ट्रेडिसनल कुङ्फु सम्पन्न
प्रथम उपत्यकाव्यापी ट्रेडिसनल कुङ्फु प्रतियोगिता सम्पन्न भएको छ । काठमाडौँ चन्द्रागिरि–३, थानकोटमा शुक्रबारदेखि सुरु भएको प्रतियोगिता दुई दिनसम्म चलेको थियो ।
‘फोर नेसन्स कप’ : उत्कृष्ट खेल्ने चारै टिमको दाबी
दशरथ रङ्गशालामा सोमबारदेखि सुरु हुने ‘फोर नेसन्स कप’ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागी चारवटै टिमले उत्कृष्ट प्रदर्शन गर्ने दाबी गरेका छन् ।
सैनिक आवासीय महाविद्यालय सशस्त्र प्रहरी महानिरीक्षक कपको फाइनलमा
सैनिक आवासीय महाविद्यालय, सल्लाघारी दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।
आजदेखि इलाममा राष्ट्रपति रनिङ शिल्ड सुरु
इलामको माई नगरपालिकामा आजदेखि जिल्लास्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानाले उदघाटन गर्नुभयो ।
बागमती गोल्डकपः हानामी र एपिएफ भिड्दै
मकवानपुरको बागमती गाउँपालिका–४, झुरझुरेस्थित सहिद स्मृति रङ्गशालामा जारी सातौँ संस्करणको बागमती गोल्ड कप फुटबल प्रतियोगितामा आज दोस्रो दिन आइतबार भरतपुर चितवनको भरतपुर फुटबल क्लब हानामी (विएफसी) र सशस्त्र प्रहरी बल (एपिएफ) क्लब काठमाडौँ बिच प्रतिस्पर्धा हुँदै छ ।
प्रधानमन्त्री कप क्रिकेट बैतडीमा हुने
प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोट बैतडीमा हुने भएको छ ।
केन्याका बिल्सनलाई पोखरा म्याराथनको उपाधि
सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका धावक धावक बिल्सन चेरुयोटले जित्नु भएको छ ।
क्रिकेट प्रशिक्षकका लागि आवेदन खुला
नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुलेको छ ।
बागमती गोल्डकप : बागमती युवा क्लबको विजयी सुरुवात
पूर्वी मकवानपुरको बागमती गाउँपालिका–४, झुरझुरे स्थित नवनिर्मित सहिद स्मृति रङ्गशालामा शनिवारदेखि सुरु भएको सातौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा सर्लाहीको बागमती युवा क्लबले विजय सुरुवात गरेको छ ।
रङ्गशालामा मैत्रीपूर्ण खेलसँगै सांस्कृतिक रौनक (फोटो फिचर)
नेपालको यु–२० टोली मैत्रीपूर्ण फुटबल खेलमा चीनको युवान प्रान्तको युवा टोलीबिच शनिबार दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ ।
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
६ पटकको विजेता नेपाल पुलिस क्लबलाई हराउँदै २४औँ आहा–रारा पोखरा गोल्डकपको उपाधि पाहुना टोली उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले जितेको छ ।
खो खो विश्वकप सहभागीलाई सम्मान
भारतको नयाँ दिल्लीमा सम्पन्न पहिलो विश्वकप खो खो प्रतियोगितामा रजत पदक विजेता बागमती प्रदेशका तीन जना खेलाडी, म्यानेजर, प्रशिक्षकहरु र सेफ डी मिसनलाई सम्मानित गरेको छ ।
नेपालको युथ टिम चिनियाँ युवानसँग पराजित
नेपालको यु–२० टोली मैत्रीपूर्ण फुटबल खेलमा चीनको युवान प्रान्तको युवा टोलीसँग पराजित भएको छ । दशरथ रङ्गशालामा शनिबार भएको खेलमा नेपाल चीनसँग २–० गोलले पराजित भयो ।
इनरुवा गोल्डकप फुटबलको तयारी
सुनसरीको इनरुवामा दाता सहयोगी र चन्दाबाट प्रथम अन्तर्राष्ट्रिय इनरुवा गोल्ड कप फुटबलको तयारी भएको छ ।
मन्थली नगर कप सुरु, विजेताले एक लाख पाउने
रामेछापको मन्थलीमा तेस्रो मन्थली नगर कप रनिङ शिल्ड भलिबल प्रतियोगिता र प्रथम महिला भलिबल प्रतियोगिता सुरु भएको छ ।
राष्ट्रपति रनिङ शिल्ड अर्को वर्ष सिदिङ्वामा हुने
ताप्लेजुङस्थित जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको १६ औँ संस्करण आगामी वर्ष सिदिङ्वा गाउँपालिकामा हुने भएको छ। विगत तीन वर्ष अघिदेखि सदरमुकाम बाहिर आयोजना गर्न सुरु गरिएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अर्को वर्ष अर्थात् २०८२ मा सिदिङ्वामा हुने भएको हो।
ब्राइटल्यान्ड मेयर कप फुटबलको फाइनलमा
ब्राइटल्यान्ड स्कुल मेयर कप अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
मैत्रीपूर्ण भेट्रान्स महिला फुटबल
किरात धर्मगुरुआमा पवित्रहाङमा साँबा लिङदेनको ६९ औँ जन्मोत्सवको अवसरमा इलामको माङसेबुङ गाउँपालिका ५ स्थित लारुम्बामा शुक्रबार भएको मैत्रीपूर्ण भेट्रान्स महिला फुटबल खेलमा प्रतिस्पर्धा गर्दै स्थानीय धार्मिक संस्था९रातो० र राजनीतिक दल (पहेँलो) का महिला खेलाडी।
बागमती गोल्ड कप आजदेखि
मकवानपुरको बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा आज शनिबारबाट सातौँ संस्करणको बागमती गोल्ड कप राष्ट्रिय प्रतियोगिता हुँदै छ ।
राष्ट्रपति रनिङ शिल्डमा पदक जित्ने विद्यार्थीलाई सम्मान
ताप्लेजुङको आठराई त्रिवेणी र मेरिङ्देन गाउँपालिकाले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक जित्न सफल विद्यार्थी (खेलाडी) लाई सम्मान गरेका छन्। आफ्ना पालिकाको तर्फबाट प्रतियोगितामा सहभागी भई विभिन्न विधामा विभिन्न पदकमा विजयी हुन सफल विद्यार्थीलाई गाउँपालिकाले सम्मान गरेका हुन्।
सशस्त्र प्रहरी महानिरीक्षक कप : एपिएफ ‘ए’ र पुलिस स्कुल सेमिफाइनलमा
दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगितामा नेपाल एपिएफ स्कुल कीर्तिपुर ‘ए’ र नेपाल पुलिस स्कुल, साँगा सेमिफाइनल प्रवेश गरेका छन्।
राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु
वराहक्षेत्र नगरपालिकाको आयोजनामा शुक्रबारदेखि छैठौं वराहक्षेत्र नगरपालिका माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन नगर प्रमुख रमेश कार्कीले गर्नुभएको छ ।
दाङमा लुम्बिनी प्रदेशस्तरीय पुरुष बास्केटबल सुरु
लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजनामा बिहीबारदेखि दाङको घोराही प्रदेश स्तरीय पुरुष बास्केटबल प्रतियोगिता सुरु भएको छ ।
थ्री स्टारलाई लज्जासपद हार चखाउँदै ब्ल्याक बुल्स फाइनलमा
पोखरा रङ्गशालामा बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा थ्री स्टार पाहुना टोली उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीसँग ४–० गोलले पराजित भयो ।