थापन तथा स्वयम् सेवा विभागले काठमाडौँमा ‘सगरमाथा संवादको स्थानीयकरण ः जलवायु सशक्तीकरण र विपत् न्यूनीकरणका लागि राजनीतिक प्रतिबद्धता’ विषयक कार्यव्रmम आयोजना गरेको थियो । जहाँ विषय विज्ञहरूले अनुसन्धानपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यव्रmमलाई सम्बोधन गर्दै एमाले महासचिव शङ्कर पोखरेलले सगरमाथा संवादले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकृष्ट गर्ने विश्वास व्यक्त गर्नुभएको थियो । सोही दिन दक्षिण एसियाका लागि जलवायु अनुकूलन र सहनशीलतासम्बन्धी काठमाडौँमा आयोजित कार्यशालालाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सगरमाथा संवाद जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्यमा केन्द्रित हुने र यस फोरममा जलवायु परिवर्तनको वर्तमान अवस्था र यसले निम्त्याइरहेका चुनौतीबारे बृहत् छलफल हुने बताउनुभएको थियो । त्यसअघि विपक्षी दल, विभिन्न सरोकारवाला सङ्घ, संस्थालगायतले यस्तो कार्यव्रmमको सफलताका लागि चासो देखाएका थिए । २०८२ वैशाख ३ गते प्रधानमन्त्री ओलीसमक्ष नेकपा (माओवादी केन्द्र) को वन, वातावरण तथा जलवायु विभागले सगरमाथा संवाद तय भएकोमा स्वागत गर्दै कार्यव्रmमका लागि साझा अवधारणा तयार गर्न आग्रह गरेको थियो ।
नेपालका लागि सुवर्ण अवसर
तापमान वृद्धि र जलवायु परिवर्तनको विश्वव्यापी जोखिम तथा तनावबिच कैयौँ नयाँ अवसर र लाभका ढोकाहरू खोल्न सकिने बिज्ञहरूले सुझाएका छन् । सफल जलवायु कूटनीति, राजनीतिक दरिलो प्रतिबद्धता, दलहरूबिच ऐक्यबद्धता जस्ता कुराहरूमा दृढ भूमिका खेल्न सकेमा कैयौँ चुनौतीबिच पनि नेपालले विश्वस्तरमा नेतृत्वको अवसरदेखि स्थानीय स्तरसम्म अनेक लाभ लिन सक्ने छ । यस्तो सुवर्ण अवसर यही सगरमाथा संवादबाट प्रारम्भ हुन सक्ने छ । कार्बन सञ्चितीकरण, प्रकृतिमैत्री विकास, वातावरण संरक्षण जस्ता पक्षमा योगदान पु¥याएको नेपालले यसको पैरवी गर्दै विश्वस्तरमा वातावरण संरक्षणको सन्देशसहित विभिन्न अन्तर्राष्ट्रिय निकाय र फोरमको नेतृत्व गर्न सक्ने छ । नकारात्मक परिणामका कारक ठुला राष्ट्रका नियत छर्लङ्ङ पार्दै उनीहरूका कारण पीडा झेलिरहेका आफू जस्तै विश्वका बहुसङ्ख्यक राष्ट्रहरूको आवाजलाई प्रतिनिधित्व गर्दै नेपालले इसिमोड, बिम्स्टेक, सार्क, बिबिआइएनलगायतका अन्तर्राष्ट्रिय निकाय र फोरममा पहलकदमी र नेतृत्व गर्न सक्ने छ । ती राष्ट्रको प्रतिनिधित्व गर्दै कारक राष्ट्रहरूबाट पीडित राष्ट्रहरूका लागि क्षतिपूर्तिको आवाज बुलन्द गर्न सक्ने छ । वनजङ्गल संरक्षणमा पूर्ण सफल नेपालले विश्व वातावरण संरक्षणका लागि नयाँ सन्देश दिदै विश्वभर नयाँ पहिचान र योगदान गर्न सक्ने छ ।
नेपालले घरेलु वातावरण संरक्षणमा थप आयाम थप्दै विश्वभर उदाहरण बन्ने अवसरलाई पनि सदुपयोग गर्न सक्ने छ । जलवायु र वातावरणमैत्री शिक्षा, हरित अर्थतन्त्र, जिरो कार्वन उत्सर्जनको ब्रान्डिङ, नवीकरणीय ऊर्जाको विकास, नयाँ जलवायु अनुकूलनका नयाँ खेती, वैज्ञानिक कृषि प्रणालीमा बढावा जस्ता कुरामा नेपालले नमुना परिणाम दिन सक्ने छ । त्यस्तै वन क्षेत्र संरक्षण गरेर अन्तर्राष्ट्रिय स्तरमा कार्बन व्यापार गर्न सक्ने छ । हरित पर्यटन प्रवर्धनबाट इको–टुरिज्म बढाउन सक्ने छ । जैविक कृषि, हिमाली पदमार्ग र स्वच्छ वातावरणप्रति आकर्षण बढाउने पर्यटनले ग्रामीण क्षेत्रमा रोजगारी र आम्दानी बढाउन सक्ने छ । मौसम प्रतिरोधी सडक, भवन तथा सिँचाइ प्रणाली जस्ता दीर्घकालीन रूपमा उपयोगी हुने नमुना काम गर्न सक्ने छ । वातावरण संरक्षणमा विश्व अनुसन्धान केन्द्र बन्दै जलवायु परिवर्तनसँग जुध्नका लागि
अन्तर्राष्ट्रिय दातृ संस्थाहरू, अनुसन्धान केन्द्रहरू र साझेदारहरूसँग सहकार्य र आर्थिक सहयोगको ढोका खोल्न सक्ने छ । राजनीतिक दृढ इच्छा शक्ति, राज्यको कुशल जलवायु कूटनीति, दलहरूबिच साझा धारणा र एजेन्डा हुन सकेमा यी सबै स्वर्णिम सम्भावना टाढा छैनन् । सगरमाथा सम्मेलन विश्वरभर नयाँ परिणाम र सन्देश दिँदै नेपालले विश्वमञ्चमा अति ऐतिहासिक नेतृत्व गर्ने अवसरको ढोका खोल्नका लागि कोसेढुङ्गा बन्न सकोस् । शुभकामना ।