• १ जेठ २०८२, बिहिबार

युद्धको विकल्प सार्थक शान्तिवार्ता

blog

अब यो जारी युद्ध अन्त्यतिर गएन र रुसविरुद्ध बेलायत र अमेरिकाका हतियार प्रयोग हुन थाल्यो भने यसले क्षेत्रीय युद्ध मात्र होइन तेस्रो विश्वयुद्ध निम्त्याउने खतरा छ, जुन विश्वकै लागि दुर्भाग्य हुने छ । त्यसो भएको हुँदा अमेरिकाले यो युद्ध अन्त्य गराउन जुन प्रयास गरेको छ, यसलाई सार्थक शान्तिवार्ता गराएर टुङ्ग्याउनु पर्छ । शान्तिको विकल्प युद्ध हुन सक्दैन । 

दक्षिण एसियाली दुई हस्ती भारत र पाकिस्तान चारदिने युद्धपछि युद्धविराम गरेका छन् । आणविक हतियार सम्पन्न यी दुई मुलुक अमेरिकाको मध्यस्थतामा युद्धविराम गर्न सहमत भएका हुन् । युद्धविरामको सबै क्षेत्रबाट स्वागत गरिएको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै देशलाई युद्धविराम गर्न मनाउनुभयो । उहाँको यो प्रशंसनीय कार्य हो । युद्ध लम्बिँदै गए आणविक युद्धको खतरा देखेर नै उहाँले युद्ध रोकाउने प्रयास गर्नुभएको हो । 

भारत र पाकिस्तानबिच यस पटक चारदिने (मे ७–१०) छोटो युद्ध भयो । गोलाबारी र हवाई हमला विवादित काश्मीर क्षेत्रमा मात्र सीमित रहेन । युद्ध फैलिने खतरा देखियो । दुवै मुलुक एकअर्काविरुद्ध आव्रmामक बने । यो शुभ सङ्केत होइन भन्ने लागेर ट्रम्पले सार्थक प्रयास गरी युद्ध रोकाउनुभयो । भारत र पाकिस्तान युद्ध गर्ने पक्षमा नभए पनि युद्ध दुवैका लागि बाध्यता थियो । सीमापारि हवाई हमला र गोलाबारी गर्दै आएका दुई प्रतिद्वन्द्वी भारत र पाकिस्तानले आफ्नो आग्रहलाई मानेकोमा राष्ट्रपति ट्रम्पले उनीहरूको फेरि खुलेर प्रशंसा गर्नुभएको छ । 

उहाँले काश्मीरको विषयमा विद्यमान विवाद समाधान गर्न आफूले दुवै देशसँग मिलेर काम गर्ने वचन पनि दिनुभएको छ । ट्रम्पले शनिबार भारत र पाकिस्तान तत्काल पूर्ण युद्धविराम गर्न सहमत भएको घोषणा गर्नुभएको थियो । त्यसपछि दुवै देशका अधिकारीहरूले त्यसबारे सहमति भएको पुष्टि गरे । ट्रम्पले धेरै मानिसको मृत्यु र ठुलो क्षति निम्त्याउन सक्ने वर्तमान आव्रmामकता रोक्ने तत्परता देखाएकोमा भारत र पाकिस्तानका शक्तिशाली नेतृत्वप्रति आफू गौरवान्वित भएको टिप्पणी गर्नुभएको छ । ट्रम्पले भन्नुभयो, “तपाईंहरूको विरासतलाई तपाईंहरूको आँटिलो कार्यले सुदृढ बनाएको छ । तपाईंहरूलाई यो ऐतिहासिक र साहसिक निर्णयमा पुग्न संयुक्त राज्य अमेरिकाले सघाउन पाउँदा मलाई गर्व लागेको छ ।” उहाँले त्यस विषयमा छलफल नगरिएको भए पनि दुवै महान् देशसँग हुने व्यापार ठुलो मात्रामा बढाउने घोषणा पनि गर्नुभयो । यद्यपि भारत र पाकिस्तानले उहाँको यो प्रस्तावबारे कुनै टिप्पणी गरेका छैनन् । पाकिस्तानले आफू सहमति कार्यान्वयनका लागि प्रतिबद्ध रहेको र आफ्ना सैनिकहरू संयमित हुने बताएको छ । चार दिनसम्म चलेको सीमा वारपार हमलापछि भारत र पाकिस्तानबिच तत्काल लागु हुने गरी पूर्ण युद्धविराम भएको हो । भारत र पाकिस्तान दुवैले काश्मीरमा आफ्नो स्वामित्वको दाबी गर्दै आएका छन् तर सामान्यतया काश्मीरको एउटा भागमा भारतको र अर्को भागमा पाकिस्तानको शासन छ । काश्मीर मामिलालाई लिएर यी दुई देशबिच पटक पटक युद्ध भइसकेको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले काश्मीर र आतङ्कवादका विषयमा पाकिस्तानसँग वार्ता गर्न सकिने बताउनुभएको छ । उहाँले काश्मीरको विषय द्विपक्षीय भएकाले बाह्य मध्यस्थता आवश्यक नपर्ने पनि स्पष्ट पार्नुभएको छ । प्रधानमन्त्री मोदीले सीमापार आतङ्कवादविरुद्धको कारबाही नरोकिने पनि अडान दोहो¥याउनुभयो । गएको अप्रिल २२ मा भारत‍ प्रशासित काश्मीरको पहलगाममा इस्लामिक आतङ्कवादीले गोली हानी एक नेपाली नागरिकसहित २६ जना पर्यटकको हत्या गरेपछि भारत र पाकिस्तानबिच तनाव बढेको थियो । आतङ्कवादीलाई पाकिस्तानले सघाएको आरोप भारतले लगाएको छ तर पाकिस्तानले त्यसको खण्डन गर्दै आएको छ ।

पहलगाम घटनाको जवाफ दिन भन्दै भारतले मे ७ को बिहानदेखि पाकिस्तान र पाकिस्तान–प्रशासित काश्मीरका विभिन्न स्थानमा हवाई हमला गरेको थियो । त्यसपछि दुवै पक्षले गोलाबारी अनि क्षेप्यास्त्र र ड्रोन प्रहार गरे । भारतले सैन्य कारबाही थालेपछि दुवै देशमा केही मानिस मारिए र केही घाइते भए । यो युद्ध अत्यन्त खर्चिलो र विनाशकारी हुने ठहर गरेका दुवै मुलुकलाई युद्धविराम गर्नैपर्ने अवस्था थियो । अन्ततः युद्धविराम भयो, राम्रो काम भयो । 

इस्लामाबाद र दिल्लीबिच तनाव चुलिँदा ट्रम्पले त्यसलाई मत्थर पार्न आफू संलग्न हुनुपर्ने आवश्यकता देख्नुभयो तर अझ रणनीतिक तहमा हेर्दा वासिङ्टन चीनलाई रोक्न भारत निकै महìवपूर्ण हुने ठान्छ । विगतका अमेरिकी सरकारहरूले पनि चीनलाई घेराबन्दी गर्न दक्षिण कोरियादेखि भारतसम्मका देशलाई आफ्नो साझेदार बनाएको प्रसङ्ग र ट्रम्पले केही समयअघि भारतका प्रधानमन्त्रीसँग सुरक्षा सहकार्य र व्यापार अझ बढाउने एउटा सहमति गरेको कुरा पनि महìवपूर्ण छ । अहिले पाकिस्तान चीन र इरानसँग नजिकिँदै गरेकोमा वासिङ्टनले आफ्नो निकट साझेदार भारत एउटा भयानक द्वन्द्वमा फस्न लागेको र क्षेत्रीय सुरक्षा ठुलो खतरामा परेको आकलन गरेको थियो । त्यसै कारण युद्ध रोक्न ट्रम्पले सव्रिmयता देखाउँदा सफल पनि हुनुभयो । 

लामो समयदेखि चर्चा र विवादमा रहेको काश्मीर सन् १८४६ राज्यको रूपमा स्थापना भएको थियो । सन् १९४७–१९४८ मा पाकिस्तानी आदिवासीहरूको एउटा समूहले आव्रmमण गरेपछि काश्मीरका राजाद्वारा भारतसँग एउटा सन्धिमा हस्ताक्षर गरी काश्मीरलाई भारतमा विलय गराउने घोषणा गरेसँगै भारत र पाकिस्तानबिच युद्ध सुरु भयो । सन् १९४९ युद्धविराम रेखामा सहमति भएपछि काश्मीर भारत र पाकिस्तानबिच विभाजित भयो । सन् १९६२ अक्साई चीनको सीमा क्षेत्रबारे विवाद उत्पन्न भएपछि भारत र चीनबिच छोटो युद्ध भयो । सन् १९६५ काश्मीरको विषयमा भारत र पाकिस्तानबिच दोस्रो पटक युद्ध भयो । त्यसपछि युद्धविराम भयो । भारत र पाकिस्तान दुवै देशको शासन अन्तर्गत भएका भूभागको एकीकरण गरेर स्वतन्त्र राष्ट्र बनाउने उद्देश्यसहित जम्मु काश्मीर लिबरेसन फ्रन्टको स्थापना भयो । सन् १९७१ मा युद्ध भएपछि सन् १९७२ सिमला सम्झौता भयो । युद्धका कारण पाकिस्तानबाट बङ्गलादेश टुव्रिmएपछि मतभिन्नता हटाउने प्रयासस्वरूप भारत र पाकिस्तानद्वारा लाइन अफ कन्ट्रोल (एलओसी) अर्थात् नियन्त्रण रेखालाई युद्धविराम रेखा मान्ने सहमति भयो । 

सन् १९८० का दशकमा भारतको शासनप्रति असन्तुष्टि बढ्दा सशस्त्र प्रतिरोध, विरोध प्रदर्शन र पाकिस्तानबाट समर्थन प्राप्त लडाकु समूहहरूको उदय भयो । हजारौँ मानिसको मारिए । सन् १९९९ मा लडाकुहरू लाइन अफ कन्ट्रोल नाघेर भारत प्रशासित काश्मीरको कार्गिल पुगेपछि भारत र पाकिस्तानबिच छोटो लडाइँ भयो । सन् २००८ मा भारत र पाकिस्तानद्वारा छ दशकपछि लाइन अफ कन्ट्रोल हुँदै जाने व्यापारमार्ग खुला गरे । 

सन् २०१० मा भारत प्रशासित काश्मीरमा भारतविरोधी प्रदर्शनमा एक सय जना युवक मारिए । 

सन् २०१५ मा ठुलो राजनीतिक मोड लियो । जम्मु तथा काश्मीरमा भएको निर्वाचनमा हिन्दु राष्ट्रवादी भारतीय जनता पार्टी पहिलो पटक ठुलो राजनीतिक दलका रूपमा स्थापित भयो । मुस्लिम पिपल्स डेमोव्रmेटिक पार्टी नामक क्षेत्रीय दलसँग मिलेर गठित सरकारमा सहभागी भयो । सन् २०१९ भारतको संविधानले जम्मु तथा काश्मीरलाई दिएको विशेष मान्यता र स्वायत्तता केन्द्रीय सरकारद्वारा खारेज ग¥यो । दिल्लीको शासन भएका दुई वटा छुट्टाछुट्टै क्षेत्र घोषित भए । 

अहिले दुई प्रतिद्वन्द्वी राष्ट्र भारत र पाकिस्तान पूर्ण स्तरको सैन्य द्वन्द्वमा फस्नबाट फेरि एक पटक जोगिएका छन् । पछिल्ला दिनमा राष्ट्रपति ट्रम्पले विश्वमा आफूलाई शान्ति स्थापकका रूपमा प्रस्तुत गर्नुभएको छ । उहाँले भारत र पाकिस्तानबिचको युद्ध रोक्न सफल हुनुभयो । त्यसै गरी रुस र युव्रmेनबिच जारी युद्ध रोक्न दुवै देशलाई मनाउँदै हुनुहुन्छ । इजरायल र हमासबिच युद्धविराम गराउनुभयो । उहाँले अमेरिकाविरोधी इरानसित पनि वार्ता गर्ने प्रस्ताव अगाडि सार्नुभएको छ । चीनसितको व्यापार युद्ध रोक्न भन्सार शुल्क ११५ प्रतिशतले घटाउन सहमति भएको छ । उहाँका यीलगायतका प्रयासले जारी अन्योलका बिच विश्वमा शान्ति हुने सम्भावना बढेको छ । यतिखेर शान्तिका लागि उहाँले निर्वाह गर्नुभएको भूमिकाका लागि उहाँको विश्वस्तरमै उच्च मूल्याङ्कन हुने सम्भावना बढेको छ ।

तीन वर्षदेखि युद्धमा होमिएका रुस र युव्रmेनबिच आजदेखि टर्कीएको इस्तानबुलमा वार्ता हुँदै छ । अमेरिकाका राष्ट्रपति ट्रम्पको प्रयासमा यो वार्ताको तयारी भएको हो । यो वार्तासँगै युद्धविराम हुने सम्भावना पनि बढेको छ । यो तीनबर्से युद्धमा दुवै देशले ठुलो क्षति बेहोरेका छन् । यसको नकारात्मक असर विश्वभरि फैलिएको छ । सन् २०२२ को फेब्रुअरी २४ देखि रुस र युव्रmेन युद्ध सुरु भएको हो । ७२ घण्टामा पूरा युव्रmेन कब्जा गर्ने रणनीति अनुरूप आव्रmमण सुरु गरेको रुसले तत्काल लक्ष्यमा पुग्न नसकेसँगै युद्ध लम्बिँदै गयो । युव्रmेनले एक्लै युद्ध लड्न नसक्ने भन्दै पश्चिमा मुलुकसँग सहयोग माग्यो । युद्ध सुरु भएको दुई महिनामा आत्मसमर्पण गर्ने चरणमा पुगेको युव्रmेनलाई पश्चिमा मुलुकको सहयोगले युद्ध जारी राख्न बल पुगेको छ । बिस्तारै बिस्तारै हतियार, गोलाबारुद, बम र क्षेप्यास्त्र साथै आर्थिक सहयोग पाउँदै गएपछि युव्रmेन युद्धमोर्चाबाट पछि हटेन । अहिले त यो युद्ध दुवै पक्षलाई ठुलो प्रतिष्ठाको विषय बनेको छ । 

रुसलाई हराउन सकिएन भने युव्रmेन मात्र होइन सारा युरोपको सुरक्षा खतरामा पर्छ भन्ने पश्चिमा मुलुकको विश्लेषण छ । त्यही भएर पश्चिमा मुलुक जसरी पनि युव्रmेनलाई जिताउन लागिपरे । बेलायत र अमेरिकाले आफ्ना हतियार रुसविरुद्ध प्रयोग गर्न युव्रmेनलाई अनुमति दिए । यसले गर्दा रुस–युव्रmेन युद्ध लम्बियो । अमेरिकाका तत्कालीन राष्ट्रपति जोय बाइडेनले अमेरिकी हतियार प्रयोग गर्न युव्रmेनलाई अनुमति दिनुभयो तर वर्तमान राष्ट्रपति ट्रम्पले त्यसलाई रोक्नुभयो । उहाँले वार्ता नगरे युव्रmेनलाई हतियार र आर्थिक सहयोग नगर्ने बताउँदै युद्ध अन्त्य गर्न दबाब दिनुभयो । पश्चिमा मुलुकले उत्तर कोरिया र रुसलाई अन्तर्राष्ट्रिय नाकाबन्दी लगाएर कमजोर बनाउन र हराउन हदैसम्मको प्रयास गर्दा पनि अपेक्षित सफलता मिलेन । दुवै मुलुक अन्तर्राष्ट्रिय नाकाबन्दी लगाइए पनि पछि हटेनन् । 

राष्ट्रपति पुटिनले त रुसमाथि आव्रmमण भएमा परमाणु हतियार प्रयोग गर्ने चेतावनीसमेत दिनुभयो । परमाणु हतियार बनाएको भन्दै उत्तर कोरियामाथि लगाइएको अन्तर्राष्ट्रिय नाकाबन्दी हटाउनु पर्छ भन्ने पुटिनको अडान र ढाडसले सर्वोच्च नेता किम जोङ उनलाई पनि ठुलो राहत मिल्यो । सर्वोच्च नेता किमले रुस भ्रमण गरेको नौ महिनापछि राष्ट्रपति पुटिनले उत्तर कोरिया भ्रमण गर्नुभयो । त्यसअघि सन् २०१९ अप्रिलमा पनि किमले रूसको भ्रमण गर्नुभएको थियो । उत्तर कोरियालाई तत्कालीन सोभियत सङ्घको पनि सहयोग र समर्थन थियो तर अहिले जस्तो ठुलो महìव दिइएको थिएन । त्यतिबेलाका कुनै सोभियत सरकार प्रमुखले उत्तर कोरिया भ्रमण गरेनन् । कोरिया कब्जा गरेको जापानले दोस्रो विश्व युद्धको अन्त्यमा आत्मसमर्पण गरेपछि कोरिया विभाजित भयो । उत्तर कोरियामा कम्युनिस्ट शासन र दक्षिण कोरियामा पुँजीवादी शासन कायम भयो । उत्तर कोरियालाई सोभियत सङ्घ र दक्षिण कोरियालाई अमेरिकाको साथ र समर्थन रह्यो । किमका हजुरबुबा किम इल सुङले एकीकरण गरेर कम्युनिस्ट कोरिया बनाउन सोभियत सङ्घकै सहयोगमा सन् १९५० मा दक्षिण कोरियामा आव्रmमण गरेसँगै कोरियाली युद्ध भयो । तीन वर्षसम्म चलेको यो युद्धमा २० लाख मानिसको ज्यान गयो भने भौतिक संरचनाहरू ध्वस्त भए । 

सोभियत सङ्घले उत्तर कोरियालाई हतियार मात्रै दियो, प्रत्यक्ष रूपमा युद्ध लडेन । दक्षिण कोरियाका लागि भने अमेरिकाले सेना पठाएरै लड्यो । सन् १९५३ मा दुई कोरियाबिच युद्धविराम भयो । युद्ध रोकियो तर दक्षिण कोरियाले भने शान्ति सम्झौतामा हस्ताक्षर नगरेकाले प्राविधिक रूपमा दुई कोरिया अहिले पनि युद्धमै छन् । उत्तर कोरियाले सन् २००६ मा परमाणु हतियार बनाएर शक्तिशाली बनेसँगै विश्वकै ध्यान खिच्न सफल भयो । सन् २०१८ मा तत्कालीन अमेरिकाका राष्ट्रपति ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किमबिच सिङ्गापुरमा शिखर वार्ता भयो । यो वार्तासँगै अमेरिका उत्तर कोरियाप्रति केही नरम भयो तैपनि नाकाबन्दी भने कायमै छ । 

रुसले अहिले उत्तर कोरियालाई ठुलो महìव दिएको छ । सैन्य बलमा उत्तर कोरिया निकै शक्तिशाली भएर आएको छ । उसले रुसलाई युव्रmेनसँगको युद्धमा सैन्य सहयोगसमेत गरेको छ । उत्तर कोरियाका डरले दक्षिण कोरिया र जापानको सुरक्षाका लागि दुवै मुलुकमा अमेरिकी सैन्य अखडा छन् । अमेरिकी सेना नहुने हो भने उत्तर कोरियाले कुनै पनि बेला दुवै मुलुकमाथि आव्रmमण गर्न सक्ने अवस्था छ । चीन, उत्तर कोरिया, भियतनाम र रुसबिच बढ्दै गएको निकटताले दक्षिण पूर्वी एसियामा आफ्नो प्रभाव कमजोर हुन्छ कि भन्ने चिन्ता अमेरिकालाई छ । आर्थिक र सैन्य शक्ति बनेको चीनलाई उछिन्न नदिन पनि रुस र उत्तर कोरियासँग उसको निकटता नबढोस् भन्ने चाहेको अमेरिकाले रुस–युव्रmेन युद्ध अन्त्य गराउनेतर्फ तत्काल कदम चाल्नुपर्ने ठहर गरेको छ । युव्रmेनको पक्षमा उभिएर रुसविरुद्ध अमेरिकी र बेलायती हतियार प्रयोग भई रुसी भूमिमा क्षति भयो भने रुस चुप लागेर बस्ने छैन । यस्तो चेतावनी रुसले दिइसकेको छ । त्यो अवस्थामा रुसले परमाणु हतियार प्रयोग गर्न सक्छ, जसले महासङ्कट र अकल्पनीय मानवीय दुर्घटना निम्त्याउन सक्छ । त्यसैले विश्व अर्थतन्त्रलाई नै प्रभावित पारेको रुस–युव्रmेन युद्ध अन्त्य गराउन अमेरिकी राष्ट्रपति ट्रम्पले युद्धको परिणाम घातक हुने देखेर नै युद्ध अन्त्यका लागि प्रयास गर्नु भएको हो । 

अब यो जारी युद्ध अन्त्यतिर गएन र रुसविरुद्ध बेलायत र अमेरिकाका हतियार प्रयोग हुन थाल्यो भने यसले क्षेत्रीय युद्ध मात्र होइन तेस्रो विश्वयुद्ध निम्त्याउने खतरा छ, जुन विश्वकै लागि दुर्भाग्य हुने छ । त्यसो भएको हुँदा अमेरिकाले यो युद्ध अन्त्य गराउन जुन प्रयास गरेको छ यसलाई सार्थक शान्तिवार्ता गराएर टुङ्ग्याउनु पर्छ । शान्तिको विकल्प युद्ध हुन सक्दैन ।

Author

रामप्रसाद आचार्य