• २५ चैत २०८१, सोमबार

मट्टीखानलाई उपाधि

blog

प्रतियोगिताका खेलाडीहरू ।

अर्जुन काफ्ल 

स्याङ्जा, चैत २४ गते । फेदीखोला –२ को हिमशिखर क्लबले चैते दशैंको अवसरमा आायोजित पुरुष भलिबल प्रतियोगितामा मट्टीखान भिड रिसोर्टले उपाधि जितेको छ । 

आइतबार भएको फाइनल खेलमा गण्डकी प्रदेश भलिबलका क्याप्टेन सञ्जुबिक्रम शाही सम्मिलित रिसोर्टले ३–१ को सेटमा २५–७, २२–२५, २५–१४ र २५–२२ अंकले नरेसोल्टी क्लब क फेदीखोलालाई ३–१ को सेटमा पराजित गर्दे उपाधि चुमेको हो ।

मट्टीखानले उपाधिसहित एक लाख २६ हजार नगद, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो । यस्तै, उपबिजेता बनेको नरेसोल्टी क्लबले ८६ हजार नगदसहित कप मेडलमा चित्त बुझाएको हो । 

चैत २१ देखि २४ गतेसम्म फेदीखोला रङ्गशालामा प्रतियोगिता गर्न लागेको क्लबका अध्यक्ष दिलकाजी गुरुङले जानकारी दिनुभयो । क्लब स्तरीय प्रतियोगितामा दुई जना क्षेत्रीय वा राष्ट्रियस्तरमा खेलाडी समावेश गरिएको प्रतियोगितामा तेस्रो स्थान कालाबाङ घडेरीले जित्दै २६ हजार रुपियाँ हात पारेको हो । 

सान्त्वना स्थान नरेसोल्टी क्लब ख ले हात पारेको खेल संयोजक टुकबहादुर गुरुङले जानाकारी दिनुभयो । चैत २१ गतेबाट सुरु भएको प्रतियोगितामा कास्की र स्याङ्जाका ११ क्लबको सहभागिता रहेको थियो ।